सांघाईको लकडाउनले हङकङका बन्दरगाहमा चर्को ट्राफिक जाम, विश्वभर आपूर्ति प्रणालीमा असर



चीन । पछिल्ला ४० दिनदेखि चीनको आर्थिक केन्द्र सांघाईमा कडा खालको लकडाउन गरिएको छ । त्यो कहिले खुल्छ भन्ने बारेमा चिनियाँ सरकार र त्यहाँको महानगरपालिकाले केही बताएको छैन । कोरोनाको तेस्रो भ्यारियन्ट ओमिक्रोनका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ ।

औद्योगिक क्षेत्रमा सबैभन्दा बढी असर परेको छ । गोदामहरु भरिएका छन् । तर, निर्यात हुन सकेको छैन । उत्पादित माल वस्तु निर्यात हुन नसकेपछि त्यसको प्रभाव विश्व बजारमा समेत देखिन थालेको छ ।

औद्योगिक क्षेत्रलाई चलायमान बनाउन गरिएको प्रयासले सार्थकता पाउन सकेको छैन । बन्दरगाहहरुमा माल बहाक पानी जहाज राख्ने स्थानको अभाव भएको छ । तर, कोरोना नियन्त्रणमा गरिएको शुन्य सहनशिलताका कारण चीनको अर्थतन्त्रमा ठूलो प्रभाव परेको छ ।

आर्थिक वृद्धिदरमा नै असर पर्ने आशयका समाचार सार्वजनिक भएका छन् । अमेरिकी सेयर बजारमा समेत त्यसको प्रभाव परेको छ । रसिया र युक्रेनबीचको संघर्षका कारण विश्व अर्थतन्त्र आफैंमा समस्यामा परेको बेला कोरोनाका कारण झनै समस्यामा परेको छ ।

रुस युक्रेन युद्धमा रुसको पक्षमा लागेको भन्दै अन्तर्राष्ट्रिय सेयर बजारबाट चिनियाँ कम्पनीहरुमाथि लगानीकर्ताको विश्वास टुटेको भन्ने आसयका समाचार समेत सार्वजनिक भएका छन् ।

अमेरिकी तथा पश्चिमा देशका लगानीकर्ताले लडाईलाई समर्थन गरेको आरोप लगाउँदै चिनियाँ कम्पनीको सेयर खरिदमा चासो नदेखाउँदा वा सेयर बजारमा प्रभावकारी उपस्थिती देखाउन नसक्दा बजार प्रभावित भएको छ ।

बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले कोरोना कहर, सेयर बजारमा परेको नकारात्मक असरका कारण जटिलता झनै बढेर गएको विवरण प्रकाशित गरेका छन् ।

चिनियाँ अखबारहरुमा भने त्यस्तो आसयको समाचार अटाएका छैनन् । उनीहरुले कोरोनाका कारण समस्या खडा भएको विषयलाई भने प्राथमिकताका साथ प्रकाशित गरेका छन् । साउथ चाइना मर्निङ पोष्ट र ग्लोबल टाइम्सले सांघाई, ग्वान्झाउलगायतका आर्थिक केन्द्रमा कोरोनाले पारेको असरका बारेमा महत्वका साथ समाचार सार्वजनकि गरेका छन् । पश्चिमा सञ्चार माध्यमले भने चीन उठ्नै नसक्ने गरी समस्यामा फसेको दावी गरेका छन् ।

कोरोनाबाट जनजीवन कहिले र कसरी सहज रुपमा फिर्ता हुन्छ भन्ने कुनै एकिन नभएको भन्दै ब्लूमवर्गलगायतले चीनको पछिल्लो अवस्थाको बारेमा तथ्य र तथ्यांकसहितको विवरण सार्वजनिक गरेको छ ।

