अधिकांश फाइनान्स कम्पनीको नाफा घट्यो, बेष्ट फाइनान्सको नाफा ११४.४९% ले बढ्यो



काठमाडौं । फाइनान्स कम्पनीहरूको नाफा घटेको छ । चालु आवको तेस्रो त्रैमासको अवधिमा अधिकांश कम्पनीको नाफा प्रभावित भएको हो ।

१५ वटा फाइनान्स कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार यस अवधिमा यी फाइनान्स कम्पनीहरूले ९३ करोड रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् ।

चालु आवको तेस्रो त्रैमासको अवधिमा यी कम्पनीहरूले ९३ करोड ९० लाख ८२ हजार रूपैयाँ खुद नाफा नाफा कमाएका हुन् ।

वित्तीय विवरण सार्वजनिक गरेका १५ फाइनान्स कम्पनीमध्ये जानकी फाइनान्स, नेपाल फाइनान्स र वेष्ट फाइनान्सबाहेक अरू सबै फाइनान्सको नाफामा प्रभावित भएको हो ।

१५ फाइनान्स कम्पनीमध्ये यी ३ फाइनान्स कम्पनीको मात्रै गत आवको यसै अवधिको तुलनमा नाफा बढेको हो ।

१५ कम्पनीमध्ये सर्वाधिक नाफा वेष्ट फाइनान्सले कमाएको छ । यस अवधिमा फाइनान्सले १५ करोड २६ लाख ९४ हजार रूपैयाँ नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ११४.४९ प्रतिशतले धेरै हो ।

गत आवको यसै अवधिमा कम्पनीले ७ करोड ११ लाख ९० हजार रूपैयाँमात्रै नाफा कमाएको थियो ।

यस अवधिमा नेपाल फाइनान्सले गत आवको तुलनामा खुद नाफा ८१६.१४ प्रतिशतले बढाएर ३२ करोड रूपैयाँ पुर्याएको छ । गत आवको यसै अवधिमा फाइनान्सले ३५ लाख रूपैयाँ मात्रै खुद नाफा कमाएकोे थियो ।

जानकी, फाइनान्सको नाफा २५५.६८ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमासको अवधिमा कम्पनीले ५ करोड २४ लाख ८४ हजार रूपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १ करोड ४७ लाख ५६ हजार रूपैयाँ नाफा कमाएको थियो ।

मल्टिपर्पज फाइनान्सको नाफा सर्वाधिक घट्यो

चालु आवको तेस्रो त्रैमासको अवधिमा सर्वाधिक नाफा मल्टीपर्पज फाइनान्सको नाफा घटेको छ । गत आवको यसै अवधिको तुलनामा फाइनान्सको नाफामा ८३.३८ प्रतिशतको गिरावट आएको छ ।

यस अवधिमा कम्पनीले ५० लाख ७ हजार रूपैयाँमात्रै खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ३० लाख ५३ हजार रूपैयाँ नाफा कमाको थियो ।

गत आवको यसै अवधिमा ३७ करोड ५१ लाख ६६ हजार रूपैयाँ नाफ कमाएको मञ्जु श्रीको नाफा घटेर ११ करोड ३० लाख ३६ हजार रूपैयाँमा सीमित भएको हो ।

यस्तै, गोखार्ज फाइनान्सको नाफा ६५.३२ प्रतिशतले घटेर ४ करोड ४९ लाख २९ हजार रूपैयाँमा सीमित भएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी मञ्जुश्री फाइनान्सको रहेको छ । यसको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रूपैयाँ पुगेको छ ।

आइसीएफसी, रिलायन्स र पोखरा फाइनान्सको चुक्ता पुँजी पनि १ अर्ब रुपैयाँमाथि छ । अरू फाइनान्सको पुँजी भने अर्ब रुपैयाँभन्दा कम छ ।

चैत मसान्तसम्ममा सबैभन्दा धेरै जगेडा कोष गुडविल फाइनान्सको रहेको छ । गुडविलको जगेडा कोष ९६ करोड ८० लाख ९१ हजार रूपैयाँ पुगेको छ ।


क्लिकमान्डु