स्मार्टफोन तपाईंका लागि भारी पर्नसक्छ, यसरी पुनः प्रयोगमा आउँदै छ फिचर फोन



काठमाडौं । १७ वर्षिय रोविन वेष्टसँग उनका साथीको जस्तो स्मार्ट फोन छैन । टिकटक र स्टाग्रामजस्ता एप स्क्रोल गर्नुको सट्टा उनी ‘ब्रिक फोन’ प्रयोग गर्छिन् ।

ब्रिक फोन अर्थात् पुराना फिचर वा बार फोन । जसमा फोन गर्ने र म्यासेज पठाउनबाहेक अन्य सुविधा हुँदैनन् ।

आइफोन वा सामसङको तुलनामा धेरै कम सुविधाहरु रहेका मोबाइल हेन्डसेट (फिचर फोन) बजारमा छन् । जसबाट फोन उठाउन र एसएमएस पठाउनमात्र सकिन्छ । तर, तपाईं यसमानेमा भाग्यमानी हुनुहुन्छ कि यसबाट रेडियो सुन्न र सामान्य फोटो खिच्न सक्नुहुन्छ । तर, इन्टरनेट र एप भने प्रयोग गर्न सकिँदैन ।

यी सेटहरु स्न १९९० को दशकमा प्रयोग भएका हेन्डसेट जस्ता छन् । वेष्टलाई दुई वर्षअघिको घटनाबाट यसअघिको स्मार्टफोन थन्काउने निर्णयमा पुगेकी थिइन् ।

जब उनले आफूले प्रयोग गरेको हेन्डसेट परिवर्तन गर्न खोजिरहेकी थिइन् त्योबेला ‘सेकेन्डहेन्ड सप’मा रहेको न्यून मूल्यको फोनले उनको मन तान्यो । उनले अहिले फ्रान्सेली कम्पनी मोबिवायरको ८ पाउन्ड पर्ने हेन्डसेट प्रयोग गरिरहेकी छिन् । यो हेन्डसेट प्रयोग गर्नुको प्रमुख कारण हो, ‘यसमा स्मार्टफोनको जस्तो सुविधा छैन र मासिक डेटा खपतबाट पैसा खर्च हुने चिन्ता लिनुपर्दैन ।

‘मैले ब्रिक फोन नकिन्दासम्म स्मार्टफोनले मेरो दैनिकीलाई कति धेरै लिइरहेको रहेछ भन्ने थाहा पाइएकी थिइन,’ वेष्टले भनिन्, ‘मसँग त्यो स्मार्टफोनमा थुप्रै सामाजिक सञ्जालका एपहरु थिए र मैले आफ्नो कामभन्दा धेरै फोनमा समय बिताउँथे ।’

लण्डन निवासी वेष्टले अहिले अर्को स्मार्टफोन किन्ने बारेमा सोच्न पनि सक्दिनन् । ‘म मेरो ब्रिक फोनबाट खुसी छु । यसले मलाई संकुचन गर्छ भन्ने लाग्दैन । म यसको प्रयोगलाई प्रोत्साहन गर्नेछु ।’

फिचर फोनको प्रयोग पुन शुरु भएको छ । सफ्टवेय कम्पनी एसइएमरसले गरेको अध्ययनअनुसार सन् २०१८ देखि २०२१ सम्म फिचर फोनको बारेमा गुगल सर्च गर्नेहरु ८९ प्रतिशतले वृद्धि भएका छन् ।

अहिले फिचर फोन बिक्री कति बढ्यो एकिन हुन सकेको छैन । तर, एक अध्ययनअनुसार गत वर्षमा एक अर्ब युनिट बिक्री भएको थियो । जब कि २०१९ मा ४० करोड युटि बिक्री भएको थियो ।

उक्त वर्ष विश्व बजारमा स्मार्टफोनको बिक्री हेर्ने हो भने १ अर्ब ४० करोड सेट बिक्री भएको थियो र यो सन् २०२० मा १२.५ प्रतिशतले बिक्री घटेको छ ।

