श्रीलंकामा तेलका लागि १० दिनसम्म लाइन लाग्नुपर्ने बाध्यता



बीबीसी । श्रीलंकामा सवारी साधनमा हाल्नका लागि पेट्रोल पम्पमा कैयन घण्टा होइन १०औं दिनसम्म लाइनमा लाग्नु पर्ने अवस्था अब सामान्य बनिसकेको छ । देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ र आयात गर्नका लागि विदेशी मुद्रा निकै कम छ ।

राजधानी कोलम्बो आर्थिक गतिविधिहरुको गढ पनि हो । त्यहाँ यस्ता लाइन ५ किलोमिटरसम्मको दूरीसम्म देख्न सकिन्छ । ४३ वर्षे मिनीबस ड्राइभर प्रथम पेट्रोल लिनका लागि पम्प नजिकै पुगेका छन् । उनी विगत १० दिनदेखि लाइनमा लामबद्ध भए आज मात्रै पेट्रोल पाउने अवस्थामा पुगेका हुन् ।

‘म अघिल्लो साताको बिहीबारदेखि नै गाडी यो लाइनमा लगाएको छु, यो निकै गाह्रो काम हो तर के नै गर्न सकिन्छ र यति दिनसम्म लाइनमा लाग्दा पनि मलाई पूरा ट्यांक तेल पनि दिइने छैन,’ उनले भने ।

प्रथम घुमन्तेहरुलाई बसमा सहर घुमाउने काम गर्छन् । पहिले उनले अन्य कैयन स्थानसम्म घुमन्तेहरुलाई लैजान्थे । तर अब उनको यात्रा लामो हुन सक्दैन । अहिले उनले एयरपोर्ट लैजान र ल्याउनमा मात्रै सीमित छन् ।

यति दिनसम्म लाइनमा बसेपछि उनले तीन दिनका लागि एयरपोर्ट जान र ल्याउनका लागि मात्रै पुग्ने पैसा पाउन सकेका छन् ।

त्यसपछि फेरि उनको दैनिकी फेरि यही लाइन लाग्दैमा बित्नेछ ।
प्रथमका भाइ तथा छोराहरु पटक–पटक यहाँ आउँछन् ताकी उनी केही समयका लागि घर जान र आराम गर्न समय मिलोस् ।

उनका पछाडि दुई वटा निजी बस पनि छन् । कन्डक्टर गुना र ड्राइभर निशान्त निकै टाढा छन् ।

उनी भन्छिन्, ‘म तीन दिनमा एक पटक मात्रै नुहाउँछु, किनभने पिसाब गर्नका लागि २० रुपैयाँ भने नुहाउनका लागि ८० रुपैयाँ लाग्छ ।’

दयनीय स्थिती
बढ्दो मूल्यका कारण पनि यी व्यक्तिहरु निकै चिन्तित छन् ।

देशमा महंगी बढेर ५० प्रतिशतभन्दा बढी पुगेको छ । आर्थिक मात्रै होइन श्रीलंकामा राजनीतिक संकट पनि छ । राजष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागिसकेका छन् । चर्को विरोधपछि उनले राजीनामा दिएका छन् ।

कैयन व्यक्तिहरु देशको यो अवस्था आउनुमा कोरोना महामारी कारण हो भन्छन् । किनभने पर्यटन उद्योगमा कोरोना महामारीले ठूलो असर परेको छ । तर कैयन व्यक्तिहरु यो अवस्थाका लागि सरकारको आर्थिक नीतिहरु जिम्मेवार भएको मान्छन् । जसमा सरकारले लिएको कर कटौती तथा रासायनिक मलमाथिको प्रतिबन्धलाई मान्छन् ।

