विदेशी मुद्रा आर्जन गर्ने खालका पूर्वाधारमा लगानी गर्न आवश्यक छ



अहिले समय यस्तो छ कि विश्वबाटै उत्साहजन समाचार आइरहेका छैनन् । कोरोना महामारी र विभिन्न देशमा वातावरणीय जोखिमका कारण अझै पनि व्यवसायीक वातावरण निरासाजनक छ ।

यी सबै परिस्थितिका बावजुत पनि मलाई के विश्वास छ भने व्यवसायीक मित्रहरुले लगानी गर्ने केही स्पेस भेट्टाउनु हुन्छ । तपाईंहरुलाई लगानीको स्पेस कसरी खोज्ने भन्ने ज्ञान पनि छ ।

मलाई यो पनि विश्वास छ कि यी सबै समस्याका बीच पनि पूर्वाधारमा कसरी लगानी गर्ने भन्नेबारेमा तपाईंहरुले लगानी गर्ने स्पेस खोज्न सक्ने क्षमता छ । यसैकारण पनि यो सेमिनारको विशेष अर्थ छ ।

वितगमा यस्ता सेनिमनार र सम्मेलनका सिरिज नै भएका छन् । केहीमा म आफैं पनि सहभागी भएको थिएँ ।

यहाँ फेरि किन सेमिनार भन्ने प्रश्न होइन, प्रश्न के हो भने अब कहाँ लगानी गर्ने, कति लगानी गर्ने, कसरी लगानी गर्ने र पूर्वाधारमा परियोजनामा कसरी सफलता र सहकार्य गर्ने भन्ने हो । विभिन्न पूर्वाधारलाई एकअर्कामा कसरी सहकार्य गर्ने भन्ने पनि हो ।

पूर्वाधारमा परियोजनालाई कसरी राम्रो र सहकार्य गर्ने बनाउने भन्ने विषयबाट विषय प्रवेश गर्न चाहन्छु । पूर्वाधारमा लगानी गरेका हामीसँग वितगका अनुभव पनि छन् ।

शुरुवातको समयमा हामीले विद्युत छैन भन्यौं । लगानी गर्न औद्योगिक पूर्वाधार छैन भन्ने गरियो । जब विद्युतको प्रायाप्तता भयो, अहिले हामीले औद्योगिक पूर्वाधार छैन भनिरहेका छौं ।

अब यो पनि भएपछि छिमेकी देशको सीमासम्म यातायातको पूर्वाधार छैन भन्छौं होला । यदि बाटोको यो सुविधा भएपछि फेरि भन्सारमा पोइन्टमा राम्रो सुविधा भएन भन्छौं होला ।

हो, अब हामी यो सबै पूर्वाधारलाई कसरी बनाउन सक्छौं त ? हामीले यी पूर्वाधार निर्माणको लागि दीर्घकालियन योजनाअनुरुप निरन्तररुपमा लागिरहनु पर्छ र एकअर्कामा सहयोगी बन्ने खालको हुनुपर्छ ।

यदि हामीले एउटा पूर्वाधार तयार गर्न सकियो भने त्यसको सहयोगमा अन्य पूर्वाधारहरु पनि पूरा गर्न सक्छौं । यो नै पहिलो प्रश्न हो ।

दोस्रो प्रश्न भनेको पूर्वाधार परियोजनाबीचको सन्तुलन हो । सन्तुलन भनेको के हो ? मैल भन्न खोजेको व्यवसाय गर्न सकिने र नसकिने पूर्वाधार भनेको हुँ ।

हामीले छिमेकी देशमा देखेका छौं कि पूर्वाधारमा ठूलो लगानी गरेर प्रशस्त आम्दानी हुँदा पनि कि त्यो पैसाले विदेशी लगानीको सावाँ र ब्याज तिर्न पुग्दैन ?