एक अध्ययनअनुसार बेलायतमा सन् २०२१ मा बिक्री भएका १० मोबाइलमध्ये १ डम्पफोन अर्थात् फिचर फोन छन् ।

‘टिकटक भिडियोमा डम्पफोनको नोस्टालिजक भएको देखिन्छि,’ असविच डट कमका मोबाइल विज्ञ एरनेष्ट डोकु भन्छन्, ‘हामीमध्ये धेरैसँग डम्पफोन थियो र त्यो डम्पफोनकोको बारेमा आजभोलि नोष्टालजिक हुने प्राकृतिक कुरा हो ।’
उनकाअनुसार नोकिया ३३१० हेन्डसेट सन् २००० मा पहिलो पटक सार्वजनिक भएको थियो र सन् २०१७ मा पुनः सार्वजनिक गरियो । यो फोन सबैभन्दा धेरै बिक्री हुने मोबाइमध्ये पर्छ ।

‘नोकियाले ३३१० मोडललाई अहिलेका महंगा फोनको विकल्पका रुपमा ल्याइरहेको छ,’ उनले भने ।

डम्पफोनले फिचर र सुविधाका हिसाबले प्रिमियम एप्पल र सामसङ मोबाइल फोनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् तर ब्याट्रीको लाइफ र दैनिक ब्याट्री टिक्ने समयमा भने स्मार्टफोनमा भन्दा महत्वपूण हुनसक्ने उनी बताउँछन् ।

मनोविज्ञान विज्ञ पे्रजेमेक ओलेज्निकजाकले ब्याट्री लामो समय टिक्ने भएकाले पाँच वर्षअघि आफ्नो स्मार्टफोनसँग नोकिया ३३१० साटेका थिए र केही समयपछि फिचर फोनबाट अन्य धेरै कुरा पनि फाइदा रहेको अनुभव गरे ।

‘पहिला म मेरो फोनमा धेरै समय बिताउँथे, विभिन्न कुरा हेर्ने र चेक गर्ने गर्थें, फेसबुक हेर्ने र आवश्यक नभएको कुरामा पनि समय बिताउँथें,’ उनी भन्छन्, ‘अहिले मेरो परिवार र मेरो आफ्नै लागि धेरै समय उपलब्ध भएको छ । अरुले मेरो व्यक्तिगत जीवन अरुसँग सेयर गर्ने, भन्ने, मेरो बारे टिप्पणी गर्ने मौका पाएका छैनन् । मैले पाएको सबैभन्दा राम्रो फाइदा यही हो । अहिले मसँग मेरो निजी जीवन छ ।’

पोल्याण्डमा बस्ने ओलेज्निकजाकका अनुसार शुरुवाति चरणमा स्मार्टफोनबाट फिचरफोनमा जान अप्ठारो पर्नसक्छ । ‘पहिला जब म यात्रामा हुन्थे त्योबेला स्मार्टफोनबाट रेष्टुरेष्टहरु हेर्न सक्थें । अहिले डम्पफोनबाट यो सम्भव छैन । त्यसैले रेष्टुरेनट खोज्ने, लोकेसन थाहा पाउने काम म घरमै गर्छु । अहिले म डम्पफोनमा अव्यस्त भएको छु ।’

लाइट फोन न्युयोर्कमा रहेको डम्पफोन उत्पादन गर्ने एक कम्पनी हो । यो कम्पनीले उत्पादन गर्ने डम्पफोनमा अलिकति चलाखी गरेर संगित सुन्न, पोष्टकाष्ट सुन्न र ब्युटुथ प्रयोग गर्न सक्ने बनाएको छ । यो कम्पनीले भनेको छ, ‘हामीले हाम्रा फोनमा सामाजिक सञ्जाल, क्लिकवाइट न्युज, इमेल, इन्टरनेट सञ्चालन र अन्य सुविधाहरु भने उपलब्ध गराउने छैनौं ।’

कम्पनीका अनुसार सन् २०२१ आर्थिक कारोबारको लागि सबैभन्दा राम्रो वर्ष बनेको छ । यो वर्ष सन् २०२० को तुलनामा १५० प्रतिशतले व्यापार बढेको छ । यही वर्ष डम्पफोनको मूल्य पनि बढेको छ । जसको शुरुवातको मूल्य ९९ डलर रहेको छ ।

