नाफा घट्ने भएपछि तनाबमा बैंकर, ब्यालेन्सिट मेन्टेन गर्न धमाधम घरजग्गा बेच्दै बैंकहरु



काठमाडौं । प्रभु बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ्ग सम्पति (घर/जग्गाहरु) बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको विभिन्न २९ ठाउँमा रहेको घरजग्गा बिक्री गर्न लागेको हो ।

‘गैरबैंकिङ्ग सम्पत्ति (घरजग्गाहरु) जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रमार्फत् बिक्री गरिनेछ’ बैंकको सूचनामा उल्लेख छ ।

बैंककाअनुसार उक्त घरजग्गा खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाहरुले कबुल रकमको १० प्रतिशत रकम धरौटी राखी सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बैंकको प्रधान कार्यालय काठमाडौंमा बोलपत्र पेश गर्न सक्ने छन् । अर्थात् इच्छुक व्यक्ति तथा संस्थाहरुले मंसिर २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्राप्त हुन आएका बोलपत्रहरु आठौं दिन अर्थात् मंसिर २६ गते खोलिने बैंकको सूचनामा उल्लेख छ ।

बैंकले बैंकको मालपोत कार्यालय सुनसरी, मालपोत कार्यालय काभ्रे, मालपोत कार्यालय धादिङ, मालपोत कार्यालय ललितपुर, मालपोत कार्यालय हरिवन सर्लाही, मालपोत कार्यालय विराटनगर मोरङ्ग, मालपोत कार्यालय कावासोती नवलपरासी, मालपोत कार्यालय भैरहवा रुपन्देही, मालपोत कार्यालय वालिङ स्याङ्जा, मालपोत कार्यालय सिन्धुपाल्चोक, मालपोत कार्यालय भद्रपुर झापा, मालपोत कार्यालय टोखा सरस्वती काठमाण्डौ, मालपोत कार्यालय चितवन र मालपोत कार्यालय दोलखामा भएका घरजग्गा बिक्री गर्ने भएको हो ।

प्रभु बैंकले मात्रै होइन पछिल्लो समय माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र नविल बैंकले पनि आफ्नो नाममा रहेको घरजग्गा बिक्री गर्ने भन्दै सूचना जारी गरेका छन् ।

माछापुच्छ«े बैंकले मंसिर १५ गते गैरबैंकिङ्ग सम्पत्ति लिलाम सम्बन्धी सूचना जारी गरेको थियो । २० ठाउँको घरजग्गा बिक्री गर्ने भन्दै सूचना प्रकाशन गरेको थियो । बैंकले आफ्नो स्वामित्वमा रहेको गैरबैंकिङ्ग सम्पत्ति बिक्री गर्न १५ दिने सूचना नै जारी गरेको थियो । बैंकले आफ्नो नाममा रहेका विभिन्न स्थानको सम्पत्ति (घररजग्गा)जे जस्तो अवस्था र परिमाणमा छ सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रमार्फत् लिलाम बिक्री गर्ने जनाएको थियो ।

बैंकले मालपोत कार्यालय रुपन्देही, मालपोत कार्यालय भद्रपुर, मालपोत कार्यालय खैरहनी चितवन, मालपोत कार्यालय विराटनगर, मालपोल कार्यालय टिकापवुर कैलाली, मालपोत कार्यालय सम्पतरी राजविराज, मालपोत कार्यालय पाल्पा, मालपोत कार्यालय धनकुटा, मालेपोत कार्यालय लहान सिराहा, पालपोत कार्यालय परासी, मालपोत कार्यालय रुपन्देही, मालपोत कार्यालय धनुषा, मालपोत कार्यालय तनहुँ र मालपोत कार्यालय सल्यानमा रहेको जग्गाहरु बिक्री गर्ने भएको हो ।

बैंककाअनुसार आफुले कवुल गरेको रकमको १० प्रतिशतका दरले १५ लिदनभित्र अर्थात् मंसिर २९ गतेभित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिन सकिने छ । बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा पुस १ गते बोलपत्र खोलिने बैंकले जनाएको छ ।

नविल बैंकले पनि मंसिर १५ गते नै एक सूचना जारी गर्दै बैंकको आफ्नो स्वात्मिवमा रहेको घर÷जग्गा बिक्री गरिने सूचना जारी गरेको थियो ।

बैंकले काठमाडौं महानगरपालिका २० नम्बर वडामा रहेको घर/जग्गा बिक्री गर्न लागिएको भनेको थियो । जे जस्तो अवस्थामा बोलपत्र मार्फत बिक्री गर्न लािगएको हुँदा सो घर/जग्गा खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनी/संंस्थाबाट आफुले के कति मूल्य तिरी लिन चाहेको हो सो मूल्य उल्लेख गरी आवेदन दिन आह्वान गरेको थियो ।

