क्रिप्टोक्वीनः के यिनै महिलासँग छ विश्वको सबैभन्दा धेरै बिटक्वाइन ?



क्रिप्टोकरेन्सीको बजारमा देखिएको उथलपुथलका क्रममा बीबीसीलाई प्राप्त कैयन फाइल अध्ययन गर्दा के सम्भावना देखिन्छ भने एक अप्रत्याशित बिटक्वाइन लगानीकर्ता, सम्पर्कबिहीन क्रिप्टोक्वीन, डा. रुजा इग्रातोवाको भाग्य पनि डुबेको छ ।

यी ठग सन् २०१७ मा त्यो समयमा सम्पर्कबिहीन भइन जब उनको क्रिप्टोकरेन्सी वनक्वाइन चरम शिखरमा थियो । र, त्यसमा लगानीकर्ताहरुले अर्बौ रुपैयाँ लगानी गरेका थिए ।

धोखाधडी तथा सम्पत्ति शुद्धिकरणको आरोपका कारण उनी अमेरिकी जासुसी एजेन्सी एफबीआईको १० शीर्ष भगौडामध्ये एक बनिन् ।

अक्सफोर्डमा अध्ययन गरेकी यी उद्यमीले आफ्ना लगानीकर्तासँग आफूले बिटक्वाइनलाई ‘किलर’ बनाएको बताएकी थिइन् । तर, प्राप्त फाइलमा के पत्ता लागेको छ भने उनले बेपत्ता हुनुअघि गोप्यरुपमा आफ्नो प्रतिद्वन्द्वी करेन्सीमा अर्बौ रुपैयाँ जम्मा गरिसकेकी थिइन् ।

यसबारेमा पहिलो पटक सन् २०२१ मा जानकारी प्राप्त भएको थियो । जब दुबईको एक अदालतको दस्तावेजलाई एक अधिवक्ताले पोस्ट गरेका थिए । जसमा डा. रुजालाई ‘इतिहासको सफल अपराधी’ बताइएको थियो ।

एक नयाँ पुस्तक तथा बीबीसी पोडकास्टमा प्रशारित हुने एक एपिसोड ‘द मिसिङ क्रिप्टोक्वीन’मा कि डा. रुजा कहाँ लुकेकी छन् र उनले कसरी क्रिप्टो जम्मा गरिन् भन्ने विषयमा खोज गरिएको थियो ।

द दुबई फाइल
बीबीसीले दुबई फाइलबाट केही जानकारीलाई स्वतन्त्ररुपले पुष्टि गर्नमा सफलता प्राप्त गरेको थियो ।

कम्तीमा पनि यो ‘लिक’ले के संकेत दिन्थ्यो भने दुबई डा. रुजाका लागि एक महत्वपूर्ण वित्तीय बाटो थियो । यतिसम्म कि एफबीआईले डा. रुजासँग सम्बन्ध जोडिएको हुनसक्ने सम्भावित पाँच देशमध्ये संयुक्त अरब इमिरेट्स पनि थियो ।

फाइलहरुलाई अनलाइनमा पोस्ट गर्ने डा. जोनथन लेवी भन्छन्, ‘यहाँ सैकडौं मिलियन डलर दाउमा लगाइएको हुनसक्छ ।’

यी दाबी ब्रिटिस हिन्द महासागर क्षेत्रको सर्वोच्च अदालतमा राखिएको थियो । यसलाई त्यहाँ राख्नुको पछाडि तर्क समेत दिइएको थियो कि- कथित रुपबाट वन क्वाइनको उपयोग गरिने वेव डोमेनको होस्ट गर्दै आएको छ ।

डा. लेवीले एक अज्ञात व्यक्तिबाट हजारौं दस्तावेज प्राप्त भएका थिए । जसमा अधिकांश अरबी थिए । ती व्यक्तिका अनुसार दुबईमा मानिसहरुलाई ‘गलत तरिकाले समृद्ध’ बनाउने क्रम जारी छ ।

बिटक्वाइन डिल
डा. लेवीको कानूनी केसमा सबैभन्दा ठूलो दाबी के गरिएको थियो भने,– एक धनी बिजनेश टाइकुनको छोरा इमिरेट्सको शाही शेख सउद बिन फैसल अफ कास्सिमीसँग ठूलो बिटक्वाइन सम्झौता भएको छ ।

फाइलमा सन् २०१५ मा शेख सउदले डा. रुजालाई चार यूएसबी भएको मेमरी स्टिक पनि दिएका थिए । जुन तत्कालीन समयमा ४८.३ मिलिलयन यूरो बराबरका २ लाख ३० हजार बिटक्वाइन दिइएको दाबी समेत गरिएको थियो ।

