संकटमा भारतीय स्टार्टअप, फण्डको कमीले युनिकर्न पार्टी हुन छाड्योः ५ हजारले जागिर गुमाए
जितेन्द्र शर्माले गतवर्ष भारतमा निकै आक्रामक ढंगले अगाडि बढेको स्टार्टअपले चारगुणा बढी तलब दिएर प्रोडक्ट इन्जिनियरको रुपमा जागिर दिएको थियो । शर्मा आवद्ध भएको ८ महिनापछि कम्पनीले फन्डिङ रोकिएको भन्दै रोजगारी कटौती गर्ने निर्णय लियो
। शर्मा सहित उनका साथीहरुले आक्रामक ढंगले अगाडि बढेको स्टार्टअपबाट जागिर गुमाए । ‘२०२१ मा इन्जिनियरहरूको माग बढ्यो र यी नयाँ कम्पनीहरूले प्याकेज निकै आकर्षक प्रस्ताव पेश गरेका थिए, स्टार्टअपहरु आक्रामक रूपमा विस्तार गर्न चाहेका थिए,’ शर्माले भने ।
शर्माले स्टार्टअपमा जागिर सुरु गर्ने बेला उनका बुवा कम्पनीको स्थायित्वको विषयलाई लिएर आश्वस्त थिएनन् ।
यद्यपी जितेन्द्र भने कम्पनीले करोडौं रुपैयाँ उठाएको हुँदा यसको स्थायित्व र दिएको प्याकेजले निकै उत्साहित थिए । अहिले भने उनलाई आफ्ना बुवा निकै ठिक भएको लागेको छ ।
शर्मा भारतीय ति युवाहरुमा पर्छन् जसले स्टार्टअपबाट फन्डिङ अभावको कारण जागिर गुमाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका नाम चलेका ठूला र मध्यम खालका स्टार्टअपले ५ हजारभन्दा बढी जागिर कटौती गरिसकेका छन् ।
भेन्चर क्यापिटल फर्म इन्डिया कोटिएट आनन्द लुनिया यो वर्ष स्टार्टअपबाट जागिर गुमाउनेको संख्या भारतमा अझै बढ्ने बताउँछन् । भारतीय स्टार्टअपले अहिले भोगेको समस्या फण्डको अभाव हो ।
फण्ड अभाव भएपछि स्टार्टअपले सञ्चालन खर्च बचाउनको कर्मचारीलाई जागिरबाट निकालेका छन् । विश्वव्यापी रुपमा बढेको महंगी र केन्द्रीय बैंकहरुले बढाएको ब्याजदरले भारतीय स्टार्टअपलाई अहिले फन्डिङको अभाव भएको छ । रुस र युक्रेनबीचको युद्धले विश्वमा अर्थतन्त्रमा निकै संकटको स्थितीमा ल्याएको छ । जसले मूल्यमा बृद्धि र ब्याजदर निकै बढेको छ ।
स्टार्टअप बजारको बारेमा अध्ययन गर्ने फर्म सिबी इनसाइटसका अनुसार सन् २०२२ मा को दोस्रो त्रैमासमा ३.६ अर्ब अमेरिकी डलर मात्र फन्डिङ पाएका छन् । अघिल्लो वर्ष सो समयमा १० अर्ब अमेरिकी डलर फन्डिङ मिलेको थियो । सन् २०२१ मा भारतीय स्टार्टअपले ३५ अर्ब डलरको फण्ड जुटाएका थिए ।
भारतमा सफल भनिएका पेटिएम र पोलिसी बजारको आइपीओपछि समेत फण्डको निकै कमी भएको छ । निकै सफल भनिएका पेटिएम र पोलिसी बजार आइपीओ निष्कासन गरेर सूचिकृत भएपछि उनीहरुको मूल्य निकै घट्यो । आइपीओको मूल्यभन्दा दोस्रो बजारमा अहिले पेटिएम तथा पोलिसी बजारको सेयर पाइन्छ ।
भारतीय स्टार्टअपमा ठूलो लगानी गरेको जापानको सफ्ट बैंकको सम्पत्ति पेटिएमको आइपीओसँगै घट्यो । पेटिएममा सफ्ट बैंकले १ अर्ब ४० करोड डलरको लगानी गरेको थियो । सफ्ट बैंकका सीइओ मायायोशीले यो वर्ष अघिल्लो वर्षको तुलनामा एक चौथाई मात्र लगानी गर्ने बताएका थिए । सफ्ट बैंकले भारतीय स्टार्टअपमा मात्र १४ अर्ब अमेरिकी डलर लगानी गरेको छ ।
भारतीय स्टार्टअपहरु युनिकर्नमा १ अर्ब अमेरिकी डलरको भ्यालुएसन भएको कम्पनी पुगेपछि गर्ने सक्सेस पार्टीहरु अहिले बन्द भएका छन् । भारतमा अहिले १४ हजारवटा स्टार्टअप छन् । जसमा १०० वटा स्टार्टअप युनिर्कन बनेका छन् । युनिकर्न बनेका १०० वटा स्टार्टअपमा २३ वटामात्र नाफामा छन् । बाँकी स्टार्टअपहरुको अहिलेको भ्यालुएसन १ अर्ब डलरभन्दा कम हुने देखिन्छ ।