सांघाईमा भएको लकडाउनले हङकङको औद्योगिक क्षेत्रमा समेत नराम्ररी प्रभावित पारेको छ । सामान निर्मातालाई उच्च लागत परेको , उत्पादनमा ढिलाइ भएको तथा बन्दरगाहहरुमा लामो लामो लाइनमा बस्नुपरेको जनाइएको छ । उक्त समस्याका आपूर्ति श्रृखलामा नै नकारात्म्क असर परेको छ ।
व्यवसायीले भने आफ्नो छोटो अवधिको दृष्टिकोणका साथ आफूलाई समायोजन गर्ने प्रयास गरेका छन् । समस्या भएपनि उनीहरुमा आशावाद भने उच्च रहेको चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले जनाएको छ ।

उनीहरु आशावादी छन कि आगामी हप्तामा अवस्था सामान्य हुनेछ र औद्योगिक क्षेत्र पुनः सामान्य रुपमा सञ्चालन हुनेछ भन्ने उनीहरुको भनाइ छ ।

लकडाउन कारण यातायात रोकिएको छैन, तर ढिलाइ भइरहेको छ । हङकङ लजिस्टिक डेभलपमेन्ट काउन्सिलका एक पूर्वसदस्य भन्छन्– रोकिनु र नरोकिनु भन्ने कुराको अर्थ रहन्न । हेर्दा सबै चलेको जस्तो देखिन्छ । तर, कोरोनाका कारण जताततै अवरोध मात्रै देखिन्छ । यसले व्यवसाय नराम्ररी प्रभावित भएको छ ।

सांघाईको लामो लकडाउनका कारण विश्वको सबैभन्दा व्यस्त कन्टेनर पोर्टमा ढुवानी सञ्चालनमा ढिलाइ गरेको छ । यो पोर्ट सहज हुन लामो समय लाग्ने बताइएको छ ।

हङकङका उत्पादकले सांघाईको कोरोनाभाइरस नियन्त्रणमा गरिएको लकडाउनका कारणले छोटो अवधिको पीडा सहनुपर्ला भन्ने आशा गरिरहेका छन् । व्यवसायी केही आशावादी छन् । सबै बन्दरगाहको गतिविधि पुनः मध्य मेदेखि पुनःसुरु हुने उनीहरुको भनाइ छ ।

केही व्यवसायहरूले लकडाउनकै अवधिमा पनि विशेष प्रणाली अन्तर्गत सांघाईमा उत्पादन पुनः शुरु गरेका छन् । जहाँ कामदारलाई साइटमा बस्न र बाहिरीहरूसँग शून्य सम्पर्क कायम राख्न आवश्यक निर्देशन दिइएको छ । कडा रणनीति अख्तियार गरिएको छ । कोरोनाका कारण शहरी क्षेत्रमा भएको मृत्युको संख्या र लक्षणात्मक घटनाहरू कम हुनुको साटो वृद्धि भएको साउथ चाइना मर्निङ पोष्टको समाचार विवरणमा जनाइएको छ ।

कूल २६ मिलियन बासिन्दा शहरभर नै गरिएको लकडाउन अप्रिल १ देखि प्रभावकारी बनाइएको थियो । अधिकारीहरूले अझै कडा उपायहरू अबलम्बन गर्न स्पष्ट समय सीमा दिन सकेका छैनन् ।

‘हामीले छोटो अवधिमा कम मात्रामा व्यापार गरिरहेका छौं,’ हङकङमा क्यापेसिटर निर्माता म्यान यु टेक्नोलोजीका प्रबन्ध निर्देशक र हङकङ युवा उद्योगी परिषद्का उपाध्यक्ष युजीन चानले भने ‘यदि मेको मध्यमा सञ्चालन सामान्यमा फर्कन सक्छ भने, हामी जुन र डिसेम्बरको बीचमा क्याच–अप खेल्न सक्छौ ।’

खाद्य सुरक्षाको डर बढ्दै जाँदा चीनले बीउ उद्योगलाई पुनरुत्थान गर्न थप कदम चालेको छ । सांघाईबाट देखिएको प्रभावले जियाङ्सु प्रान्तका नान्टोङ र वुसी सहरहरूमा रहेका कारखानालाई असर गरेको छ ।