यसको बदलामा डा. रुजाले मशरेक बैंकको तीन चेक शेर सउदलाई दिएका थिए । जसमा २१० मिलियन इमिरेट्स दिराम अर्थात् ५० मिलियन यूरो बराबरको रकम थियो ।

यो कथित डिलभन्दा अघि दुबईको मशरेक बैंकले डा. रुजाको खातालाई सम्पत्ति शुद्धिकरणको आशंकमा बन्द गरिएको थियो । जसका कारण ती चेकको भुक्तानी हुन सकेन ।

यी तथ्यका कारण एक वर्षभन्दा धेरै समयपहिले अमेरिकी न्याय विभागले डा. रुजामाथि आरोप लगाएको थियो । साथै वन क्वाइनलाई धोखाधडी वाला क्रिप्टोकरेन्सी भनिएको थियो । सन् २०२० मा दुबईका अधिकारीहरुले डा. रुजामाथिको रोक समेत हटाएका थिए ।

यो फैसला हुनुभन्दा एक महिनाअघि डा. रुजाका पूर्वफण्ड म्यानेजर मार्क स्कटलाई पनि न्यूयोर्कमा वन क्वाइनको ४०० मिलियन डलरको शुद्धिकरण गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

यस फैसलाबारे सोधिएको बीबीसीको प्रश्नबारे दुबईका पब्लिक प्रोसिक्यूटरका तर्फबाट भने कुनै पनि जवाफ प्राप्त भएन ।

दुबई कोर्ट अफ अफिलको रेकर्ड अनुसार २०२२ अप्रिल २८ मा डा. रुजाको फण्ड उनलाई नै जिम्मा दिनका लागि शेख सउदले माग गरेका थिए । उनले आफूसँग डा. रुजासँग कुनै सम्झौता भएको संकेत गरेका थिए । यस मामिलामा डा. रुजा प्रतिवादी हुन् । जबकी करिब ५ वर्षदेखि उनलाई कसैले पनि देखेको छैन ।

डा. रुजा र शेख
शेख सउदका बारेमा निकै कम जानकारी सार्वजनिक छ । तर स्रोतहरुका अनुसार छोटो कद र खँदिलो ज्यान भएका शेख बडी बिल्डिङमा सौख राख्छन् र सार्वजनिक जीवनमा निकै कम मात्रै देखिन्छन् ।

उनी द इन्टर गभर्नमेन्टल कोलाबेरेटिभ एक्सन फन्ड फर एक्सिलेन्स (आइसीएएफई) नामक एक संस्था जुन शिक्षाको क्षेत्रमा काम गर्ने दाबी गर्छ उसले पोस्ट गरेको एक युट्युव भिडियोमा देखिएका थिए । तर जब दुई फाइल जारी गरियो, तब शेख अल कास्मिसीलाई आईसीएएफई सेक्रेटरीको जानकारी वेवसाइटबाट हटाइएको थियो ।

हालै लञ्च गरिएको एक क्रिप्टोकरेन्सीमा पनि शेखलाई अध्यक्षका रुपमा चित्रण गरिएको छ । लिक भएको दुबई फाइलका अनुसार कुनै समय अल कास्सिमीको परिवार तथा डा. रुजाबीच घनिष्ठ सम्बन्ध रहेको देखिन्छ ।

सन् २०१५ सेप्टेम्बर ३ मा दुबईको मशरेक बैंकले डा. रुजालाई लिखित सूचना दिँदै उनका निजी खाता बन्द गर्ने जानकारी दिएको थियो ।

११ दिनपछि एक अमेरिकी अदालतलाई एक इमेल प्राप्त भयो जसमा डा. रुजाले वन क्वाइनको आफ्नो एक सहयोगलाई मशरेक बैंकबाट ५० मिलियन यूरो ट्रान्सफर गर्नका लागि लेखिएको थियो । उनले त्यसमा अघिल्लो साता दुबईमा एक शेखसँग भेटघाटको जानकारी पनि समावेश गरिएको थियो । उनले लेखेका थिए कि- ‘आफ्नो फाइदाका लागि केही प्रयास पनि गरिनेछ ।’

डा. रुजाको योजना कसैसँग भेट गर्ने थियो । तर भेट भयो वा भएन यसबारेमा जानकारी छैन । किनभने फाइलमा एक अर्को कथा पनि छ । जुन फाइलमा संकेत गरिएको थियो ।

फाइलमा प्राप्त तस्बिरमा प्राप्त भएको थियो जसमा सन् २०१५ को अक्टोबर ८ तारिख उल्लेख थियो । तर त्यो तस्बिर कहाँ खिचिएको थियो जानकारी छैन । तस्बिरमा रुजा, शेख सउदका पिता शेख फैसलको छेउमा उभिएका छन् ।

