आय विवरण तयार गर्दै हुनुहुन्छ ? पहिला यी विषयमा ध्यान दिनुहोस्
आयकर ऐन २०५८ को दफा ९६ अनुसार आय विवरण पेश गर्नुपर्ने दायित्व भएका प्रत्येक व्यक्ति तथा निकायहरुले आर्थिक वर्ष समाप्त भएको ३ महिना अर्थात् आश्विन मसान्तभित्र सो आय वर्षको आय विवरण पेश गर्नुपर्दछ ।
मौजुदा आयकर ऐनले प्रत्येक वर्षको साउन १ गतेदेखि अर्को वर्षको असार मसान्तसम्मको अवधिलाई एक आर्थिक वर्षको रुपमा व्याख्या गरेको छ । त्यसैले अहिले पेशा व्यवसाय गरेका कुनैपनि व्यक्ति तथा संस्थाहरुलाई आर्थिक वर्ष २०७८।७९ को आय विवरणको तयारी गरी समयमै विवरण पेश गर्नुपर्ने दवाव रहेको छ ।
आयकर ऐन २०५८ ले कर दातालाईनै पूर्णरुपमा आफैंले नै कर निर्धारण अर्थात स्वयं कर निर्धारण गरी विवरण पेश गर्ने अधिकार प्रत्यायोजन गरेको छ । त्यसैले आय विवरण तयार गर्दा विषेश सावधानी अपनाउनु गरुरी छ । भुलबस वा अन्जानमा गरीएको गल्ती अर्थात् कानूनको अज्ञानता भन्दैमा कुनैपनि कानुनले छम्य गर्दैन त्यसैले आय विवरणको तयारी गरीराखेका विशेषगरी डे-०३ अनुसार विवरण बुझाउने करदाताहरुले निम्न शिर्षकहरुमा विशेष ध्यानदिनु जरुरी छ ।
बैंक र पार्टी रिकन्साईलः बैङ्कबाट गरेको वार्षिक कारोबार र खरिद बिक्री कारोबार भएको व्यक्ति तथा संस्थासँगको लेनदेनको हिसाव चुस्त दुरुस्त हुनुपर्दछ । बैंकमा जम्मा भएको रकम कहाँबाट, को मार्फत् ? जम्मा भएको हो र बैंकबाट झिकेको रकम कसरलाई भुक्तनी गरेको हो आप्mनो खातामा प्रस्ट हुनुपर्दछ । त्यस्तै बैंक कमिशन वा व्याज प्राप्तभएको भए सोको समेत आम्दानी बाँद्नु पर्दछ । बैंकको बार्षिक स्टेटमेन्ट र आफूले बैंकसँग गरेको बार्षिक कारोबारको स्टेटमेन्ट भिडान गरेपछि सुरुमौज्दात, अन्तिम मौज्दात, बार्षिक कारोबार, व्याज, कमिसन, अग्रिम कर कट्टी आदि खुल्ने प्रमाण सम्बन्धित बैङ्कबाट प्रमाणित गरेर राख्नु पर्दछ, जुन प्रमाणित प्रतिलिपीलाई कुनै पनि समय अडिट परेको बखत सम्बन्धित कर कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । अर्कोतर्फ व्यक्ति तथा संस्थागत फर्महरुसँग सोआर्थिक बर्षमा गरेको खरिद तथा बिक्री कारोबार फरक नपर्नेगरी दुबैतर्फ हिसाब मिलान गरेर राख्नु पर्दछ । एक आर्थिक वर्षमा १ लाखभन्दा बढीको कारोबार गरेको भएमा र १ लाख रुपैयाँभन्दा बढीको लेनदेन भएमा आयविवरणको अनुसूची १३ मा उल्लेख गनुपर्ने भएकोले क्रेता र बिक्रेता दुबैको हिसाब समान हुनुपर्दछ अन्यथा कारोबारमा मिसम्याच भएर अतिरिक्त करको दायित्व बहन गर्नुपर्ने जोखिम उच्च रहन्छ ।
अग्रिम कर कट्टीः आयकर ऐनले तोकिएको भुक्तानीमा भुक्तानी गर्दाको बखत निश्चित दरमा लाग्ने कर अग्रिमरुपमा कट्टी गर्ने अनिवार्य व्यवस्था गरेको छ यो करलाई नै स्रोतमा करकट्टी भनिन्छ । यसरी रोजगारी, लगानी प्रतिफल, सेवा शुल्क, ठेक्का वा करार आदीको भुक्तानी गर्दा तोकिएको दर अनुसार अग्रिम करकट्टि गरी उक्त रकमलाई आउने महिनाको २५ गतेभित्र सम्बन्धित आन्तरीक राजस्व कार्यालयमा दाखिला गर्नुपर्दछ । यसरी स्रोतमा करकट्टी गरीएको रकमलाई समयमानै राजस्व खातामा जम्मा गरी सम्बन्धित व्यक्तिवा सँस्थाको नाउमा ईटिडियस गरिदिनु पर्दछ ।