श्रीलंकामा अब विदेशी मुद्रा निकै कम भइसकेको छ । तेल, औषधि तथा खाद्यान्न आयातका लागि त्यो पैसा खर्च गर्नुपर्नेछ ।
गुना, जो बस एक बस कन्डक्टर पनि हुन् । उनी पनि बिद्रोह गर्नेमध्येमा एक थिए । र, प्रधानमन्त्री निवासमा प्रवेश गर्नेमध्येका एक थिए ।

‘म प्रधानमन्त्रीको रहनसहन देखेर म दंग भए,’ उनले भने ।

पेट्रोलकै लाइनमा सोही लाइनमा अलिक पछि थिए दुई भाई । जसमा एक सफ्टवेयर इञ्जिनियर र अर्को बैंकर हुन् । उनीहरुको परिवारबाट केही व्यक्तिहरु रातिमा लाइनमा लाग्छन् भने केही दिनमा लाइनमा उभिन्छन् । केही राति गाडीमै सुत्छन् ताकी चोरी नहोस् ।

इवाथा भन्छन्, ‘निकै दयनीय अवस्था छ । म यो अवस्थालाई शब्दमा बयान गर्न सक्दैन ।’

उनी नजिकै रहेको क्याफे तथा गाडीमै बसेर काम गर्छन् । उनी लाइनमा लामबद्ध मानिसहरुको भाइचाराको पनि प्रशंसा गर्छन् ।

केही व्यक्तिहरुले गर्मीको समयमा मानिसहरुबीच लडाइ तथा बहस भइरहेको बताउँछन् तर इवाथा भने लाइनमा आपसी समझदारी र भाइचारा राम्रो रहेको बताउँछन् । उदाहरण दिँदै उनले नजिकै रहेको व्यापारीले आफूहरुलाई शौचालय प्रयोग गर्न दिएको बताउँछन् ।

‘एक समय म गाडीमा सुतिरहेको थिए । त्यो समयमा एकजनाले मेरो चप्पल चोरेर लगेछ । तर आफ्नो पुरानो चप्पल भने छाडेर गएछ,’ उनले भने ।

तर इवाथा, श्रीलंकाका अन्य मानिसहरु जस्तै प्रधानमन्त्री पदमा अब को आउँला र कार्यबाहक राष्ट्रपति रनिल बिक्रमसिन्धे नयाँ नेताका रुपमा उदाउँछन् कि भन्नेबारे पनि चिन्ता व्यक्त गर्छन् । उनका साथी यूनुस भन्छन्, ‘उनी दोस्रो राजपक्षे हुन् ।’

समयको बर्बादी
बिक्रमसिन्धे यसै साता संसदमार्फत् राष्ट्रपति निर्वाचिन हुने सम्भावना छ । यद्यपि विरोध गरिरहेका मानिसहरु भने उनलाई अस्वीकार गर्छन् । र, अन्य नेताहरु पनि आफ्नो नाम पेश गर्ने प्रयास गरिरहेका छन् ।

शासन सत्ता जोसुकैको हातमा जाओस, यो आर्थिक संकटबाट देश बाहिर निस्कन निकै गाह्रो हुनेछ । सबैभन्दा ठूलो चुनौती आइएमएफसँग एक बेलआउट सम्झौता कायम गर्नुपर्ने हुन्छ । साथै देशमा इन्धन आयात गर्नु पनि निकै जरुरी छ ।

त्यहाँका मानिसहरु डिजिटल माध्यमबाट रजिष्ट्रसन गर्दै नयाँ ढंगले पेट्रोलि लिने प्रयास गरिरहेका छन् ।

साथै, लाइनमा अन्तिममा चन्द्र उभिएका छन् । उनी आगामी सातासम्म गाडीमै बस्ने तयारी गरेका छन् । उनको गाडीमा पेट्रोल निकै कम मात्रै बचेको छ । अब उनलाई पेट्रोल पम्पसम्म पुग्नका लागि गाडीलाई धक्का दिनुको विकल्प छैन ।

‘मैले मेरो समय मात्रै बर्बाद गरिरहेको छु,’ उनले भने ।


क्लिकमान्डु