२० अर्ब लगानी गरेका प्लाष्टिक उद्योगी भन्छन्- बजार फर्किने आशमा छौं



काठमाडौं । काठमाडौं, भृकुटीमण्डपको ठूलो प्रदर्शनी हलमा जम्मा भएका छन्, देश र विदेशका दर्जनौं प्लाष्टिक उद्योगीहरु ।
बिहीबारदेखि शुरु भएको प्लाष्टिकका उत्पादनसम्बन्धी प्रदर्शनी ‘प्लाष्ट नेपाल’मा सहभागी भएका व्यवसायीले आफ्नो उत्पादनको बारेमा जानकारी गराइरहेका छन् ।

पहिलो दिन भएकाले अवलोकनकर्ताको धेरै घुँइचो छैन । शनिबारसम्म चल्ने प्रदर्शनीमा पूर्वदेखि पश्चिम र भारतका प्लाष्टिक उद्योगीको सहभागीता छ ।

कोरोना महामारी र त्यसपछि बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभाव जस्ता कारणले समग्र बजार सुस्ताएको छ । त्यसको सिधै असर परेको छ प्लाष्टिक उद्योगमा ।

मेलामा सहभागी भएका अधिकांसको भनाइ छ, ‘बजार सुस्ताएको छ, फर्किने आशामा छौं ।’ त्यस्तै, आशामा रहेका व्यक्ति हुन् नेपाटपका असिष्टटेन्ट मार्केटिङ म्यानेजर विश्वास ज्ञवाली ।

नेपाटप लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ब्रान्ड हो । यसले पीपीआर, सीभीसी, युपीभीसी पाइप, पानी ट्यांकी लगायतका ८ प्रकारका उत्पादनहरु रहेका छन् ।

कोरोनापछि निर्माण व्यवसाय सुस्ताएकाले निमार्ण सामग्रीको प्रयोग बढ्न नसकेको ज्ञवाली बताउँछन् ।
‘पहिलाको भन्दा १० प्रतिशत बजार घटेको छ,’ उनले भने, ‘आशा छ ४–५ महिनामा पुरानै अवस्थमा आउँछ होला ।’ बजार सुस्त हुनुमा कोरोनाको असरसँगै बैंकिङ प्रणालीमा देखिएको समस्या पनि रहेको उनको भनाइ ।

प्रदर्शनीमा सहभागी भएको अर्को कम्पनीले जानकी पोलिट्यांक, मोरङ । कम्पनीले पानी, पाइप, एचएम व्याग उत्पादन गर्छ ।
फ्याक्ट्र म्यानेजर विरेन्द्रकुमार खड्काले मुलुकभरको उद्योगको अवस्था बुझ्न र उद्योगको ब्रान्डिङ पनि होस् भनेर यस मेलामा सहभागी भएको उनले खड्काले बताए । ११ वर्षदेखि प्लाष्टिक उद्योग सञ्चालनमा रहेको जानकी आफैमा एक परिचित उद्योग हो ।

यस व्यवसायमा भने अहिले धेरै समस्याहरु देखिएको उनी बताउँछन् । ‘कोरोना महामारी, तरलताको अभाव, पेट्रोलीयम पदार्थको मूल्य निरन्तर वृद्धिले बजारमा ठूलो समस्या देखिएको छ,’ उनी भन्छन्, ‘मलाई त यो अहिल्यै समाधान होला जस्तो लाग्दैन ।’

भारतबाट नेपालमा प्लाष्टिक सामान निर्यात गर्ने अर्को कम्पनी हो कुल क्यापस् इन्ड्रष्ट्रि भारत । नेपालको बजारमा प्लाष्टिकका विभिन्न सामान निर्यात गरिरहेको यस कम्पनी यस्तो मेलामा पहिलो पटक सहभागी भएको छ ।

यस मेलामा सहभागी हुँदा धेरै उत्साह मिलेको कुल क्यापस्का अपरेसन हेड धीरज फार्मानियाले बताए । उनले नेपालमा पनि म्याुनफेक्चरिङ प्लान्ट लगायन उत्साह मिलेको उनको भनाइ छ । पहिलो पटक काठमाडौंमा आउँदा धेरै राम्रो प्रतिक्रिया मिलेको उनले बताए ।

‘शुरुवातको अवस्थामा नेपालमा सामान निर्यात गरिरहेको छौं,’ उनले भने, ‘भविष्यमा नेपालामा म्यानुफेक्चरिङ उद्योग सञ्चालन गर्ने सोँचमा छौैं ।’

उपभोक्तालाई सस्तो दरमा प्लाष्टिकका सामान उपलब्ध गराउन सरकारले कच्चा पर्दामा सहुलियत दिनु पर्ने ओमशिवम् पाइप एण्ड फिटिङका रिजिनल सेल्स म्यानेजर शीशंकर श्रेष्ठ बताउँछन् ।

