७ प्रदेशले ल्याए ३ खर्ब बढीको बजेट, यस्ता छन् योजना



काठमाडौं । बुधबार ७ वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेका छन् ।

सात वटा प्रदेशले कुल ३ खर्ब ५ अर्ब ४६ करोड ५७ लाख ७४ हजार रुपैयाँको बनेट सार्वजनिक गरेका छन् । जुन चालु आवको तुलनामा १६.६४ प्रतिशतले बढी हो । चालु आवका लागि प्रदेशहरुले २ खर्ब ६१ अर्ब ८६ करोड ६७ लाख ७५ हजार रुपैयाँ बजेट बिनियोजन गरेका थिए ।

प्रदेश सरकारहरुले प्रदेश अनुसार ३२ अर्ब रुपैयाँदेखि ७० अर्ब रुपैयाँसम्म बजेट बिनियोजन गरेका छन् ।

जसमा सबैभन्दा कम बजेट कर्णाली प्रदेशले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट सार्वजजिक गरेको छ भने सबैभन्दा बढी बागमती प्रदेश सरकारले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

त्यसैगरी प्रदेश नम्बर १ ले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ, मधेश प्रदेश नम्बर २ ले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० लाख ९० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ र सुदुरपश्चिम सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

कर्णाली प्रदेशको बजेट घट्यो
चालु आवको तुलनामा आगामी आवका लागि कर्र्णाली प्रदेशले बजेट घटाएको छ । कर्णाली प्रदेशले चालु आवका लागि कुल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बजेट बिनियोजन गरेकोमा आगामी आवका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रदेश नम्बर १

कुल बिनियोजन बजेटमध्ये स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ र संघीय अनुदान बचत फिर्ता २ अर्बै रुपैयाँ रहेको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च स्रोतमध्ये प्रदेशको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ९ अर्ब ८२ लाख रुपैयाँ, ससर्त अनुदानमा ८ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ, समपुरक अनुदान ९२ करोड रुपैयाँ, विशेष अनुदान ४७ करोड ५० लाख रुपैयाँ गरी राजस्व तथा वित्तीय अनुदानबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च बेहोरिनेछ ।

बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख रुरुपैयाँ र वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख रुपैयाँ बेहोरिनेछ ।

मधेश प्रदेश

मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आगामी आवका लागि ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँ बारबरको बजेट पेश गरेका छन् ।

विनियोजन बजेटमध्ये चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार रुपैयाँ, र वित्तीय व्यवस्थापनतर्फ १६ करोड ६४ लाख ५६ हजार २ सय रुपैयाँ खर्च गरिनेछ ।

साथै, बजेट स्रोतमध्ये आन्तरिक स्रोतको राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार रुपैयाँ, कोषमा रहेको सञ्चिति रकम ३८ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँट वापतप्राप्त हुने ११ अर्ब ६१ करोड ५८ लाख रुपैयाँ, समानिकरण अनुदान वापतप्राप्त अनुदान ७ अर्ब ८१ करोड ५८ लाख र चालु आवको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रुपैयाँ रहनेछ ।

विशेष अनुदानबाट ४९ करोड रुपैयाँ र समपुरक अनुदानबाट ७८ करोड रुपैयाँ तथा ससर्त अनुदानबाट १० अर्ब ६ करोड ५१ लाख र युनिसेफबाट प्राप्त अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी ४५ अर्ब ४ करोड ८९ लाख २८ हजार व्यहोर्दा १ अर्ब ८२ करोड १० लाख १८ हजार २ सय न्यून देखिएको छ । उक्त न्यून रकम पूर्ती गर्न आन्तरिक ऋण परिचलान गरिनेछ ।

बागमती प्रदेश

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मरकट्टेलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेका छन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख रुपैयाँ, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड २७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

विनियोजन गरेको बजेटको खर्च बेहोर्ने स्रोतमा राजस्वबाट २६ अर्ब ९७ करोड ११ लाख रुपैयाँ , अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख रुपैयाँ , संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख रुपैयाँ र चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोष बचत र अन्य स्रोतबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ छ ।

