अमेरिकी सभामुखको ताइवान भ्रमणपछि प्रशान्त महासागरमा मडारिइरहेको युद्धको बादल



एजेन्सी । एकातिर रुस र युक्रेनबीचको लडाईले ६ महिना पूरा गरेको छ । अपेक्षित लक्ष्य प्राप्ति नभएपनि रुस युक्रेन मामिलामा सफल भइरहेको छ ।

युक्रेनका कुनै पनि सग्ला घर अब देख्न मुस्किल भइरहेको छ । उता पश्चिमा देशले पनि अब कति सहयोग गर्ने भन्ने अवस्थामा पुगिसकेका छन् ।

प्रत्यक्ष रुपमा फ्रन्टलाइनमा नदेखिएको अमेरिका नेटोमार्फत् रुस युक्रेन लडाइमा संलग्न छ । अमेरिका अब चीन र ताइवानलाई लडाइमा उतार्न चाहिरेको छ । त्यसको अर्थ हो, आफूमा विश्वको सर्वशक्तिमान भइरहने र अरुहरुमाथि शासन गरिरहने ।

डोनाल्ड ट्रम्प प्रत्यक्ष रुपमा लडाइ गर्न चाहँदैन थिए । किनकी, उनले युद्धलाई क्रमशः कम गर्ने नीति अख्तियार गरेका थिए । तर, पछिल्ला पटक आएको जो बाइडेन देख्दा नरम, तर कडा नीति अख्तियार गर्ने खालका राष्ट्रपति छन् ।

सोही कारण अमेरिका विश्वको सर्वशक्तिमान रहिरहने नीति अन्तर्गत ताइवान र चीनबीच लडाइको मोर्चा खोलोस् भन्ने योजना अगाडि सारिएको छ ।

अनावश्यक ठानिएको अमेरिकाको प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसीलाई ताइवान उतारेर अमेरिकाले युद्धको मोर्चा खोलेको जस्तो देखिन्छ ।

सो भ्रमणका कारण तनाव बढेर गएको छ । विगत २५ वर्षमा उच्चस्तरीय अमेरिकी राजनीतिज्ञको यो पहिलो ताइवान भ्रमण हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ ।

चीनका उपविदेशमन्त्री शि फेङले यसलाई द्वेषपूर्ण भन्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले चीन हातमा दही जमाएर नबस्ने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा विभागका प्रवक्ता जोन किर्बीले न्यान्सी पेलोसीको चीन भ्रमण एक नीति अन्तर्गत नै रहेको बताएका छन् । उनले भ्रमणले त्यसमा कुनै तलमाथि नगर्ने प्रतिक्रिया दिएका छन् ।
चीनले ताइवानलाई आफ्नै छुट्टै प्रान्त मान्छ र यो अन्ततः चिनियाँ नियन्त्रणमा आउने विश्वास गर्छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको ‘एकीकरण’ पूरा हुने बताएका छन् । उनले यो हासिल गर्न बल प्रयोग गर्न सकिने बताउँदै आएका छन् ।

तर ताइवानले आफूलाई आफ्नै संविधान र आफ्नै निर्वाचित नेताहरूको सरकार भएको स्वतन्त्र देश ठान्छ । ताइवान चीनको दक्षिणपूर्वी तटबाट करिब १०० माइल टाढा रहेको एउटा टापु हो ।

ताइवान आफ्नो प्रान्तमध्ये एक हो, जुन अन्ततः एक दिन फेरि चीनको हिस्सा बन्नेछ भन्ने चीनको विश्वास छ । अर्कोतर्फ, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्दछ ।

यसको आफ्नै संविधान छ र जनताद्वारा निर्वाचित सरकारद्वारा शासन गरिन्छ ।

यसलाई ‘फस्ट आइल्याण्ड चेन’ भनिने टापुहरूमा लिइन्छ । जसमा अमेरिका नजिकका क्षेत्रहरू समावेश छन् । जुन अमेरिकी विदेश नीतिका लागि पनि महत्वपूर्ण ठानिएको छ । यी सबै टापुहरू अमेरिकाको विदेश नीतिका लागि धेरै महत्वपूर्ण छन् ।

