बच्चालाई यसरी चिनाउनुहोस् पैसाको महत्व



रिना आज निकै खुसी छिन् । बुबा र आमाले दशैंको टिका लगाएर रिनालाई पैसा दिएका छन् । तर, यो पैसाले के गर्ने भन्ने उनलाई धेरै थाहा छैन । दिदी मिना रिनालाई सोध्छिन् ।

मिनाः कति राम्रो, अनि नयाँ पैसा हो । कति पैसा हो यो ?

रिनाले अंक पढ्न पनि जानेकी छन् । उनी १ देखि १०० सम्म भन्न र पढ्न पनि जान्दछिन् । पैसामा उनले २० देख्छिन् र भन्छिन्- २० रुपैयाँ ।

मिनाः के गर्छ्यौं यो २० रुपैयाँले । 

रिनाः चकलेट किन्ने । 

रिनाले दिदी र आएका पाहुनालाई टिका लगाएर दिएको पैसा पनि राम्ररी हेरिरहेकी थिइन् । कसैले ५०, कसैले १००, कसैले ५०० र कसैले १००० रुपैयाँ पाएका थिए । परिवारका सबै सदस्यसँगै बसेर गफ भइरहेको थियो । यसै बेला पैसा खेलाउँदै बसेकी रिनाले बुबालाई प्रश्न सोध्छिन्- ‘बाबु मेरो पैसा र अरुको पैसा किन फरक छ । अनि पैसाले चकलेट अनि के आउँछ ? 

बुबाः राम्रो प्रश्न रिना । पैसाले हामी धेरै कुरा किन्न सक्छौं । पैसाले चकलेट किन्न सकिन्छ । लुगा किन्न सकिन्छ । जुत्ता किन्न सकिन्छ । मोजा किन्न सकिन्छ । टोपी किन्न सकिन्छ । ब्याग, खेलौना, मोटरसाइकल, घर, गाडी धेरै कुरा किन्न सकिन्छ । खानेकुरा किन्न सकिन्छ, जस्तो तरकारी किन्न सकिन्छ । दुध किन्न सकिन्छ । पैसा दिएर गाडी चढ्न पाइन्छ । हामीलाई आवश्यक परेका धेरै सामानहरु पैसा दिएर किन्न सकिन्छ । 

यसैले पैसा दिएर हामी अरुसँग भएको सामान लिन सक्छौं । पैसा र सामान साट्न सक्छौं । ल भन त यदि तिमीसँग पैसा थिएन भने तिमीले चकलेट पाउँथ्यौ ? बाइक पाउँथ्यौं ? 

लेखक भट्टराई

रिनाः केही पनि पाउँदैनौं । 

बुबाः के पैसा नदिइ लिन पाइँदैन ? बुबा प्रश्न गर्छन् । 

रिनाः पाइँदैन । त्यसो गर्नु खराब कुरा हो । यो चोर्नु जस्तै हो । चोर्नु हुन्न । 

बुबाः ल सुन, अनि सबै पैसा एउटै पनि हुँदैनन् । बुबाले खल्तीमा भएका पैसा निकालेर रिनालाई देखाउँदै भने, ‘ल भन यो कति रुपैयाँ हो ? 

रिनाले नोटमा भएको अंक हेर्दै भनिन्- ५ रुपैयाँ ।

बुबाले अर्को नोट देखाए- यो कति हो ?

रिनाले अंक हेर्दै भनिन्- १० रुपैयाँ ।

बुबाले अर्को नोट देखाउँदै सोधे- यो कति हो ?

रिनाः २० रुपैयाँ ।

बुबाले अर्को नोट देखाउँदै सोधे- कति हो ?

रिनाः ५० रुपैयाँ ।

बुबाः यो कति हो ?

रिनाः १०० रुपैयाँ ।

बुबाः यो कति हो ?