गण्डकी प्रदेश


गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद दाहालले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेश गरेका छन् ।

बजेटमा चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख ५४ हजार रुपैयाँ र पुँजीगततर्फ २३२ अर्ब १४ करोड १ लाख ४६ हजार रुपैयाँ छ्ट्याइएको छ । साथै, वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट छ्ट्याइएको छ ।

साथै, स्थानीय वित्तीय हस्तान्तरणबाट १० लाख रुपैयाँ र सञ्चिति कोषबाट १ करोड ८८ लाख ३८ हजार रुपैयाँ छुट्याइएको छ ।

त्यसैगरी स्रोततर्फ सरकारबाट प्राप्त हुने वित्तीय सामरिकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ, राजस्व बाँडफाँटतर्फ ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, ससर्त अनुदानबाट ६ अर्ब ९१ करोड ८३ लाख रुपैयाँबाट जुटाइने छ । समपुरक अनुदान ८३ करोड ७० लाख रुपैयाँ, विशेष अनुदानबाट ८६ करोड रुपैयाँ जुटाइने छ ।

साथै, प्रदेशको आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड १६ लाख रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ३२ करोड रुपैयाँ र १ अर्ब सरकार र १ अर्ब रुपैयाँ आन्तरिक ऋण लिइनेछ ।

लुम्बिनी प्रदेश

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रस्तुत गरेको बजेटमा कुल बिनियोजित बजेटमध्ये चालुतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

साथै, पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ बिनियोजन गरिएको छ । वित्तीय समानिकरण अनुदान, समपूरक अनुदान ससर्त अनुदान र विशेष अनुदानमार्फत् स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

साथै, बजेटका स्रोतमध्ये आन्तरिक राजस्वबाट ३ अर्ब १० करोड ५९ लाख रुपैयाँ, संघ र स्थानीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट १५ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने ससर्त अनुदानबाट ८ अर्ब ७१ करोड २२ लाख रुपैयाँ, समपूरक अनुदानबाट ७३ करोड ९० लाख रुपैयाँ, विशेष अनुदानबाट ४८ करोड ३५ लाख रुपैयाँ, चालु आर्थिक वर्षको बचतबाट ४ अर्ब रुपैयाँ रहने र आन्तरिक ऋणबाट १ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट पेश गरेका छन् ।

कुल बजेटमध्ये चालु खर्चको लागि ९ अर्ब १६ करोड ९९ करोड १० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

त्यस्तै, पुँजीगतर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ बिनियोजन गरिएको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैया छुट्याइएको छ ।

आगामी आर्थिक वर्षको खर्चमध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार उडाउने लक्ष्य राखिएको छ । त्यस्तै, चालु आर्थिक वर्षको खर्च नभइ बचत हुने अनुमानित रकम ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार रुपैयाँ हुनेछ ।

त्यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाटवापत प्राप्त हुने रकम ९ अर्ब २ करोड २० लाख रुपैयाँ छ । वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको रकम १० अर्ब ७२ करोड ६४ लाख र ससर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ र संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदानबाट १ अर्ब रुपैयाँ प्राप्त हुनेछ ।

सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रशाक रावलले अगामी आर्थिक वर्ष २०७९/८० लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रूपैयाँको बजेट पेश गरेका छन् ।

कुल बिनियोजित बजेटमध्ये चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार रूपैयाँ, पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रूपैयाँ छुट्याइएको छ ।

बप्रदेश सरकारले अन्त सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४० लाख रूपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रूपैयाँ हुने गरी व्यवस्था मिलाएको छ ।

आन्तरिक राजस्व परिचालनबाट २ अर्ब रूपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ६० करोड ५१ लाख रूपैयाँ, संघीय रोयल्टी भई प्राप्त हुने ४ करोड ९३ लाख २८ हजार रूपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ९ अर्ब ७५ लाख रूपैयाँ र चालु आर्थिक वर्षको विनियोजनबाट हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु