विश्व बजारमा माग उच्च हुँदा हुन्डाई मोटर्सको आम्दानी ८ वर्षयताकै उच्च



रोयटर्स । हुन्डाई मोटर्सलेले ८ वर्षयता सबैभन्दा राम्रो क्वार्टली रिपोर्ट प्रकाशित गरेको छ ।

दक्षिण कोरियाली मुद्रा वन डलरको तुलनामा कमजोर हुँदा मूल्य बढाएको, माग बलियो हुँदै गएकाले पनि उच्च मार्जिन भएको हुन्डाइको एसयूभीले राम्रो व्यापार गर्न सफल भएको हो ।

चिपको अभाव हट्दै गएको समयमा विश्वको ठूलोमध्येको एक गाडी निर्माता कम्पनीले ८ वर्षयताकै राम्रो नाफा कमाउन सफल भएको हो ।

किया कर्पले पछिल्लो समय भइरहेको मूल्यवृद्धि, उच्च मार्केटिङ खर्चका साथै बढ्दो प्रतिष्पर्धा तथा आपूर्ती संकट कम्पनीका लागि चूनौती थप भएको बताएको छ ।

कम्पनीले यस वर्षको शुरुवातमा १.८ ट्रिलियन कोरियन मुद्रा नाफा गरेकोमा अप्रिल–जुनको अवधिमा नाफा बढाएर २.१३ बिलियन कोरियाली वन पुर्याएको छ ।यसअघि रिफिनिटिफ स्मार्टस्टिमेटले भने कम्पनीको आम्दानी २.२ ट्रिलियन वनको प्रक्षेपण गरेको थियो ।

‘मिक्स एसयूभी र जिनियस लक्जरी मोडलको राम्रो बिक्रीका कारण कम्पनीले वर्षको दोस्रो चौमासमा राम्रो बिक्री गर्न सफल भएको हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वव्यापीरुपमा भइरहेको चिपको अभाव कम हुँदै गएपछि हुन्डाइले आन्तरिक प्लान्टमा ओभर टाइम, सप्ताहन्नको सिफ्ट बढाउन शुरु गरेको छ । साथै, गत जुन महिनामा राष्ट्रव्यापी ट्रक व्यवसायीहरुको आन्दोलनका कारण घटेको उत्पादन बढाउन सहयोग गरेको छ ।

विश्वव्यापीरुपमा भएको चिप तथा कम्पोनेन्टहरुको अभावका कारण वर्षको दोस्रो क्वाटरमा ५.३ प्रतिशतले घटेको बिक्रीलाई रिकभर गर्ने कम्पनीको योजना पूरा भइरहेको छ ।

हुन्डाइले गाडी उत्पादन बढाउने र उपभोक्ताको मागलाई पूरा गर्ने योजना बनाएको बताएको छ । यद्यपि आपूर्ति श्रृखंला तथा कच्चा पदार्थको मूल्यमा आएको उतारचढाव हुनसक्ने विषयलाई पनि ध्यानमा राखेको कम्पनीको भनाइ छ ।

तर मुद्रास्फीति तथा घट्दो अन्य सहायक आर्थिक गतिविधका कारण उपभोक्ताको क्रय शक्ति घटेर माग घट्ने, ब्याजदरमा वृद्धि हुन सक्ने विषयलाई इन्भेष्टर रिलेसन चिफ जोयाङ कुले शुरुवाती संकेत मान्नुपर्ने बताएका छन् ।

‘बढ्दो ब्याजदरका कारण उपभोक्ताले खरिद गर्दा बढी मूल्य चुकाउनुपर्ने हुन्छ,’ डाओल इन्भेष्टमेन्ट एण्ड सेक्युरिजिटका विश्लेषक केभिन कुले भने ।

‘अर्थतन्त्रका मूल्य सूचकमा भएको मूल्यवृद्धिमा भएको उच्च वृद्धिले कार खरिद गर्न तथा त्यसका लागि कर्जा लिन धेरै महंगो पर्नेछ, जुन कार निर्माता कम्पनीहरुका लागि राम्रो होइन,’ उनले भनेका छन् ।

हुन्डाइले अहिले कर्मचारीको तलब वृद्धिको समस्या पनि भोगिरहेको छ । जसले कम्पनीको खर्च बढाउने छ । त्यहाँका कर्मचारीहरुको युनियनले कर्मचारीहरुको तबल वार्षिक ९ प्रतिशतले बढाउने सम्झौता गरेको थियो ।

हुन्डाइले विद्युतीय सवारी साधन उत्पादनका लागि उद्योग स्थापनाका लागि २ ट्रिलियन वन थप लगानीको घोषण गरेसँगै पारिश्रमिक बढाउने सम्झौता भएको थियो ।

गत मे महिनामा हुन्डाइले शुरुमा अमेरिकामा सन् २०२५ सम्ममा १० अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । जसमा ५.५ बिलियन डलर जर्जियामा विद्युतीय सवारी साधन तथा ब्याट्री उत्पादन गर्नु पनि थियो ।


क्लिकमान्डु