सूचना प्रकाशित भएको अन्तिम दिन अर्थात् मंसिर २९ गतेभित्र बैंकको प्रशासन विभाग घण्टाघर, काठमाडौंमा आवेदन दिन सकिने छ । बैंकको बैंकको प्रशासन विभाग घण्टाघर, काठमाडौंमा पुस १ गते बोलपत्र खोलिने बैंकले जनाएको छ ।

यस्तै, मंसिर ८ गते एक सूचना जारी गर्दै एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु बिक्री बताएको थियो । बैंकले देशभरका ७२ ठाउँको गैर(बैकिङ्ग सम्पत्ति (घरजग्गा) बिक्री गर्ने जनाएको थियो ।

बैंकले घरजग्गा बिक्रीको सूचनामा १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको थियो । बैंकको नाममा दर्ता रहेका गैरबैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन्, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने जनाएको थियो ।

गैरबैंकिङ्ग सम्पत्तिका रुपमा रहेका घरजग्गा बिक्री गर्ने यी बैंक त प्रतिनिधि मात्रै हुन् । अहिले अधिकांश बैंकले आफ्नो ब्यालेन्सिट मेन्टेन गरेर नाफा घट्न नदिन सम्पत्ति बिक्री गर्ने रणनीति अपनाएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुसँग मात्रै झन्डै ६ अर्ब रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ । यो सम्पत्ति बिक्री भयो भने चालु आर्थिक वर्षमा बैंकहरको नाफा घट्ने छैन । होइन भने राष्ट्र बैंकले थपिदिएको प्रोभिजनिङ, तरलता अभाव र स्प्रेड दरमा राष्ट्र बैंकले सीमा घटाएका लगायतका कारणले बैंकहरुको नाफा घट्ने निश्चित छ ।

अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष वाणिज्य बैंकहरुको नाफा ७४ अर्ब ८० करोड थियो । लेखापरीक्षणका क्रममा राष्ट्र बैंकले प्रिमियम फिर्ता र प्रोभिजन बढाएपछि उक्त नाफा ५ देखि ६ अर्ब रुपैयाँले घट्ने अनुमान गरिएको छ । जबकी, आर्थिक वर्ष २०७८र७९ मा वाणिज्य बैंकहरुको कुल नेटवर्थ ६ खर्ब १७ अर्ब ८६ करोड २६ लाख रुपैयाँ छ । यो भनेको बैंकका लगानीकर्ताहरुको बैंकमा भएको लगानी वा पुँजी हो । गत आवमा बैंकहरुको लगानीमाथिको प्रतिफल ९आरओई० १२ प्रतिशतभन्दा कम हुने देखिएको छ ।

पछिल्ला ४ वर्षको तथ्यांक हेर्दा आरओई औसतमा १२ प्रतिशतमा सीमित भएको छ । यसको अर्थ हो गत आवमा वाणिज्य बैंकमा १०० रुपैयाँ लगानी गर्नेले औसतमा १२ रुपैयाँ कमाएका छन् ।

लगानी योग्य पुँजी (तरलता) अभाव र आर्थिक संकुचनको चरम मार खेपिरहँदा घरजग्गा कारोबार पनि सुस्ताएको छ । यस्तो अवस्थामा बैंकहरुलाई ब्यालेन्सिट मेन्टेन गर्न निकै कठिन छ । किनभने, नियामक नेपाल राष्ट्र बैंकले संभावित जोखिम व्यवस्था (प्रोभिजन) बढाइ दिएको छ । बजार नकरात्मक हुँदाहुँदै पनि बैंकहरुले नियामकको दबाबका कारण गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने रणनीति लिएका हुन् ।

‘नियामकले लगातार पेलिरहेको छ, बैंकहरुले सम्पत्ति थुपारेर बस्ने होइन, त्यसको उचित व्यवस्थापन गरेर नाफा मेन्टेन गर्नुपर्ने अवस्था दबाब आएको छ,’ एक बैंकरले क्लिकमाण्डूसँग भने ।

अर्थतन्त्रमा संकुन आएकाले रिकोभरी (कर्जा असूली) पनि सोचे अनुसार नहुने भएपछि बैंकहरु थप दबाबमा परेका हुन् । सम्पत्ति बजार बुल भएको बेलाभन्दा अहिले धेरै सस्तोमा बैंकहरले आफूसँग भएको घरजग्गा लगायतका स्थिर सम्पत्ति सल्ट्याउन खोजेका हुन् ।

‘एकातिर व्यवसायीहरु बैंकहरुले धेरै कमाए भन्छन्, अर्कातिर उनै ब्यवसायीहरु बैंकको सञ्चालक वा लगानीकर्ताका रुपमा प्रतिफल पाइएन भन्दै व्यवस्थापनलाई दबाब दिन्छन्,’ एक बैंकरले गुनासो गरे, ‘बैंकमा जागिर खान धेरै गाह्रो भयो ।’


बिजया बास्कोटा