एक दशकअघिको तुलनामा बोनसदरः नेपाल लाइफको स्थिर, एलआइसीको घट्दो, अन्यको बढ्यो



काठमाडौं । एक दशकअघि नेपालमा ९ वटा जीवन बीमा कम्पनीहरूले जीवन बीमाको व्यवसाय गर्थे ।

आर्थिक वर्ष २०६८/६९ मा अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), सूर्या, नेशनल, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी), नेपाल लाइफ, राष्ट्रिय बीमा संस्थान, प्राइम, एशियन र गुराँस लाइफले जीवन बीमा व्यवसायको कारोबार गर्दै आएका थिए ।

उक्त आर्थिक वर्षमा राष्ट्रिय बीमा संस्थान बाहेकका अन्य सबै कम्पनीहरूले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका थिए ।

आर्थिक वर्ष २०६८/६९ को तुलना ती कम्पनीहरूमध्ये नेपाल लाइफको बोनसदर भने स्थिर रहेको हो भने एलआइसी नेपाल लाइफ बाहेकका अन्य कम्पनीले बीमितलाई दिने बोनसदर बढाएका हुन् ।

बीमा समितिको तथ्यांकअनुसार उक्त आवमा ८ कम्पनीमध्ये सबैभन्दा धेरै बोनसदर नेपाल लाइफ बीमितले पाएका थिए ।

उक्त आवका लागि इन्स्योरेन्सले सञ्चालनमा रहेका विभिन्न बीमालेख अन्तर्गत बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम बोनसदर ६२ रूपैयाँदेखि अधिकतम प्रतिहजार ८२ रूपैयाँसम्म बोनसदर कायम गरेको थियो । २५ वर्ष भन्दा माथिको जीवन बीमा गर्नेको बोनसदर प्रतिहजार ८२ रुपैयाँ थियो ।

त्यस बेला कम्पनीमा २ वटा बीमा योजना मात्रै सञ्चालनमा थिए । इन्स्योरेन्सले सावधिक जीवन बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६२ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर दिएको थियो ।

आव २०७७/७८ मा कम्पनीले बीमितलाई न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । आव २०६८/७९ को तुलनामा कम्पनीको न्यूतम बोनसदर भने घटेको छ ।

एलआईसी नेपालले त्यस आर्थिक वर्षमा प्रतिहजार न्यूनतम ५५ रूपैयाँदेखि अधिकतम ७१ रूपैयाँ बोनसदर दिएको थियो । उक्त समयमा कम्पनीमा ३ वाट बीमा योजना मात्रै संचालनमा थिए ।

आव २०७६/७७ मा इन्स्योेरेन्सले प्रतिहजार न्यूनतम ४५ रूपैयाँ र अधिकतम ७० रूपैयाँ बोनसदर कायम गरेको छ ।

एशियन लाइफले उक्त समयमा बीमितलाई प्रतिहजार न्यूनतम २५ र अधिकतम ६८ रूपैयाँसम्म बोनसदर दिएको थियो । उक्त आवमा इन्स्योरेन्सले ४ वटा बीमा योजना सञ्चालनमा थिए ।

एशयिनले आव २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम ४० रूपैयाँ र अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

आर्थिक वर्ष २०६८/६९ मा मेट लाइफले सबै किसिमका बीमा योजनमा एउटै बोनसदर कायम गरेको थियो । उक्त आवमा कम्पनीले बोनसदर प्रतिहजार ३५ रूपैयाँ बमेनसदर दिएको थियो ।

मेट लाइफले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम ४५ रूपैयाँ र अधिकतम ८० रूपैयाँ बोनसदर कायम गरेको छ ।

उक्त समयमा सूर्या लाइफ इन्स्योरेन्सले बीमितलाई न्यूनतम प्रतिहजार २८ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँ बोनसदर दिएको थियो । कम्पनीमा २ वटा बीमालेख सञ्चालनमा थिए ।

सूर्या लाइफले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रूपैयाँ र अधिकतम ९ रूपैयाँ बोनसदर कायम गरेको छ ।

गुराँस लाइफले उक्त आवमा बीमितलाई बीमा योजना र बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३० रूपैयाँ र अधिकतम ५२ रूपैयाँ बोनसदर कायम गरेको थियो । उक्त आवमा गुराँसले ३ वटा बीमा योजना सञ्चालनमा ल्याएको थियो ।

गुराँसले आव २०७६/७७ मा बीमितलाई बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रूपैयाँ अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

नेशनल लाइफले एक दशक कम्पनीको जारी भएका बीमा योजना रबीमा अववधिका आधारमा प्रतिहजार न्यूनतम ६० रूपैयाँ र अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेका थियो । उक्त समयमा कम्पनीमा २ वाट बीमा योजना सञ्चालनमा थिए ।

आव २०७७/७८ मा इन्स्योरेन्सले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रूपैयाँ र अधिकतम ८५ रूपैयाँ कायम भएको छ ।

प्राइम लाइफले एक दशक अघि बीमितलाई प्रतिहजार न्यूनतम २९ रूपैयाँ र अधिकतम ६३ रूपैयाँ बोनसदर कायम गरेको थियो । उक्त अवधिमा कम्पनीमा ३ वटा बीमा योजनाहरू कम्पनीले बिक्री गरेको थियो ।

आव २०७७/७८ मा प्राइमले बीमितलाई बीमा अवधि र बीमा योजनाका आधारमा न्यूनतम ३५ रूपैयाँ र अधिकतम ८० रूपैयाँ बोनसदर कायम गरेको छ ।

हाल नेपाली बीमा बजारमा १९ जीवन बीमा कम्पनीहरूले जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ८ जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् ।

एलआइसी नेपाल र गुराँस लाइफले भने आर्थिक वर्ष २०७७/७८ को लागि नयाँ बोनसदर सार्वजनिक गरेका छैनन् । यी दुई कम्पनीको भने आर्थिक वर्ष २०७६/७७ को बोनसदरको आधारमा तुलना गरिएको हो ।

अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ, नेशनल लाइफ, सूर्या, नेपाल लाइफ, आइएमई लाइफ, नेपाल लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूका लागि नयाँ बोनसदर कायम गरेका हुन् ।

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ  । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ ।

यस्तै, बीमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ ।


बिजया बास्कोटा