हिमालयन र एभरेष्ट इन्स्योरेन्सले मर्ज पछि ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ बाट कारोबार गर्ने



काठमाडौं । मर्जर पछि एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ नामबाट निर्जिवन व्यवसाय गर्ने भएका छन् ।

जसका लागि यी दुवै कम्पनीहरूले एकै दिन अर्थात असार २ गते विशेष साधारण सभा बोलाएका हुन् ।

हिमालयन जनरल इन्स्योरेन्सले एयरपोर्ट होटल, एयरपोर्ट काठमाडौंमा विशेष साधारण सभा बोलाएको छ । यस्तै, एभरेष्ट इन्स्योरेन्सले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीहरूले सो भभा बिहान ११ बजेदेखि शुरू हुने जनाएका छन् ।

दुवै इन्स्योरेन्सले एक आपसमा गाभ्ने÷गाभिने विशेष प्रस्ताव विशेष साधारण सभामार्फत अनुमोदन गर्दैछन् ।

दुई इन्स्योरेन्सको मर्जर सहमति अनुसार संस्था एक आपसमा १ः०.८५ अनुपातमा गाभिने भएका छन् ।

जस अनुसार हिमालयन जनरल इन्स्योरेन्सले ८५ रूपैयाँमा एभरेष्ट इन्स्योरेन्सलाई गाभ्ने भएको छ ।

सो बमोजिमको मर्ज अनुपातअनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने सेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ता जेबि राजभण्डारी एण्ड डिबिनस् चार्टड एकाउटेण्टस्द्धारा चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार पारेका हुन् । सभाले उक्त प्रतिवेदन पास गर्ने छ ।

एक आपसमा गाभिए पछि कम्पनीको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा रहने कम्पनीहरूले जनाएका छन् ।

एक आपसमा गाभिएपछि कम्पनीको केन्दि«य कार्यालय, बबरमहल, काठमाडौंमा रहने, मर्जर सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य भए गरेका सम्झौताहरूको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

दुवै संस्थाको चल, अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरिएका लेखापरिरीक्षक÷मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेतच पारित गर्ने छ ।

वैशाख २३ गते यी २ कम्पनीले मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर प्रक्रिया शुरू भएको दिन अर्थात वैशाख २३ गतेदेखि नै कम्पनीको सेयर कारोबार रोक्का छ ।

हिमालयन जनरलको १ अर्ब १७ करोड ३५ लाख रूपैयाँ चुक्ता पुँजी छ । एभरेष्ट इन्स्योरेन्सको १ अर्ब १८ करोड रूपैयाँ छ ।


क्लिकमान्डु