यस कम्पनीले कुर्ची, बकेट, पाइपहरुदेखि प्लाष्टिकका हरेक सामानहरु ७ वर्षदेखि उत्पादन गरिरहेको छ ।
प्लाष्ट नेपाल फाउन्डेसनका उपाध्यक्ष तथा मेला संयोजक विवेक टाटेरले सुस्ताएको बजारलाई जागरुक बनाउन पनि यो मेला आयोजना गरेको बताए ।

प्लाष्ट नेपाल फाउन्डेसनका उपाध्यक्ष तथा मेला संयोजक विवेक टाटेर

‘व्यवसायमा धेरै समस्या छन् तर हामी सधै आशावादी छौं,’ उनले भने, ‘अहिले अप्ठारो परिस्थिति भए पनि मेलाले धेरै उत्साह थप्ने छ ।’

तरलताको समस्या, कच्चा पदार्थको मूल्य वृद्धिको समस्या, कोरोना महामारी जस्ता कारणले बजार सुस्ताएको उनले बताए ।
सरकारले प्लाष्टिक उद्योगलाई सघाउने नीति ल्याउनु पर्ने उनको माग छ । सरकारले भर्खर ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रिय र स्थानीय उद्योगलाई सघाउने भनेको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनले जोड दिए ।

अहिले प्लाष्टिकको कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार छ । तर तयारी वस्तु आयातमा भने ४ प्रतिशतसम्म भन्सार रहेकाले यसलाई परिवर्तन गर्नुपर्ने उनको माग छ ।

‘यस्तो मिसम्याच नीतिले स्थानीय उद्योगलाई प्रवद्र्धन गर्न सकिदैन,’ उनले भने, ‘जबसम्म सरकारले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दैन यो उद्योग फस्टाउँदैन ।’

नेपालमा प्लाष्टिक उत्पादनको लागि कच्चा पदार्थ भारतबाट आयात हुन्छ । उनका अनुसार वार्षिक वार्षिक ३ लाख मेट्रिकटन कच्चा नेपाल आयात हुन्छ ।

ठूलो मात्रामा आयात भइरहेको भए पनि कतिपय प्लाष्टिक सामान उत्पादनमा नेपाल आत्मनिर्भर रहेको उनले बताए । मेडिलक सामाग्री र स्पेसलाइज प्रोडक्ट बारिहबाट आइरहेका छन् भने प्लाकेजिङ, सिमेन्टको बोरा, काद्यान्नको बोरा निर्यात, पाइपहरु नेपालमै उत्पादन भइरहेका छन् ।

पाइप उत्पादनमा नेपाल आत्मनिर्भर भएको तर भारतबाट पनि आयात गरिरहेको उनको बनाइ थियो ।

नेपालमा व्यवस्थित, अव्यवस्थित, साना, मझौला, ठूला गरेर एक हजार उद्योग रहेको उनी बताउँछन् । नेपालमा प्लाष्टिकको बजार ७० अर्बदेखि ७५ अर्ब रुपैयाँसम्म रहेको र यस उद्योगमा २० अर्ब रुपैयाँ लगानी भएको उनले बताए ।

टाटेरले १२ वर्षदेखि विशाल प्लाटक्याब इन्ड्रष्ट्रिज सञ्चालन गर्छन । उनले पाइप र केवलसम्बन्धी धेरै उत्पादन गर्छन । आफ्ना उत्पादनहरु प्रोजेक्टमा राम्रो सप्लाइ भइरहेको र रिटेलमा पनि विस्तार भइरहेको बताए । जस्तो कि केयुकेल, मेलम्चीका पाइन, नेपाल टेलिकमको लागि चाहिने सामग्रीहरु टाटेरकै कम्पनीले उपलब्ध गराउँछ ।

प्लाष्ट नेपाल फाउन्डेसनको आयोजना गरेको यो मेला तेस्रो संस्करण हो । १०३ स्टल रहेको मेला शनिबारसम्म चल्ने छ । जसमध्ये ५८ स्टल भारतीय कम्पनीहरुका रहेका छन् । प्लाष्टिकको उपयोगिताको बारेमा जानकारी गराउन उद्देश्यले यो मेला आयोजना गरिउको उनले बताए । गरिएको उनले बताए । नेपालको औद्योगिकरण गर्न धेरै सहयोगी बनेको छ ।

रिकभर, रिसाइकल र रियुज भन्ने थिममा यो मेला भइरहेको उनले जनकारी दिए । प्लाष्ट नेपालमा फाउन्डेसमा भने ६४ सदस्य छन् ।


क्लिकमान्डु