बेलायतलाई पछि पार्दै भारत बन्यो पाँचौ सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक



काठमाडौं । भारत बेलायतलाई पछि पार्दै विश्वको पाँचौ सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बनेको छ । जीडीपीमा बेलायतलाई पछि पार्दै भारत पाँच ठूलो अर्थव्यवस्था भएको देश बनेको हो ।

ब्लूमबर्गको पछिल्लो तथ्यांकअनुसार भारतले मार्च २०२२ को अन्तिममा बेलायतलाई पछि पारेको हो । ब्लूमबर्गको यो निष्कर्ष अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकको आधारमा निकालिएको हो ।

ब्लूमबर्गका अनुसार यसवर्ष मार्चको अन्त्यमा भारतको अर्थव्यवस्था ८५४.७ अर्ब डलरको थियो । जबकी बेलायतको अर्थव्यवस्था ८१६ अर्ब डलरको थियो ।

ब्लूमबर्गको अनुमानका अनुसार आगामी केही सालमा भारत बेलायतको अर्थव्यवस्थाबाट अगाडि जाने छ । भारतले अगस्टमा आफ्नो स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले २०४७ सम्म विकसित राष्ट्र बनाउने बताएका थिए ।

प्रतिव्यक्ति आयमा भारत निकै पछि

बेलायको जनसंख्या करिब पौने सात करोड छ । र अनुमानका अनुसार भारतको जनसंख्या अहिले करिब १३८ करोड रहेको छ । विश्लेषकहरुका अनुसार‍ बेलायतभन्दा ठूलो अर्थव्यवस्था भारतको बन्नु कुनै ठूलो कुरा होइन । किनकी समृद्धिको मामलामा भारत अझै पनि बेलायतभन्दा २० गुणापछि रहेको छ ।

वरिष्ठ पत्रकार र आर्थिक विश्लेषक एमके वेणु भन्छन्, ‘अर्थव्यवस्थाको कुल साइजमामा भारतले बेलायतलाई पछि छाड्ने छ, यो हुनुनै थियो । तर मुख्यकुरा मानिसको आर्थिकस्थिति कस्तो छ भन्ने हो । बेलायतमा अहिले पनि प्रतिव्यक्ति आय ४५ हजार डलरभन्दा माथि छ । भारतमा अहिले पनि करिब २ हजार डलर प्रतिवर्ष मात्र छ ।’

वेणु भन्छन्, ‘यदी वास्तविक तुलना गर्ने हो भने प्रतिव्यक्ति आयको हुनु पर्दछ । यसमा भारत अहिले पनि बेलायतभन्दा निकै पछि छ । प्रतिव्यक्ति आयको मामलामा भारत अहिले पनि सबैभन्दा पिछडा देशमा आउँछ । यस्तोमा यो भन्नु गलत हुनेछ कि अर्थव्यवस्मा भारत बेलायभन्दा अगाडि रहेको छ ।’

जेएनयूका प्राध्यापक र आर्थिक मामलाका विशेषज्ञ अरुण कुमार भन्छन्, ‘भारतको जनसंख्या बेलायतसँग करिब २० गुणा धेरै छ । यदी भारतको जीडीपी उसको लगभग बराबर भयो भने यसको मतलब हामी प्रतिव्यक्ति आयमा बेलायतको बीस गुना पछि छौं । त्यसैले बेलायत र भारतको अर्थव्यवस्थाको तुलना गर्नु सही होइन । यो तुलना गलत हो ।’

चुनौतिका बावजूद अघि बढ्यो भारत

सेयर बजारमा नजर राख्ने कम्पनी केडिया क्यापिटका रिसर्च प्रमुख अजय केडिया कोभिड महामारी र युक्रेनमा जारी युद्धका बावजूद भारतको अर्थव्यवस्था अघि बढ्नु यस कुराको संकेत गर्छ कि अब भारत सही दिशामा छ ।

