यो वर्षभरी १२८ दिन विदा, कुन महिनामा कति ?



काठमाडौं । यो वर्ष समग्रमा १२८ दिन विदा हुने भएको छ । सरकारले तोके अनुसार विभिन्न चाडपर्वमा दिइने विदा, शनिबार र आइतबार गरी कुल १२८ दिन विदा हुनेछ ।

सरकारले यसअघि नै सूचना जारी गरेर विभिन्न क्षेत्रका आधारमा १०२ दिनको विदाको घोषणा गरिसकेको छ । त्यस्तै, आगामी जेठ महिनादेखि प्रत्येक आइतबार पनि विदा दिने निर्णय गरेको छ ।

उक्त निर्णयसँगै देशभर यो वर्ष १२८ दिन विदा हुनेछ । त्यसमा पनि धर्म, समूदाय र पेशाको आधारमा पछि छुट्टै विदा हुनेछ ।

यहाँ जसमा शनिबार र आइतबार क्रमशः ५२ र ४१ दिन विदा हुनेछ । त्यसबाहेक पर्व विदा १६ दिन, महिलाका कर्मचारीका लागि २ दिन, शिक्षण संस्थाका लागि १ दिन, जात्रा विदा ४ दिन हुनेछ ।

साथै, दशैं विदा ५ दिन, तिहार विदा ३ दिन, दिवस विदा ५ दिन र जन्म जयन्ती १ दिन विदा रहेको छ । साथै, त्यसबाहेक धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्रै ४ दिन विदा रहेको छ ।

साथै, जन्य जयन्तीको विदामा सम्बन्धित धर्मालम्बीहरूका लागि कात्तिक २२ गते, कात्तिक २५ गते र मंसिर १७ गते भने अपाङ्गता भएका कर्मचारीहरूका लािग अन्तर्राष्ट्रिय अपाङ्गता दिवस रहेको छ । सो दिन शनिबार रहेको छ ।

जसमा वैशाखमा ५ वटा शनिबारसहित नव वर्ष र विश्व मजदुर दिवसको अवसर गरी ७ दिनको विदा भएको छ ।

जेठबाट भने आइतबार, शनिबार र गणतन्त्र दिन गरेर १० दिन विदा हुनेछ । त्यसैगरी, असारमा ९ दिन, साउनमा १० दिन, भदौमा ११ दिन, असोजमा १७ दिन, कात्तिकमा १५ दिन, मंसिरमा ९ दिन, पुसमा १० दिन, माघमा ९ दिन, फागुनमा १२ दिन र चैतमा ८ दिन विदा हुने भएको छ ।

राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने दिवसहरूमा भने ४ वटा दिवस रहेको छ । साथै, विदेशस्थित नेपाली नियोयहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदाहरूलाईसमेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक विदा आफैले व्यवास्थापन तथा समायोजन गर्न सक्नेछ ।


क्लिकमान्डु