लाइट फोनका सहसंस्थापक काइवेइ टाङका डम्पफोन उत्पादन गर्नुको उद्देश्य स्मार्फफोन चलाइरहेकाहरुले पनि दोस्रो मोबाइलको रुपमा प्रयोग गर्ने छन् भन्ने थियो । जस्तो कि स्मार्टफोनबाट दिक्क भएको समय वा हप्तान्तको समयमा डम्पफोन प्रयोग गर्न सक्छन् भनेर उनीहरुले यो फोन उत्पादन गरेका थिए । तर, अहिले कम्पनीका आधा ग्राहकले डम्पफोनलाई पहिलो फोनको रुपमा प्रयोग गरिरहेका छन् ।

‘यदि एलियनहरु पृथ्विमा आए भने मोबाइल फोन मानव जातीलाई नियन्त्रण गर्ने शक्तिशाली प्रजाति रहेछ भनेर सोच्नेछन्,’ उनी भन्छन्, ‘यो अझ रोकिने छैन र झन् खबरा हुँदैछ । उपभोक्ताले केही खराब भइरहेको छ भनेर अनुभव गर्दैछन् । त्यसैले हामीले विकल्प दिन चाहन्छौं ।’

टाङका अनुसार अझ अचम्मको कुरा त के छ भने डम्पफोन प्रयोग गर्ने उपभोक्ताहरु २५ देखि ३५ वर्ष उमेरका छन् । यस्ता फोन प्रयोग गर्ने अझ उमेर भएका हुनसक्छन् भनेर उनले साचेका थिए ।

अक्सफोर्ड विश्वविद्यालयका प्रविधि विज्ञ प्रोफेसनर सान्ड्रा वाचरका अनुसार अहिले उपभोक्ताहरुले साधारण मोबाइल खोज्न थालेका छन् ।

‘स्मार्टफोनबाट फोन गर्ने र म्यासेज पठाउने भन्ने कुरा खासै हुन्दैन,’ उनले भनिन्, ‘तपाईंको स्मार्टफोन भनेको तपाईंको मनोरञ्जनको केन्द्र हो, नयाँ समाचार उत्पादक हो, नयाँ कुरा पत्ता लगाउने वस्तु हो, तपाईंको दैनिकी हो, शब्दकोष हो र तपाईंको वालेट हो ।’

उनका अनुसार स्मार्टफोनले नोटिफिकेसन, अपडेट, ब्रेकिङ समाचारले सधै तपाईंको ध्यान तान्न र हस्तक्षेप गर्न चाहन्छ । ‘यसले तपाईंलाई उद्देश्यबाट टाढा लैजान्छ र अप्ठारो वा नर्भस बनाउन सक्छ । यो तपाईंको लागि धेरै भारी पर्न सक्छ ।’

प्रोफेसर वाचर थप्छन्, ‘उपभोक्ताहरु साधारण प्रविधि खोजिरहेका छन् र उनीहरुले आफ्नो समय फिर्ता लिन डम्पफोन विकल्प हुनसक्छ भन्ने सोचिरहेका छन् । कुनै एक काम ध्यान दिएर गर्न यसले पूर्ण समय दिनसक्छ । यसले मान्छेलाई शान्त बनाउन सक्छ । धेरै विकल्पहरु हुँदा मान्छेका दुख बढ्न सक्ने अध्ययनले देखाएको छ ।’

अब फेरि लन्डल नै फर्किऊँ, रोविन वेष्टका अनुसार उनले रोजेको मोबाइलबाट धेरै मान्छेहरु हैरान भएका छन् । ‘सबै जनाले यो अस्थायी रोजाइमात्र हो भनेर सोचिरहेका छन् । धेरैले सोधिरहेका छन, ‘नयाँ स्मार्टफोन कहिले किन्छौं ? यो हप्ता त किन्छौं होला नी ?’- बीबीसी


क्लिकमान्डु