बाबुले ५०० को नोट निकालेर देखाएपछि उनी अलिक अकमकिन् र भनिन्- पाँच सुन्ना सुन्ना । उनकी दिदी मिनाले भनिन् ५०० । बुबाले अर्को देखाए । नोटको अंक पढ्दै भनिन्- एक सुन्ना सुन्ना सुन्ना । दिदी मिनाले भनिदिइन्- एक हजार । 

बुबाले सबै नोट भुइमा एकै ठाँउ राखेर भने लौ हेर सबै पैसा एउटै छ त ? छैन । हाम्रो देशमा ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाका नोट छन् । अनि यी सबै पैसा कागजबाट बनाइएका हुन् । कागजका पैसालाइ हामी नोट पनि भन्छौं । यस्तै पैसालाई मुद्रा पनि भनिन्छ । नेपालको पैसालाइ नेपाली मुद्रा पनि भनिन्छ । हामीसँग सिक्का पनि छन् । उनले सिक्का पनि निकाल्दै भने यो एक रुपैयाँको सिक्का र यो दुई रुपैयाँको सिक्का । 

मिनाः बुबा के अरु देशको पैसा पनि हाम्रो जस्तै हुन्छ ? 

बुबाः बहुत राम्रो प्रश्न गर्यौ नानु । हरेक देशको आ-आफ्नै पैसा हुन्छ । जस्तो भारतको पैसा उनीहरुको आफ्नै छ । चीनको आफ्नै छ । अमेरिकाको आफ्नै छ । जापानको आफ्नै छ । अनि सबै एकै प्रकारका नोट पनि हुँदैनन् । पैसाको रंग फरक हुनसक्छ । पैसामा भएका चित्रहरु फरक हुन्छन् । पैसा लामो वा छोटो पनि फरक हुनसक्छ । अन्य देशको पैसालाई चाँही हामी बिदेशी पैसा अथवा विदेशी मुद्रा पनि भन्छौं । जस्तो भारतको पैसालाई भारतीय मुद्रा वा भारतीय पैसा भनिन्छ । चीनको पैसालाई चिनियाँ मुद्रा पनि भनिन्छ ।

मिनाः के पैसाको पनि नाम हुन्छ र बुबा ? 

बुबाः राम्रो कुरा । पैसाको पनि नाम हुन्छ । जस्तो नेपालको पैसालाई रुपैयाँ भनिन्छ । ल हेर त यो नोटमा के लेखेको छ । 

मिनाः २० रुपैयाँ । 

बुबाः २० अंक हो भने रुपैयाँ नेपालको पैसाको नाम हो । यस्तै चीनको पैसाको नाम युआन हो । जापानको पैसाको नाम येन । अमेरिकाको पैसाको नाम युएस डलर हो । तर, कतिपय देशको पैसा फरक भए पनि नाम एउटै पनि हुन्छ । अमेरिकाको पैसा र क्यानडाको पैसा दुबैलाइ डलर भनिन्छ । तर, लेख्दा अमेरिकाको पैसालाई युएस डलर र क्यानडाको पैसालाई क्यानेडियन डलर भनेर लेखिन्छ ।
पैसाका बारेमा मिनालाई अझ बढी उत्सुकता जागेर आउँछ ।

मिनाः नोटमा लेखिएको रु अक्षर देखाउँदै सोध्छिन् । यो ? भनेको चाँही के हो बुबा ? बुबाः राम्रो कुरा । पैसाको पनि नाम हुन्छ । तर, नाम नलेखि संकेत पनि दिने गरिन्छ । जस्तो नेपाली रुपैयाँ लाई छोटकरीमा ? मात्रै पनि लेखिन्छ । जस्तो रु ५०० भनेमा हामी ५०० रुपैयाँ भनेर बुझ्छौं । यसैले ५०० रुपैयाँ नलेखी रु. ५०० मात्र पनि लेखिन्छ । यस्तै रु. ५००० भनेमा हामी पाँच हजार रुपैयाँ भनेर बुझ्छौं ।

हरेक देशको पैसाका संकेत हुन्छ । जस्तो भारतको पैसाको पनि आफ्नै संकेत छ । यो ₹ भारतको पैसाको संकेत हो । भारतको पैसालाई भारतीय रुपैयाँ (भारु) पनि भनिन्छ । यो $ अमेरिकाको पैसाको संकेत हो । यो ¥ जापानको पैसाको संकेत हो । कुनै कुनै संकेत धेरै देशले एउटै प्रयोग गरि रहेका हुन्छन् । जस्तो अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्डको पैसाको एउटै संकेत ४ छ ।


रविन्द्र भट्टराई