साढे ३ अर्ब लागतमा धुलिखेलमा पतञ्जली आयुर्वेदिक मेडिकल कलेज, ८ वर्षमा बनिसक्ने



काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका- ३ मा पतञ्जली आयुर्वेदिक मेडिकल कलेज तथा रिसर्च सेन्टर निर्माण हुने भएको छ ।

सन् २००६ देखि आयुर्वेदिक चिकित्सा शिक्षा सिकेकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने, जनतालाई गुणस्तरीय स्वस्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्यका लागि सक्षम जनशक्ति विकास गर्ने लक्ष्यका साथ स्थापना भएको पतञ्जलि योगपीठ नेपालले सेवालाई थप वृहत बनाउनका लागि आयुर्वेदिक मेडिलक कलेज तथा रिसर्च सेन्टरको प्रस्ताव गरेको जनाएको छ ।

योगपिठले धुलिखेलमा २ सय शय्याको शिक्षण अस्पताल र अन्य आवश्यक सुविधाहरु सञ्चालनको लागि प्रस्ताव गरेको छ । योगपीठले धुलिखेलामा वार्षिक २५० जनाको क्षमतामा अस्पताल निर्माण हुने छ । जसमा पहिलो वर्षका लागि ५० जना भर्ना क्षमता हुने योगपिठको प्रस्तावित मूल्याङ्कनमा उल्लेख छ ।

१०८ रोपनी क्षेत्रफलमा १५ वटा वन बन्ने योगपीठले जनाएको छ । हाल उक्त क्षेत्रमा ३ वटा भवन निर्माण भइरहेको छ । त्यसमा १२ वटा भवन निर्माण कार्य बाँकी रहेको छ ।

प्रस्तावित वातावरणीय मूल्यांकनअनुसार उक्त क्षेत्रमा ९ हजार ९३५. वर्गमिटरमा बिल्डअप र बिल्डअप क्षेत्र र आयोजन क्षेत्रको अनुपात १८.०८ प्रतिशत कायम गरेको छ ।

योगपीठले ब्लक ‘ए’ मा एक तल्लाको भवन बन्नेछ । जसमा विभाग र लाइब्ररी हुने प्रस्ताव गरिएको छ । उक्त भवनको भुई तल्ला ७००.५८१८ वर्षमिटरको र पहिलो तल्ला ६६०.३५४८ वर्गमिटरको बन्नेछ ।

त्यसैगरी, ब्लक ‘बी’ मा २१ वटा कोठासहित २ तल्लाको भवन बन्नेछ । सो भवनको भुई तल्ला ९९७.३१४ वर्गामिटर, पहिलो तल्ला ९७३.२५ वर्गमिटर र दोस्रो तल्ला ९७३.२५ वर्गमिटरको बन्नेछ । जसमा ओपीडी सेवा सञ्चालन हुनेछ ।

ब्लक ‘सी’मा जेनरल वार्ड हुने गरी दुई तल्लाको भवन बन्नेछ । जसमा भुईतल्ला ९९७.४० वर्गमिटर र पहिलो तल्ला र दोस्रो तल्ला ९७३.४३ वर्गमिटरको बन्नेछ ।

ब्लक ‘डी’ मा तीन तल्लाको भवन बन्नेछ । जसमा इमर्जेन्सी वार्डको व्यवस्था हुनेछ । प्रस्तावित आयोजनाअनुसार उक्त भवनको हरेक तल्ला ५२०.२५ वर्गमिटरको निर्माण हुनेछ ।

ब्लक ‘ई’ मा २ तल्लाको भवन बन्नेछ भने उक्त भवनका गाइकोलोजीको व्यवस्था हुनेछ । त्यस्तै, ब्लक ‘एफ’ ३ तल्लाको बन्नेछ । जसमा नर्स क्वार्टर हुनेछ ।

ब्लक ‘जी’ मा क्यान्टिन, ब्लक ‘एच’ मा १५ कोठाको दुई तल्लाको भवन निर्माण हुनेछ । सो भवनमा ब्वाइज होस्टेल हुनेछ । त्यसैगरी ब्लक ‘आई’ मा १५ कोठाको दुई तल्ला भवनमा गर्लस् होस्टेल निर्माण हुनेछ ।

साथै, ब्लक ‘आईए’, ब्लक ‘आईबी’, ब्लक ‘आईसी’, ब्लक ‘जे’मा १ तल्लाको भवनमा लाइब्रअरी, ब्लक ‘के’ मा डक्टर वार्डका लागि १९ वटा कोठाको २ तल्ला भवन, ब्लक ‘एल’ मा ६ कोठाको १ तल्लाको भवन, ब्लक ‘एम’को ५ कोठाको भवन, ब्लक ‘एन’ मा २४ कोठाको १ तल्ला भवन र ब्लक ‘ओ’ मा १ तल्लाको भवन बन्नेछन् ।

त्यसैगरी, सोही रिसर्च सेन्टरमा एकै पटकमा १००–१५० गाडी अट्ने गरी १ हजार वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र हुनेछ । साथै, अस्पतालमा ९३ वटा शौचालय बन्नेछ । उक्त रिसर्च सेन्टर ८ वर्षमा निर्माण सम्पन्न हुने जनाएको छ ।

रिसर्च सेन्टर ५ चरणमा निर्माण हुने भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनअनुसार पहिलो चरणमा शैक्षिक भवन, अस्पतालको ओपीडी, क्यान्टिन, प्रशासनिक भवनको निर्माण गर्नेछ ।

दोस्रो चरणमा महिला छात्रावास, परुष छात्रावास, शिक्षक क्वार्टर, नर्स क्वार्टर, बिरामी आगन्तुक प्रतिक्षा कक्ष, तेस्रो चरणमा छात्रावास, केटाको छात्रावास, सज्जन शिक्षक, महिला शिक्षिका र हर्बेरियम भवन, चौथो चरणमा हर्बेरियमको विकास, अनुसन्धान भवन र फार्मेसीको स्थापन र पाँचौ चरणमा अनुसन्धान र फार्मेसी सुरु गरिने वातावरणीय मूल्याङ्कनमा उल्लेख छ ।


क्लिकमान्डु