अजय केडिया भन्छन्, ‘पहिला हामी एक विकासशील या पिछडा देशको रुपमा थियौं । तर अब भारत विश्वको पाँचौ सबैभन्दा ठूलो अर्थव्यवस्था बनेको छ । भारतले पछिल्लो १० वर्षमा या १९९० को दशकमा जुन कदम उठाएको थियो अहिले त्यसको असर देखिएको छ । भारतको विदेशी मुद्रा भण्डार बढेको छ ।’

उनी भन्छन्, ‘बेलायत र पश्चिमी यूरोपीय देशहरुको अर्थव्यवस्था जकडिरहेको छ भने भारतको अर्थव्यवस्था लगातार अघि बढिरहेको छ । तमाम चुनौतिका बावजूद पनि भारतले आफ्नो विकास दरको रफ्तार बनाएको छ । अहिले पश्चिमा देशको अर्थव्यवस्थामा गिरावट आएको छ जसको फाइदा भारतलाई भएको छ ।’

चार-पाँच वर्षसम्म भारतको अर्थव्यवस्था बढ्दा पनि प्रतिव्यक्ति आयमा पश्चिमी देशको गुणस्तरमा पुग्न अझै निकै समय लाग्ने छ ।

युक्रेन युद्धको असर

युक्रेनमा युद्धको असर दुनियाभरको अर्थव्यवस्थामा परेको छ । पश्चिमी देशमात्र होइन दक्षिण एशियाली देशमा पनि यसको प्रभाव रहेको छ ।

श्रीलंकाको अर्थव्यवस्था संकटमा छ । पाकिस्तान अलग-अलग कारणले नाजुक अवस्थामा पुगेको छ । बांग्लादेशको अर्थव्यवस्थामा पनि चुनौतीपूर्ण अवस्थामा छ । दक्षिण एशियाली देशको तुलनामा भारतको अर्थव्यवस्था अधिक स्थिर र राम्रो स्थितिमा छ ।

तथ्यांकमा प्रश्न
भारतको कुल जीडीपीको मामलामा बेलायतलाई पछारेर भारत पाँचौ स्थानमा पुग्दा केहीले भने यी आँकणामा श‌ंका व्यक्त गरेका छन् ।

अरुण कुमार भन्छन्, ‘२०१९/२०२० भन्दा पहिला नै हामी बेलायत पार गर्ने छौं भन्ने थियो तर फेरि कोभिड महामारी आयो र अर्थव्यवस्थामा गिरावट आयो । अब सरकारले अर्थव्यवस्था लिकमा आयो र अघि बढिरहेको छ भनिरहेको छ । सात-साढे सात प्रतिशतको वृद्धि दर छ । तर यो तथ्यांक मात्र संगठित क्षेत्रमा आधारित छ । यसमा असंगठित क्षेत्र सहभागी छैन ।’

अरुण कुमार भन्छन्, ‘मेरे अनुमानमा वास्तविक तथ्यांकमा भारतको अर्थव्यवस्था पाँचौको सट्टा सातौं स्थानमा गएको छ किनकी भारतमा ९४ प्रतिशत कर्मचारी असंगठित क्षेत्रमा काम गर्छन् र देशको ४५ प्रतिशत उत्पादन यसमै होला । कयौं सालबाट संगठित क्षेत्रमा लगातार गिरावट आइरहेको छ । खासगरि कोभिड महामारीको क्रममा यस क्षेत्रमा गिरावट आएको छ ।’

ब्लूमबर्गले भारतको अर्थव्यवस्थालाई लिएर ताजा आकलन आईएमएफको डाटाको आधारमा गरेको हो । यसमाथि प्रश्न गर्दै अरुण कुमारले आईएमएफको डाटाको आधारमा पाँचौ स्थानमा आएको भनिएको भए पनि आईएमएफको आफ्नो कुनै डाटा नभएको बताए ।

यदि सरकारी तथ्यांकको आधारमा गरिएको आंकलन अनुसार गर्ने हो भने भारतमा संगठित क्षेत्र अर्थात कर्पोरेट निकै तिब्र रुपमा अघि बढिरहेको छ तर असंगठित क्षेत्र पछि गइरहेको छ । यसको मतलब भारतको डिस्ट्रिब्यूशन लगातार बिग्रिरहेको छ ।


क्लिकमान्डु