चिनियाँ नेतृत्वकर्ताहरु भन्छन्- चीनले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुँदैन



एजेन्सी । चीनका राजनीतिक नेतृत्वकर्ताहरुले यसवर्ष चीनले लिएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने बताएका छन् ।

कोरोना महामारीमा चीनले लिएको शुन्य सहनशिलताको नीतिका कारण चीनमा आर्थिक गतिविधिहरु सुस्त भएकाले लक्ष्य अनुसारको आर्थिक वृद्धिदर पूरा हुन नसक्ने बताएका हुन् ।चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरोका उच्च तहका नीति

निर्माताहरुले बिहीबार आर्थिक वृद्धिदरमा ब्रेक लाग्नन सक्ने बताउँदै चीनको उद्देश्य आर्थिक वृद्धिदरलाई मध्यमस्तरमै राख्नु नै उद्देश्य भएको बताएका छन् ।

उनीहरुले आर्थिक रुपमा सम्पन्न प्रदेशहरुले आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरे पनि अन्यको हकमा भने उक्त लक्ष्य भेट्टयाउन नसक्ने बताएका हुन् ।

केही अर्थशास्त्रीहरु आन्तरिक उत्पादनको वृद्धिदर ५.५ प्रतिशत हुनु नै चीनको आधिकारिक लक्ष्य भएको बताएका छन् । तर बेइजिङले सार्वजनिक गरेको यस वर्षको दोस्रो क्वार्टरमा भने वृद्धिदर ०.४ प्रतिशत मात्रै छ ।

चीनका लागि ५.५ प्रतिशतको आर्थिक वृद्धिदर आफैमा कम हो । विश्वव्यापी अर्थतन्त्रको आपूर्ति श्रृंखलामा देखिएको अवरोध र चीनका कारण विश्वव्यापी अर्थतन्त्रको आपूर्ति श्रृंखलामा अवरोध आएकाले चीनको आर्थिक वृद्धिदर खुम्चिने उनीहरुको भनाइ छ ।

पछिल्लो समय रुस र युक्रेनबीचको युद्ध, चीनभित्रै तीव्र रुपमा फैलिएको ओमिक्रोन भेरियन्टको असर पछिल्लो समय घरजग्गाको कारोबारमा देखिएको छ । घरजग्गाको कारोबारमा देखिएको मन्दीका कारण चीनले लिएको आर्थिक वृद्धिदरको लक्ष्यको एक तिहाइ मात्रै प्राप्त हुने बताएका छन् ।

बिहीबार चीनको पोलिटब्यूरोले स्पष्टरुपमा ५.५ प्रतिशतको वृद्धिको लक्ष्य नै उल्लेख नगरे पनि उसले भनेको छ, ‘आर्थिक वृद्धिदरलाई मध्यमस्तरमै राख्नका लागि हरसम्भवका प्रयास गरिनेछ ।’

आईएनजी बैंकका चिफ चिनियाँ अर्थशास्त्री आइरिस प्याङले भनेका छन्, ‘चीनका लागि ५.५ प्रतिशतको आर्थिक वृद्धिदर ठूलो होइन तर कोरोना महामारीको चूनौतीका कारण चीनको अर्थतन्त्रमा परेको असरका कारण समस्या उत्पन्न भने हुनसक्छ तर अर्थतन्त्रका विषयमा बेइजिङले लिएको निर्णय भने स्वागतयोग्य छ ।’

अर्को एक अर्थशास्त्री ल्यारी हुले भनेका छन्, ‘चीनका नीति निर्माताहरु भने ५.५ प्रतिशत वा ५ प्रतिशतकै आर्थिक वृद्धिदर संशोधनको पक्षमा भने छैनन, यद्यपि यो लक्ष्य पूरा गर्न भने सम्भव छ ।’

चीनको अर्थमन्त्रालयका अनुसार स्थानीय सरकारहरुले यसवर्ष ९३ प्रतिशतसम्म विशेष बन्ड जारी गरिरहेका छन् । साथै पोलिटब्यूरोले बिहीबार नै आन्तरिक उत्पादनको बिस्तारको नीति लिने र कोरोना महामारीका कारण उत्पादन बन्द गरेका कम्पनीहरु कर्जा बढाउने नीति लिन सक्ने बताएका छन् ।

उनीहरुले हाल घरजग्गा खरिदकर्ताको हड्ताल तथा ग्रामीण बैकिङ प्रणालीमा चासो देखाएका छन् । जुन अधिकांश प्रपर्टी बिक्रीमा आधारित छन् । जसकारण उनीहरुले चीनमा घरजग्गामा देखिएको जोखिमलाई समाधान गर्नका लागि काम गर्ने बताएका छन् । उनीहरुले स्थानीय सरकारहरुले यसमा प्रत्यक्ष सहभागिता जनाइ जनताको सुरक्षामा ध्यान दिन समेत आग्रह गरिसकेका छन् ।

गत जुन महिनामा राष्ट्रपति सी चिनफिङले वुहान भ्रमण गर्दै कोरोना महामारीका कारण देखिएको पब्लिक हेल्थ जोगाउनु महत्वपूर्ण भएको भन्दै आर्थिक पीडा छोटो समयका लागि मात्रै हुने बताएका थिए ।


क्लिकमान्डु