प्रश्न के हो भने हामीले विदेशी मुद्रामा ऋण लिन्छौं । त्यसपछि यस्तो ठाउँमा लगानी गर्छौं, जहाँबाट प्रशस्त आम्दानी हुँदाहुँदै पनि त्यसले विदेशी मुद्रा तिर्न सक्दैनौं । स्थानीय आम्दानी हुँदाहुँदै पनि विदेशी मुद्राको अभाव हुन्छ । छिमेकी देशमा यस्तै भएको छ । जसको कारणले विदेशी ऋणमा डुब्छौं ।

त्यसैले ‘ट्रेडएबल’ र ‘नन्ट्रेडएवबल’बीच सन्तुलन हुनुपर्छ भनेको यही हो ।

मैले यो भन्दै गर्दा यो कुरामा जोड दिन चाहन्छु कि पूर्वाधारमा लगानी गर्दा यस्ता ठाउँमा पनि लगानी गरौं जहाँको सेवा बेचेर विदेशी मुद्रा पनि आर्जन गर्न सकियोस् ।

यो पूर्वाधार के हुनसक्छन् ? पर्यटन पूर्वाधार, जलविद्युत पूर्वाधार, हवाइ पूर्वाधार जस्ता यातायात क्षेत्र र अन्य धेरै पूर्वाधार हुनसक्छन् । जहाँ लगानी गरेर विदेशी मुद्रा पनि आर्जन गर्न सकिन्छ । जसले गर्दा विदेशबाट लिएको ऋण तिर्न सकिन्छ ।

हामीलाई थाहा छ, वातावरणीत जोखिम बढ्दो छ । महामारीको अवस्थाले पनि प्रभाव पारेको छ र पहिलेदेखिको युद्धको प्रभाव पनि छ ।

अर्को विकास भइरहेको क्षेत्र भनेको इन्स्योरेन्स क्षेत्र हो । जोखिम न्यूनिकरण र व्यवस्थापनको लागि इन्स्योरेन्स सम्भावित राम्रो क्षेत्र र सुरक्षित क्षेत्र हो ।

कोभिड-१९ लाई उदाहरणको रुपमा हेर्न सक्छौं । महामारीको इन्स्यारेन्स नभएको अवस्थामा हामीले कोभिड-१९ को बीमाको प्रयास गर्यौं ।

हामीले बजारको आवश्यकता र मागअनुसारको लगानी पनि पछ्याउनु पर्छ । जस्तो कि मौसमको इन्स्यारेन्स । खराब मौंसमका कारण केही वर्षा हुँदैन, कहिले बाढी पहिरो हुन्छ । हामीले यसका केही इन्स्यारेन्स त शुरु गरेका छौं ।
यस्ता बजारमा आधारित पूर्वाधार क्षेत्रको लगानी पनि विकास भइरहेको छ ।

दोस्रो कुरा, पार्टनरसिप र फाइनान्सिङमा विश्वाससिलो वातावरण हुन आवश्यक छ । अरुलाई मात्र जोखिम हस्तान्तरण गर्न खोज्नुभयो भने यसले काम गर्दैन । अरुलाई मात्र जोखिम दिन खोज्ने हो भने समस्या सधै रहन्छ र जोखिम पनि सधै रहिरहन्छ । यसमा इक्विटी पार्टनर वा ऋण लगानी जुन पनि हुनसक्छ ।

सार्वजनिक-निजी साझेदारी (पीपीपी) सबैभन्दा राम्रो मोडल हो । हामीले यसलाई सधै प्रोत्साहन गरिरहेका छौं । तर, हाम्रो सन्दर्भमा सधै पीपीपी मोडलले किन काम गर्दैन ? किन भने हाम्रो विश्वासिलो पार्टनरसिपमा सधै प्रश्न आउँछ ।
हाम्रोमा असफल भएका पीपीपी मोडलमा प्रायः जोखिम आरुलाई मात्र दिने यही समस्या भएका छन् ।

अर्को समस्या भनेको हेजिङ हो । लागनीकर्ता भएपछि बढीभन्दा बढी नाफा खोज्ने स्वभाविकै हो । एक्सजेन्च रेट फेरबदलले हाम्रो जस्तो मुलुकलाई सधै विदेशी मुद्रा संचितिमा समस्या बल्झिरहन्छ । हाम्रोमा राम्रो कानुन र हेजिङ मेकानिजम छैन ।

हेजिङ मेकानिजम सधै पारदर्शी, विकासिल र दिगो हुनुपर्छ । विदेशी लगानीकर्तालाई समस्या र झन्झटमात्र राखेर हुदैन र जति पनि जोखिम छन् ति सबै लगानीकर्ता देशलाई मात्र जिम्मेवारी दिनुहुँदैन । हेजिङ मेकानिजममा अनेष्ट हुनुपर्छ ।