भ्याट रिकन्साईः मूअकर लाग्ने वस्तु तथा सेवाको कारोबार गर्ने व्यक्ति तथा संघसंस्थाले आर्थिक वर्ष भरीमा खरिदमा भुक्तानी गरेको भ्याट र बिक्रीमार्फत् संकलन गरेको भ्याटरकमको अन्तर मासिकरुपमा कर कार्यालयमा पेशगर्ने विवरणअनुसार समान हुनु पर्दछ । यदि कुनैमहिनामा अन्यथपघटमा मिलान गरेको भ्याट रकमभएमा सो को प्रमाण राख्नु पर्दछ । त्यस्तै खरिद फिर्ता, बिक्री फिर्ता, भ्याट छुट,शुन्य दर लाग्ने भ्याट बापतको मूअकर रकम अनि कार्यालयमा पेशगरेको मूअकर रकम समेतलाई समेटी भ्याट रिकन्साईल तयार गर्नुपर्दछ । यसरी तयार गरेको रिकन्साईलमा आप्mनो लेजरमा देखिएको भ्याट रकम र एटिआरमा देखिएको भ्याटरकम मिल्नु पर्दछ ।
खरिद÷बिक्री रिकन्साईलः करदाताले वार्षिकरुपमा कारोबार गरेको भ्याटलाग्ने वस्तु तथा सेवाको खरिद÷बिक्रीको विवरण तयार गर्नुपर्दछ । त्यस्तै आयात र निर्यातको कारोबार, शुन्यदर लाग्ने खरिद र विक्री, भ्याट छुटको खरिद र विक्रीको कारोवार समेत आफ्नो लेखा र कार्यालयमा पेशगरेको मास्केवारी विवरण अनुसार को कारोवार पनि भिडान हुने र मिसम्याचमा पर्ने जोखिम पनि न्यूनहुने गर्दछ ।
व्यापार मौज्दातः व्यापार मौज्दातहुने व्यवसायको हकमा सुरुमौज्दात र अन्तिम मौज्दातको परिमाण र मूल्य खुल्ने विवरण तयार गर्नुपर्दछ साथै वस्तुको मूल्यांकन विधिसमेत उल्लेख गरेर ओपनिङ स्किम र क्लोजिङ स्टक फरक नपर्ने गरी भौतिक परिक्षण गरेर सोहि अनुसारको कागजात तयार गर्नुपर्दछ ।
अग्रिम आयकरः गत वर्षदेखि आन्तरिक राजस्व कार्यालयले करदाताहरुले अग्रीमरुपमा बुझाएको कर रकम वा विथहोल्डिङ एजेन्टहरुले अग्रिम करकट्टी गरी बुझाईदिएको कर रकम सम्बन्धित करदाताको अनुसूची १० मा भेरिफाई भएर नआएसम्म कर मिलान गर्न नदिने भएको छ त्यसैले अग्रिम आयकरमा जम्मा हुने सम्पूर्ण कर रकम भेरिफाई भएर अनुसूची १० मा समावेश हुनुपर्दछ । अन्यथा सो रकम फ्रिज भएर खेरजाने हुनसक्दछ । त्यसैले आपूmले कट्टी गरिदिएको अन्य व्यक्ति तथा सँस्थाहरुको टिडियस रकम र अन्य व्यक्ति वा सँस्थाहरुले आप्mनो फर्मकोलागि गरिदिएको टिडियस रकमलाई समयमानै ईटिडियस गरी भेरिफाई समेत गर्ने गराउने व्यवस्था गर्नुपर्दछ । अन्यथा ईटिडियस भेरिफाई नभएको त्यस्तो रकमलाई अन्य कुनैपनि आयवर्षमा दाबी गर्न पाईने छैन ।
सुरु मौज्दात र सन्तुलन परिक्षणः माथिका विवरणहरु तयार गरीसकेपछि अघिल्लो आर्थिक वर्षमा पेश गरेको वित्तीय विवरण अनुसारको सम्पूर्ण सम्पत्ति तथा दायीत्वहरुलाई यस आर्थिक वर्षको सुरु मौज्दातमा उल्लेख गर्नुपर्दछ । यसरी ओपनिङ व्यालेन्स सहितको ट्रायल व्यालेन्समा उल्लेख भएका प्रत्येक शिर्षकहरुको कारोवार र क्लोजिङ व्यालेन्स विस्तृतरुपमा केलाउनु पर्दछ । सन्तुलन परिक्षण आयविवरणको आधार स्तम्भपनि भएकोले यसमा समावेश गरीएका प्रत्येक शिर्षक अनुसारको कारोवार रकम र अन्तिम रकम नमिलेसम्म आयविवरणको कुनैपनि कार्य अगाडी बढ्दैन र यसलाई अन्तिम रुपदिनु हुंदैन ।
यसका साथै व्यवसायको प्रकृति अनुसार आय विवरण तयार गर्दा अन्य विषयहरु समेत तयार गर्नुपर्ने हुन्छ जस्तै ठेक्का व्यवसाय गर्ने संस्थाको लागि प्रत्येक ठेक्का कार्यको लागतको विवरण, मूल्य समायोजन भएको अवस्थामा सोको विवरण, सहायक ठेकेदारमार्फत् कार्य गराएको भएमा निजलाई दिएको भुक्तानी र करकट्टीको विवरण, भुक्तानी प्रमाणपत्र, दिर्घकालीन करार भएमा सम्पन्न प्रतिशतको गणना फारम, अनुमानित प्रत्यक्ष खर्च र कुल खर्चको गणना आदि त्यस्तै उत्पादनमूलक उद्योग सञ्चालन गर्ने व्यक्ति तथा संस्था, कमिशन व्यवसाय, ट्राभल ट्रेकिङ व्यवसाय, बैंकिङ् व्यवसाय, बीमा व्यवसायको कारोवार गर्ने संस्थाहरुले समेत आ-आफ्नो व्यवसायको प्रकृति अनुसारका छुट्टाछुट्टै विवरणहरु सोही अनुसार तयारी गर्नुपर्ने हुन्छ ।