१ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्नेहरुको निगरानी गरिने



काठमाडौं । घरजग्गा व्यवसायीहरुले एक करोड रुपैयाँभन्दा बढीको घर जग्गा कारोबार गर्नेहरुको जानकारी बुझाउनु पर्ने भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले जारी गरेको निर्देशन अनुसार सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा घरजग्गा खरिद बिक्री व्यवसायीहरुले उक्त जानकारी बुझाउनु पर्नेछ ।

निर्देशनअनुसार घरजग्गा खदिर बिक्रीको व्यवसाय गर्ने व्यवसायीहरुले समपत्ति शुद्धिकरण निवारण ऐनको व्यवस्था अनुसार तोकिएको ढाँचामा सम्बन्धित मालपोत कार्यालयमा र सीमा तथा शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईले तोकेको ढाँचा, माध्यम र समयमा बुझाउनुपर्नेछ ।

साथै समय समयमा विभागले वा विभागले तोकेको अधिकारीले सम्पत्ति शुद्धिकरण निवारण ऐन बमोजिम जोखिमका आधारमा घरजग्गा खरिद बिक्री व्यवसायीहरुको निरिक्षण तथा सुपरिवेक्षण र अनुगमन गर्नेछन् ।


क्लिकमान्डु