लकडाउनले पनि रोकेन बिवाइडीको बिजनेशलाई, ७ अर्ब डलर सम्पत्ति जोडे बिवाइडी मालिक वाङले



काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमणले विश्वकै कैयन कम्पनीहरुले मिहिनौं बन्द भए । लकडाउनको कारण चीनमा काराखाना रहेका अधिकांस कम्पनीले आफ्नो कारखाना पूर्णरुपमा बन्द गर्नुपर्यो ।

लकडाउनले सबै कम्पनीलाई असर गरिरहँदा चिनियाका विद्युतीय कार उत्पादक कम्पनी बिवाइडीलाई खासै असर गरेन । कोभिडका कारण चीनले लगाएको लकडाउनले उसलाई असर नगरेको मात्र होइन, यसैबेला यसअघिको भन्दा बलियो अवस्थामा पुग्यो बिवाइडी ।

मार्चदेखि यता बिवाइडीको स्टक ९० प्रतिशतले बढेको छ र अहिलेसम्मकै सबैभन्दा धेरै व्यापार पनि गर्न सफल भयो । जसले गर्दा बिवाइडीका मुख्य लगानीकर्ता वाङ चुआनफुले ७ बिलियन डलर (७ अर्ब डलर) सम्पत्ति जोड्न सफल भएका छन् ।

वारेन बफेटलाई सहसंस्थापकको रुपमा पाएको बिवाइडीका मुख्य लगानीकर्ता वाङको कुल सम्पत्ति २७ बिलियन डलर पुग्दै चीनको पाँचौं धनी व्यक्ति बन्न सफल भएका छन् । उनी सन् २०१७ पछि चीनको धनी व्यक्तिको सूचिमा सबैभन्दा माथिल्लो स्थापनमा पुगेका छन् । उनी अलिबाबाका सहसंस्थापक ज्याक माभन्दा एकतह माथि उक्लेका छन् । २६.३ बिलियन डलर सम्पत्ति जोड्दै ज्याक मा चीनको ६ औ धनी व्यक्तिका रुपमा छन् ।

१७.६ प्रतिशत सेयर लिएका ५६ वर्षिय वाङको बिवाइडीले यसको व्यवसाय विस्तार र सप्लाइ चेनमा कोरोना संक्रमणमा सामान्य मात्र असर गर्यो । जबकी, यही बेलामा बिवाइडीको प्रतिस्पर्धी कम्पनी टेस्लाका मुख्य लगानीकर्ता एलन मस्कले चीनको कारखानालाई लकडाउनभरी बन्द गरे । त्यहीबेला वाङको बिवाइडीले भने चाङशा र शेन्जेङमा उत्पादन निरन्तरता दिए ।

यसका साथै बिवाइडीसँग विशेष बिजनेस मोडल पनि छ । अन्य धेरै कम्पनीहरुले गाडी निर्माणको लागि चाहिने विभिन्न पार्टस् पुर्जाहरु बाहिरी आउटसोर्सबाट लिन्छन् । जस्तो कि बिएमडब्लु, गीली, टेस्लाजस्ता कम्पीले आफूलाई चाहिने ब्याट्री कन्टेम्पोरी एमपेरेक्स टेक्नोलोजीबाट लिन्छन् । अन्य पार्टस् अन्य कम्पनीबाट लिन्छन् । तर, बिवाईडीले भने चिप र व्याट्री आफै उत्पादन गर्छ ।

संघाइमा रहेका अटोमेटिभ फोरसाइट कन्सल्टेन्सी कम्पनीका प्रबन्ध निर्देशक याल झाङका अनुसार बिवाइडीले आफूलाई चाहिने पार्टस् पुर्जामध्ये ९० प्रतिशत आफैं उत्पादन गर्छ । यसले गर्दा कम्पनीको सप्लाइ र लजिष्टिकमा सहयोग भएको छ ।

संघाइमा भएको लकडाउनका बापजुत पनि चीनभरीबाट बिवाइडी गाडीको अर्डर भइरहेको छ । सीएमबी इन्टरनेसनल सेक्युरिटिजका प्रबन्ध निर्देशक शि जीले अप्रिलसम्म गरेको अध्ययनअनुसार चीनको गाडी बिक्री ५.५ मिलियन युनिट पुगेको छ । जुन सन् २०२१ मा ३.५ मिलियन युनिट थियो ।

‘चीनमा रहेको अटो कम्पनीमध्ये लकडाउनबाट सबैभन्दा कम प्रभावित भएको कम्पनी हो बिवाइडी,’ झाङ भन्छन्, ‘यसले लकडाउन भएको संघाइबाट सामान ल्याउनु पर्दैनथ्यो र धेरै सामान आफैं उत्पादन गर्यो ।’

यसै कारणले गर्दा यो वर्षको पहिलो ६ महिनामा बिवाइडीले ६ लाख ४१ हजार ३५० युनिट गाडी बिक्री गर्न सफल भयो । यो गत वर्षको सोही अवधिको तुलनामा ३१५ प्रतिशतले धेरै हो । बिवाइडीले विश्वको ठूलो विद्युतीय गाडी उत्पादक कम्पनी टेस्ला ।

चीनमा भएको लकडाउनका कारण यो वर्षको पहिलो ६ महिनामा बिक्री कम भएको बताएको टेस्लाले यस अवधिमा ५ लाख ६४ हजार ७ सय ४३ गाडी बेचेको छ । जसलाई बिवाइडीले सजिल्लो उछिन्न सफल भएको छ ।

मार्चदेखि यता चिनिया कम्पनीको मार्केट क्यापिटलाइजेसन ९० प्रतिशतले बढेको छ । जसले यसको मार्केट क्यापिटलाइजेसन १५० बिलियन डलर पुगेको छ । जुन चीनका केही कम्पनीलेमात्र प्राप्त गर्न सकेका छन् ।

बिवाइडीले वाङबाहेक उनका आफन्त र कम्पनीका उपाध्यक्ष लु सियाङगयाङलाई पनि २१.४ बिलियन डलरको मालिक बनाउन सफल भएको छ । साथै, बिवाइडी निर्देशक सिया जुओक्युनको सम्पत्ति पनि ४.८ बिलियन डलर पुगेको छ । बिवाइडीमा वारेन वफेटको कम्पनीले ब्रकशिर हाथवे ७.७ प्रतिशत सेयर रहेको छ ।

अब लकडाउन सकिएर बजार बिस्तार खुलिरहेको छ । यस अवस्थामा अन्य कम्पनीहरुले पनि बजार विस्तार गर्दै बिवाइडीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

‘प्रतिस्पर्धीले उत्पादन गर्न नसकेपछि बिवाइडीले यसको फाइदा लिनु स्वभाविकै हो,’ सांघाइमा रहेको कन्सल्टेन्सी ओलिभर वाइम्यानका झाङ जुन्इ भन्छन्, ‘अब वातावरण सहज भएपछि बिवाइडीले आफ्नो पहिलो स्थान सुरक्षित राख्न ठूलो कसरत गर्नुपर्छ ।’


क्लिकमान्डु