बैकिङ फाइनान्सिङ अर्के प्रकारको लगानी हो । अहिले सानो लगानीको लागि लगानीको समस्या छैन । तर, ठूलो लगानीकर्तालाई भने समस्या छ ।

हामीले पत्येक वर्ष २० हजार बिलियन रुपैयाँ पूर्वाधारमा लागनी गर्नुपर्छ । लगानीको लागि युरोपियन सेन्टर बैंक, डोनरहरु र अन्य निजी लगानीकर्ता पनि लगानी ल्याउने ठाउँ छन् । हामीले यि क्षेत्रबाट पनि लगानी ल्याइरहेका छौं । हामीले ऋण वा अनुदानमात्र होइन, भेन्चर क्यापिटलबाट इक्विटी सेयर पनि ल्याउनु पर्छ । यो सबैभन्दा राम्रो जोखिम सेयरिङको विधि हो । यदि ऋणमात्र लिएका छौं भने जोखिम आफैंमात्र लिनुपर्छ ।

त्यसैले मैले भनिरहेको छु हामीले जति पनि साझेदारी संस्था वा देशसँग काम गरिरहेका छौं कृपया इक्विटी सेयर लगानीबाट पनि आइदिनुस् ।

सेयर बजार पनि छ । यो अझै सानो घेरा र सतहीमा छ । अहिले केही मोबिलाइज भए पनि लागनीको आकार सानो छ । अब हामीले सेयर बजारलाई विभिन्न तरिकाले खुला गर्न सक्छौं । जस्तो कि शुरुवाति चरणमा संस्थागत लगानीकर्ताका लागि ।

यति भनिरहँदा हामीले सम्भावित विभिन्न क्षेत्रबाट स्रोत परिचालन गर्नुपर्छ । जस्तो प्रत्यक्ष विदेशी लगानी, ऋण, साझेदारी देशसँगको सहकार्य र स्थानीय निकायसँगको सहकार्य । अहिले हामीसँग क्राउड फाइनान्सिङ पनि प्रयोग भएको छ । यसबाट डिजिटल पूर्वाधार बनाउन सकिन्छ ।

मैले के भन्न चाहन्छु भने लगानीको विभिन्न विधि र तरिकाहरु उपलब्ध छन् । तर, हामीले यसलाई कसरी अगाडि बढाउँछौं भन्नेमा निर्भर रहन्छ ।

सरकारी निकायको लागि दुई तीनवटा कुरा महत्वपूर्ण हुन्छन् ।

पहिलो त लिगल र रेगुलेटरी फ्रेवर्क अझै पनि अपडेट हुनसकेको छैन । मलाई थाहा छ तीन वर्षअघि यही हलमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन पनि गरियो ।

हामीले आवश्यक कानुन बनाउने प्रयास पनि गरेका थियौं । औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा पूर्वाधार हस्तान्तरण ऐन, पीपीपी ऐन बनायौं । तर, अरु केही ऐनहरु बनाउन र संशोधन गर्न बाँकी थिए । जस्तो कि कम्पनी ऐन, बौद्धिक सम्पत्ती सम्बन्धी ऐन, हेजिङ एक्ट जस्ता ऐनहरु संशोधन गर्न आवश्यक छ ।

हामीले सेवालाई अझ प्रभावकारी बनाउन एकद्धार नीति अवलम्बन गरौं । जसले एक कामलाई धेरै ठाउँ धाउने काम रोक्यो । औद्योगिक पूर्वाधार र यातायातका पूर्वाधार निर्माण सक्नुपर्छ ।

दशकसम्म पूर्वाधार निर्माणको लाइन्सेस होल्ड गरेर नराखौं । यदि लाइसेन्स होल्ड गरेर दशकसम्म राख्ने हो भने हाम्रो देशलाई मध्यम आम्दानी भएको देशमा १०-१५ वर्षको अवधिमा कसरी लैजान सकिन्छ र ?

(खतिवडाले नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल इन्फ्रास्टक्टर समिट २०२२’मा बिहीबार दिएको मन्तव्यको संशोधित अंश हो )


क्लिकमान्डु