अर्थतन्त्र सुधारको लागि साना किसान सवल बनाउन जोड



काठमाडौं । कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा पूर्वगर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।

किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको भनाई थियो ।

ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई संगसंगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानहरुलाई उद्यमसंग जोड्नुपर्ने बताए ।

नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उहाँले यसका लाभग्राही साना किसानहरुनै रहेको बताए ।

नेपालका ५ सय ४० वटा स्थानीयतहमा पहुँच विस्तार गरेको यस लघु वित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत डा। कोइरालले आर्थिक सामाजिक रुपान्तरणसंगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको बताए ।

सरकार र साझेदारसंस्थाहरुसंगको सहकार्यले यस संस्थाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारी रपमा अगाडि बढाउन समेत सहयोग पुगेको बताए ।

लघुवित्तको २१ औँ स्थापना दिवसका अवसरमा साना किसान विकास अभियानमा सहयोग पु¥याउनुहुने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दिका मानबहादुर खड्का लाई सम्मान गरेको थियो ।

यसैगरी वित्तीय संस्थाले राष्ट्रियस्तरमा संस्थाका रुपमा साना किसान कृषि सहकारी संस्था लि। रघुनाथपुर धनुषालाई पुरस्कृत गरेको छ । यसैगरी इलाका कार्यालय बनेपा अन्र्तगत उत्कृष्ठ संस्थाका रुपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी संस्था पुस्कृत भएको छ ।

सर्वोत्कृष्ट इलाका कार्यालयका रुपमा नेपालगञ्ज कार्यालयलाई पुरस्कृत गरिएको छ ।

साना किसान विकास आयोजनाका रुपमा २०३२ सालदेखी कृषि विकास बैंक मार्फत सुरु भएको साना किसान विकास कार्यक्रम विक्रम संवत २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो ।
अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा साना किसान सहकारीहरुलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा १ हजार २ सय ९१ वटा सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ ।
यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५ सय ४० स्थानीयतहसम्म पुगेको छ ।
१० लाख भन्दा बढि घरपरिवारमा ८१ अरबको कारोवार रहेको अहिलेको अवस्थामा सहकारीहरुमा ७९ प्रतिशत महिला सहभागिता रहेको छ ।


क्लिकमान्डु