तरलता अभाव बढ्दोः एक महिनामा बैंकले लिए ७ खर्ब ८७ अर्ब एसएलएफ



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा वाणिज्य बैंकहरुले साउनमा ७ खर्ब ८७ अर्ब ४२ करोड ५५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

बैंकहरुले साउन १ देखि ३० गतेसम्म उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले ४२१ वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएका हुन् । आज सोमबार नै बैंकहरुले ४१ अर्ब ९४ करोड एसएलएफ सुविधा लिएका छन् ।

बैंकहरुलाई नगद व्यवस्थापन गर्न समस्या भएपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (टेजरी बिल) धितो राखेर छोटो समयका लागि लिने कर्जा लिने गर्छन ।

बैंकहरुले ५ दिन अवधिका लागि राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिने गरेका छन् । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

सामान्य अवस्थामा वाणिज्य बैंक राष्ट्र बैंकमा एसएलएफ सेवा लिन जाँदैनन् । किनभने यसको ब्याज महंगो छ । तर, लगानीयोग्य रकम अभाव भएपछि बैंहरुलाई यसको भरपर्दौ अर्को विकल्प देखिएको छैन ।

अहिले बैंकको अन्तर बैंक ब्याजदर अहिले बैंकहरुको अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ । प्रणालीमा तरलता अभाव भएपछि साउनमा मात्रै निक्षेप १ खर्ब २२ अर्बले घटेको छ । कर्जा लगानी भने स्थिर रहेको छ ।


क्लिकमान्डु