यदि चीनले ताइवानलाई कब्जा गर्छ भने, धेरै पश्चिमी विज्ञहरूको विचारमा यो पश्चिमी प्रशान्त महासागरमा आफ्नो प्रभुत्व स्थापित गर्न स्वतन्त्र हुनेछ ।

त्यसपछि गुआम र हवाई टापुमा रहेको अमेरिकी सैन्य अड्डा पनि जोखिममा पर्न सक्छ । तर, चीनले आफ्नो नियत पूर्णतया शान्तिपूर्ण रहेको दाबी गरेको छ ।

कम्युनिस्टहरूबाट पराजित भएपछि कोमिन्ताङ मुख्य भूमि छोडेर च्याङ काई–शेकको नेतृत्वमा ताइवानको दक्षिण पश्चिमी टापुमा पुगेका थिए । दोस्रो विश्वयुद्धपछि झण्डै दुईबीचको सम्बन्धविच्छेद भएको थियो ।

त्यतिबेला चीनको मुख्य भूमिमा चिनियाँ कम्युनिष्ट पार्टी त्यहाँको सत्तारुढ राष्ट्रवादी पार्टी (कोेमिन्ताङ)सँग लडिरहेको थियो । सन् १९४९ मा माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले राजधानी बेइजिङमाथि कब्जा जमायो ।

त्यस पछि, कोेमिन्ताङ मानिसहरू मुख्य भूमि छोडेर ताइवानको दक्षिणपश्चिमी टापुमा गए । त्यसयता कोेमिन्ताङ ताइवानको सबैभन्दा महत्त्वपूर्ण पार्टी बनेको छ । ताइवानको इतिहासको अधिकांश समय कोेमिन्ताङ पार्टीले शासन गरेको छ ।

हाल विश्वका १३ देश मात्रै ताइवानलाई छुट्टै र सार्वभौमसत्ता सम्पन्न देश मान्छन् । ताइवानलाई मान्यता नदिनका लागि अन्य देशहरूमा चीनको कूटनीतिक दबाब छ । अन्य देशले ताइवानलाई मान्यता दिने काम नगर्न पनि चीनको प्रयास हो ।

ताइवानका रक्षामन्त्रीले चीनसँगको सम्बन्ध विगत ४० वर्षमा सबैभन्दा खराब चरणबाट गुज्रिरहेको बताएका छन् ।

चीनले सैन्य माध्यम बाहेक अन्य कदम चालेर पनि ताइवानलाई एकीकरण गर्न सक्छ । यसबाट दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सकिन्छ ।

तर यदि दुई देशबीच लडाइँ भयो भने ताइवानको सैन्य शक्ति चीनको अगाडि हात्तीको मुखमा जीरा साबित हुनेछ ।

चीनको सेनामा हुने वार्षिक खर्च अमेरिकाबाहेक विश्वमा सबैभन्दा बढी हो । यसको सैन्य शक्ति एकदम विविध र विशाल छ ।

चाहे त्यो मिसाइल प्रविधि होस् वा नौसेना वा वायुसेना । साइबर आक्रमण गर्न चीनसँग प्रतिस्पर्धा गर्ने क्षमता थोरै देशसँग मात्रै हुनेछ ।

इन्टरनेशनल इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडिजका अनुसार चीनसँग सबै प्रकारका सैनिकसहित २० लाख ३५ हजार सक्रिय सैनिक छन् ।