अल कास्सिमी परिवार शाहजहाका शासक हुन् । जुन दुबई तथा अल खैमाह (आरएके)को सीमासँग जोडिएको छ ।

बीबीसीले शेखर फैसलसँग उनको परिवार तथा डा. रुजासँगको सम्बन्धका बारेमा जानकारी प्राप्त गर्न खोजे पनि कुनै जवाफ प्राप्त भने भएन ।

राजनीतिक आईडीको राज
उक्त फाइलमा एक राजनीतिक आईडी पनि प्राप्त भएको थियो । जसमा रुजाको नाम आईसीएएफईको विशेष सल्लाहकारका रुपमा जारी गरिएको थियो । यो त्यही संस्था थियो जसको वरिष्ठ अधिकारीमा रुपमा कुनै समय शेख सउदको पनि सम्बन्ध थियो ।

यो संस्था संयुक्त राष्ट्रसँग जोडिएको पत्ता लाग्छ । तर संयुक्त राष्ट्रका महासचिवका प्रवक्तासँग भने यसको सम्बन्ध संयुक्त राष्ट्रसँग जोडिएका कुनै पनि रेकर्ड भने छैन ।

यद्यपि यसका सहसंस्थापक शहरियार रहिमीका अनुसार आईसीएएफई यूएनसँग रजिष्ट्रर्ड छ तर त्यसको प्रमाण भने दिन सकेनन् ।

डा. रुजाका बारेमा उनको भनाइ अनुसार आईसीएएफईको दस्तावेज शेख सउदबाट आएको थियो ।

डा. रुजासँगको बिटक्वाइन डिल भएको केही समयपछि दुईबीचको सम्बन्धमा समस्या उत्पन्न भएको थियो । लिक फाइलमा प्राप्त एक पत्र अनुसार शेख सउदले डा. रुजालाई आईसीएएफईको राजदूतको भूमिकाबाट बर्खास्त गरेका थिए । यो डा. रुजाको सम्पत्ति कानूनी विवादमा फस्नुभन्दा अघिको घटना थियो ।

दुईजनाबीच यस विषयको अन्त्य दुबईको कोर्ट अफ अफिलमा २८ जुनमा भएको थियो ।

डा. रुजासँग अब कति रकम हुन सक्छ ?
कथित बिटक्वाइन सम्झौता, डा. रुजासँग उनको सम्बन्ध तथा आईसीएएफईमा उनको भूमिका बारेमा सोधिएको प्रश्नमा शेख सउदका वकिलले सिधा उत्तर दिएनन् । तर के लेखे भने, ‘तपाईंसँग जुन जानकारी छ त्यो जानकारीमा कुनै आधार छैन ।’

कथित बिटक्वाइन सम्झौता ‘कोल्ड स्टोरेज वालेट’लाई प्रयोग गरी गरिएको थियो । जसबाट वास्तवमा के भएको थियो भन्ने जानकारी पत्ता लगाउन निकै गाह्रो भएको छ ।

बिटक्वाइनको लेनदेनका विषयमा धेरै जसो पत्ता लाग्छ । किनभने यो वालेटका बीच भर्चुअल करेन्सीका सबै ट्रान्सफरहरु सार्वजनिकरुपमा देख्न सकिने डाटाबेसमा रेकर्ड राखिन्छ ।

यद्यपि अदालती दस्तावेजमा यसबारेमा कुनै विवरण छैन कि यी बिटक्वाइट कुन वा कति मात्रामा वालेटमा जम्मा गरिएको छ ।

यदि यो पनि डा. रुजासँग नै छ भने उनका लागि यति ठूलो संख्यामा बिटक्वाइन ट्रान्सफरक गर्न निकै गाह्रो हुन्छ ।

क्रिप्टोका लेखल डेविड बर्चलाई के लाग्छ भने बिटक्वाइन गुमनाम करेन्सी होइन किनभने सरकारी एजेन्सीहरु विटक्वाइनको बहावलाई ट्रयाक गर्नका लागि निकै शक्तिशाली एल्गोरिदमको प्रयोग गरिरहेका छन् ।

उनका अनुसार केही बिलियन डलरबाट छुटकारा पाउनु सोचभन्दा निकै गाह्रो विषय हो ।

यदि डा. रुजासँग अझै पनि २ लाख ३० हजार बिटक्वाइन छ भने उनी बिटक्वाइटको सबैभन्दा ठूलो मालिक हुन् । सन् २०२१ मा बिटक्वाइनमा उनको हिस्सेदारी १५ बिलियन डलरसम्म पुगेको थियो । तर यो लेख लेखिनेसम्म यो घटेर ५ बिलियन डलरमा आएको छ । र, यो रकम उनी लुकिराख्नका लागि अझै पनि धेरै हो ।- बीबीसी


क्लिकमान्डु