कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् मुख्य सूचक



काठमाडौं । लगातार घाटामा रहेको शोधानान्तर स्थिति (देशबाट भित्रिने र बाहिरिने मुद्राको फरक) १५ महिनापछि बचतमा आएको छ । २०७८ असारदेखि शोधानान्तर स्थिति लगातर घाटामा थियो । शोधानान्तर स्थिति घाटामा हुँदा देशमा भित्रिनेभन्दा बाहिरिने मुद्रा बढी हुन्छ।

शोधानान्तर स्थिति लगातार घाटामा गएपछि सरकारले आयातका लागि प्रतितपत्र ९एलसी० खोल्दा नगद मार्जिन राख्नु पर्ने देखि १० बस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

२०७८ जेठमा १५ अर्ब १४ करोड रुपैयाँले शोधानान्तर स्थिति घाटामा गएको थियो । २०७८ असारमा भने शोधानान्तर स्थिति १ अर्ब २२ करोडको बचतमा थियो । त्यस यता लगातार घाटामा रहेको शोधानान्तर स्थिति गत असोजमा १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा पुगेको छ । गत आर्थिक वर्षमा शोधानान्तर स्थिति २ खर्ब ५५ अर्ब रुपैयाँले घाटामा थियो ।

चालु आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा थियो । यस्तै, भदौमा समेत शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब १९ करोड डलर रेमिट्यान्स आएपछि विदेशी मुद्राको सञ्चिति बढेको छ । यस्तै, यो वर्ष असोजमा गत वर्ष भन्दा ७।९ प्रतिशत बढी रेमिट्यान्स आउँदा शोधानान्तर स्थिति बचतमा गएको हो । आयात प्रतिबन्धको साथैं बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी नगर्दा आयातमा गिरावट आएकाले समेत विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार भदौंभन्दा असोजमा विदेशी मुद्राको सञ्चिति बढेको हो ।

भदौ मसान्तमा ९ अर्ब ३५ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर पुगेको हो । साउन मसान्तमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४२ करोड डलर थियो ।

नेपाल आयल निगमले भारतीय आयल निगमको करिब ३० अर्ब रुपैयाँ भुक्तानी नगरेकाले समेत पनि असोजमा शोधानान्तर स्थितिमा सुधार आउनुको साथैं विदेशी मुद्राको सञ्चिति बढेको हो ।

चालु आर्थिक वर्षको तीन महिनामा आइपुग्दा महंगी बढेर ८.५० प्रतिशतमा पुगेको छ । भदौ महिनामा ८.६४ प्रतिशत रहेकामा असोजमा थोरै घटेर ८.५० प्रतिशत रहेको छ । 

गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको
मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ ।

तीन महिनाको अवधिमा समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ । 

गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ७.६८ प्रतिशत रहेको छ । 

तीन महिनाको अवधिमा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ असोज महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा
यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो । यो महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १०.२४ प्रतिशत, १७.१३ प्रतिशत र ६.०० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.२७ प्रतिशत रहेको छ । 

असोज महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ११.५९ प्रतिशतले बढेको छ । अघिल्लो
वर्षको सोही महिनामा उक्त सूचकाङ्क ४.९२ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर
सूचकाङ्क क्रमशः १२.३९ प्रतिशत र ११.३४ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह १६।८ प्रतिशतले बढेर २ खर्ब ८१ अर्ब ५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७।९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत-नयाँ लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो ।

तीन महिनाको अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति १३ करोड डलरले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार भदौभन्दा असोजमा विदेशी मुद्राको सञ्चिति बढेको हो ।

भदौ मसान्तमा ९ अर्ब ३५ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर पुगेको हो । साउन मसान्तमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४२ करोड डलर थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब १९ करोड डलर रेमिट्यान्स आएपछि विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो । यो वर्ष असोजमा गत वर्षभन्दा ७.९ प्रतिशत बढी रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।

यो वर्षको तीन महिनामा गत वर्षभन्दा आयात घटेकाले विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो ।


क्लिकमान्डु