उही समयमा, ताइवानमा १.६३ लाख सक्रिय सैनिक मात्र छन् ।

यसरी यस मामिलामा चीनको शक्ति ताइवानको भन्दा १२ गुणा बढी छ । सेनाको कुरा मात्रै गर्ने हो भने चीनमा ९.६५ लाख सैनिक छन् भने ताइवानमा ८८ हजार मात्रै ११ गुणा कम छन् । योसँगै चीनको नौसेनामा २ लाख ६० हजार र ताइवानमा ४० हजार मात्रै छन् ।

चीनको वायुसेनामा करिब चार लाख मानिस छन्, तर ताइवानमा ३५ हजार मात्रै छन् । यी सबै बाहेक चीनसँग अन्य ४.१५ लाख सैनिक छन् । र, यो ताइवानको मामला होइन ।

पश्चिमा देशका धेरै विज्ञहरूले दुई देशबीच आमनेसामने टकराव भएमा ताइवानले चीनको आक्रमणलाई सुस्त बनाउन निकै प्रयास गर्न सक्ने अनुमान गरेका छन् ।

यसले ताइवानलाई हतियार बेच्ने अमेरिकाबाट सहयोग लिन सक्छ । यद्यपि, अमेरिकाको औपचारिक नीति कूटनीतिक रुपमा अस्पष्ट जस्तो पनि देखिन्छ । अर्को शब्दमा, अमेरिकाले जानाजानी आक्रमणको अवस्थामा ताइवानलाई के र कसरी मद्दत गर्ने भन्ने बारे आफ्नो नीति स्पष्ट गर्दैन ।

कुटनीतिक रूपमा अमेरिकाले चीनलाई हाल एक चीन नीति कै रुपमा बाहिर भनीरहेको छ , भित्र भने फरक छ । यसको अर्थ बेइजिङको सरकार वास्तविक चीनको प्रतिनिधि हो भन्ने अमेरिकाको आधिकारिक लाइनका रुपमा भन्ने गरेको छ ।

सन् २०२१ मा चीनले वायु रक्षा क्षेत्रमा आफ्ना लडाकु विमानहरू पठाएर ताइवानलाई दबाब दिइरहेको छ । सीमा क्षेत्रमा सैन्य अभ्यास जारी छ ।

कुनै पनि देशको वायु रक्षा क्षेत्र भनेको देशको सुरक्षाका लागि विदेशी विमानहरूको पहिचान, निगरानी र नियन्त्रण गर्ने क्षेत्र हो ।

ताइवानको अर्थतन्त्र विश्वको लागि ठूलो महत्वको छ । विश्वका इलेक्ट्रोनिक ग्याजेटहरू जस्तै फोन, ल्यापटप, घडी र गेमिङ उपकरणहरूमा प्रयोग हुने अधिकांश चिपहरू ताइवानमा बनेका छन् ।

ताइवान हाल चिपको सन्दर्भमा विश्वको सबैभन्दा ठूलो आवश्यकताका रुपमा लिइन्छ । विश्वको चिप उद्योग २०२१ मा करिब १०० बिलियन डलर बराबर रहेको छ ।

यदि ताइवान चीनको कब्जामा गयो भने विश्वको यस्तो महत्वपूर्ण उद्योगमा चीनको नियन्त्रण हुनेछ भनेर प्रचार गराइएको छ । चीन र ताइवानबीचको तनाव बढे पनि हालैको अनुसन्धानले त्यहाँका जनतामा त्यसको खासै प्रभाव नपरेको देखाएको छ ।

ताइवानका धेरैजसो मानिसहरूले आफूलाई चिनियाँहरू भन्दा फरक ठान्छन् । नेसनल चेङ्ची युनिभर्सिटीले गरेको सर्वेक्षणले सन् १९९० को तुलनामा ताइवानका मानिसहरूमाझ ताइवानी पहिचान बढेको देखाएको छ । मानिसहरूमा आफूलाई चिनियाँ वा ताइवानी र चिनियाँ दुवै ठान्ने प्रवृत्ति पहिलेदेखि नै निकै कम भएको छ ।


क्लिकमाण्डू