नाडा ईभी चौतारी: इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा जोड
काठमाडौं । नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहान र प्रवर्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा बोल्दै विज्ञहरुले पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् ।
सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडलेले नेपालमा विद्युतीय सवारीसाधन भित्रिदै गर्दै धेरै प्राविधिक अन्योलता देखिएको बताए ।
‘टेक्निसियन वा सवारीधनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिकतर्फ मोडिनुपर्दा प्रविधिक रुपमा कठिनाइ व्यहोर्नु रिरहेको छ’ पौडेलले भने ।
अन्य देशमा अन्यबाट चल्ने गाडीलाई नै विद्युतीयमा रुपान्तरण गराएरै गाडीहरु आए नि नेपालमा विद्युतीय भन्ने बितिकै माइन्डसेट नै परिवर्तन भएको उनको भनाइ छ ।
उनले ईभीमा तीन सय भोल्ट माथि नै काम गर्नु पर्ने भएकाले सेफ्टिमा उतिकै ध्यान दिनुपर्ने बताए । टेक्निसियनको क्षमता र दक्षता बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको पौडेल बताउँछन् ।
नेपालमा सबैभन्दा पहिलो टेक्नोलोजि जनचेतनामा काम गर्नुपर्ने देखिएको उनले बताए ।
‘ग्राहकलाई नि कुनै विद्युतीय गाडी खरिद गरे भने रेन्जको इन्जिइट बढी रहेको पाएको छु’ पौडलेले भने ‘खासगरी नेपाल भर रहेको पाँच लाख मेकानिक्सको ईभीमा क्षमता कसरी बढाउने भन्ने बिषयमा नीतिगत तहबाटै काम हुनु जरुरी छ’ ।
त्यसैगरी कार्यक्रममा प्यानालिस्टको रुपमा बोल्दै काठमाडौं विश्वविद्यालयकी रिसर्चर सिल्पा श्रेष्ठले नेपालको माटो सुहाउदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् ।
‘नेपालको भोगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’ श्रेष्ठले भनिन् ‘हामीलाई कस्ता खालका ईभी आवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो यी बिषयमा पनि अध्ययन हुनुपर्छ’ ।
नेपालको विद्युतीय सवारी बजारलाई प्रवद्र्धन गर्दै जाने हो भने दीर्घकालिन रुपमा अध्ययन गर्दै उत्पादनमै केन्द्रित हुने पर्ने बताइन् ।
नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागि पनि विद्युतीय सवारीमा रुपान्तरण गर्न सरकारी तवरबाटै काम हुनपर्ने धारण व्यक्त गरिन् ।
त्यसैगरी मेकानिकल इन्जिनियर अभिषेक कार्की नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रुपान्तरण गर्न अध्ययन र अनुसन्धानको कम भइरहेको बताउँछन् ।
‘नेपालमा एउटा गाडीलाई मात्रै विद्युतियमा रुपान्तरण गर्छौं भन्यो भने लागत धेरे बढी छ’ अभिषेकले भने ‘इन्धनबाट विद्युतीयमा सवारीसाधनलाई रुपान्तरण गर्न सरकारले नै सहयोग गर्नुपछ’ ।
उनका अनुसार विद्युतीय सवारीमा ग्राहकको माग के छ भन्ने बिषयमा सबैभन्दा पहिला बुझ्न जरुरी छ ।
सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी इभिमा रुपान्तरण भइसक्ने घोषणा गरे पनि तत्काल त्यो सम्भव नभएको उनको भनाइ छ । ‘नेपालमा इभीको पहुँच गाडी आयात गरेर मात्रै हुने होइन, नेपालमै भएका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्नुको विकल्प छैन ’ उनले भने ।
आगामी १० वर्षभित्र विद्युतीय सवारीको पेनिट्रेसन बढाउने हो भने डिजेल र पेट्रोलबाट चल्ने गाडीको आयात बन्द गर्नुपर्ने उनले विचार व्यक्त गरे ।
नेपालमा भएका इन्धनबाट चल्ने सवारीलाई जुन व्याट्रि उपयुक्त छ ती गाडीहरुलाई विद्युतीय बनाउने हो भने सरकारको लक्ष्य पूरा हुने सम्भावना रहेको उनले बताए ।
‘हरेक देशले आफ्नो लागी भनेर मात्रै गाडी बनाउछ भने नेपालका लागी भनेर मात्रै गाडी बनाउदैन’ कार्कीले भने ‘नेपालको आवश्यकतालाई पनि बुझ्नुपर्छ’ ।
नेपालमा बर्षको निश्चित गाडीलाई विद्युतीकरण गर्छौं भनेर लक्ष्य लिएमात्रै नेपालमा व्याट्रि उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ ।
नेपालमा सवारीसाधनलाई विद्युतीकरण गर्ने हो भने सरकारले पनि नीतिगत तहबाट सहयोग गर्नुपर्ने र स्थिर नीति अलिहेको आवश्यकता रहेको कार्कीले बताए ।
इन्धनका सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न सेग्मेन्ट छुट्याएर अघि बढ्नुपर्ने कार्की बताउँछन् ।
त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले विद्युतीय सवारी बेच्ने तथा इभिमा रुचि राख्ने सबैलाई साना साना कुरा बुझाउनुपर्ने पहिलो आवश्यकता रहेको बताए ।
‘पछिल्लो समय विद्युतीय गाडी लिने र चार्जिङ गर्न समस्या भइरहेको पाएको छु’ ज्ञवालीले भने ‘अब लङ ड्राइभवको लागी सरकार र नीजि क्षेत्रले फास्ट चार्जर राख्नुपर्ने आवश्यकता छ ।’
पछिल्लो समय नेपाल आएका गाडीहरु फास्ट चार्जिङ गाडी आएकाले फास्ट चार्जिक वरदान नै हुने उनको दाबी छ ।
नेपाल सरकारले पनि खासगरी पब्लिक यातायातमा विद्युतीकरण नगरी नेपालको विद्युतीय सवारीसाधनमा जे जति अपेक्षा गरेका छौं त्यो नहुने उनको भनाइ छ ।
निजी क्षेत्र र सरकारी तहबाटै सार्वजनिक यातायातमा विद्युतीकरणमा ध्यान गएको नपाइको बताए ।
ईभी चौतारीमा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानीकल इन्जिनियर शंकर सिंह धामिले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने बिषय नै मुख्य चुनौतिको बिषय रहेको बताउँछन् ।
सरकारले पनि विद्युतीय सवारीसाधनलाई विद्युतीयमा सिफ्ट गर्न आवश्यक नीति बनाइदिनुपर्ने उनको भनाइ छ । अब नेपालमा निजी ईभि भन्दा पनि पब्लिक गाडीतर्फ नै केन्द्रित हुनेपर्ने धामीको तर्क छ ।
त्यसैगरी सरकारले विद्युतीयमा परिवर्तन गर्न इन्धनबाट चलने सवारीलाई सहुलियत र विद्युतीयमा रुपान्तरण हुने सवारीलाई नियामन गर्न संयन्त्रपनि अपनाउनुपर्ने धामी बताउँछन् ।
डिजेटल पेट्रोलका गाडीलाई बैंकहरुलेपनि कर्जा दिन्छु भन्ने अवस्था छ विद्युतीय तर्फ बजार अघि नबढिसकेको अवस्थाले छ । त्यसको लागी रिक्स काउन्टर ग्यारेन्टी फन्डको अवधारणापनि ल्याउनुपर्ने बताए ।