उनले भने कि कम्पनीले आफ्नो उत्पादन समय तालिका फेरबदल गर्नुपरेको छ । कुन परियोजनाहरू पहिले जाने भन्ने निर्णय गर्नुपरेको छ । तिनीहरूले समयमै निश्चित भागहरू पाउन नसक्ने हुन सक्छ ।

ढुवानीको अवधिमा करिब १० देखि शतप्रतिशतसम्म लागत बृद्धिसँगै निर्माणकर्ताले उच्च सामुद्रिक लागत समेत समेटिएको छ ।

बीबीभीए रिसर्चका वरिष्ठ चिनियाँ अर्थशास्त्री डोङ जिन्युले भने ‘चीनको वित्तीय केन्द्र, एक प्रमुख उत्पादन र यातायात हबमा भएको तालाबन्दीले देश र विदेशको आपूर्ति–श्रृंखलामा अवरोध उत्पन्न भएको छ । सम्पूर्ण अर्थतन्त्रमा अपरिहार्य रूपमा प्रतिकूल असर पारेको छ ।’

डोङले भने कि ओमिक्रोनका कारण सांघाईको तालाबन्दीले यस वर्षको लागि चीनको आर्थिक वृद्धि लक्ष्य करिब ५.५ प्रतिशतको हाराहारीमा मात्रै प्राप्त हुने अनुमान गरिएको छ । सो लक्ष्य हासिल गर्न धेरै चुनौतीपूर्ण रहेको छ ।

चीनले आर्थिक दबाबलाई उधृत गर्दै सन् २०२२ मा जीडीपीमा ५.५ प्रतिशतको सामान्य वृद्धि गर्ने लक्ष्य राखेको छ ।

ग्लोबल रिटेलका क्षेत्रीय निर्देशक एवम् हङकङ उद्योग महासंघका एक सामान्य समिति सदस्यले उल्लेख गरे कि ठूलो संख्यामा उत्पादन सांघाईबाट निङ्बो वा शेन्जेनका अन्य बन्दरगाहहरूमा लैजानुपर्छ ।

त्यस्तै, जियाङ्सुको सुञ्झाउ र याङ्झाउमा रहेका उनका कारखानाहरूमा सञ्चालनमा असर परेको उनले बताए । सोही कारण स्विजरल्याण्डमा प्लास्टिक ह्याङ्गर हुकजस्ता सामग्रीको पुर्याउन ढिलाइ भएको छ ।

उत्पादन बाहिर ल्याउन हामीलाई अझै दुई हप्ता लाग्छ, । सामानहरू आयात गर्न थप एक महिना लाग्छ, किनभने बन्दरगाह परिवर्तन गर्नु भनेको विभिन्न प्रकारका कागजी कार्यहरू पनि हुन्,’ उनले भने ।

एलियान्ज ट्रेडका एशिया–प्यासिफिक क्षेत्रका वरिष्ठ अर्थशास्त्री फ्रान्कोइस ह्वाङले चीनको औद्योगिक गतिविधिमा अचानक रोकले विश्वव्यापी उत्पादनमा, विशेष गरी इलेक्ट्रोनिक्स र अटोमोटिभ क्षेत्रहरूमा जोखिम उत्पन्न भएको छ ।

चिनियाँ बन्दरगाहमा भीड जम्मा भएको छ । विश्वव्यापी रुपमा ढुवानीमा २२ प्रतिशतले गिरावट आउने सम्भावना छ ।

हङकङ लजिस्टिक डेभलपमेन्ट काउन्सिलका पूर्व सदस्य एम्ब्रोस लिनले पनि सांघाईले निर्मातालाई जहाज, ट्रक र रेलहरू मार्फत आफ्ना उत्पादनहरू ढुवानी गर्नका लागि कार्गो–एकीकरण हबको रूपमा काम गरिरहेको छ ।

उदाहरणका लागि, रेलबाट ढुवानी गरिएका सामानहरू सांघाईमा सुरु भएर चेङ्दु, मध्य एशिया, साइबेरिया, पूर्वी यूरोप र पश्चिमी यूरोप हुँदै जान सक्छन् ।

लकडाउनको अवधिमा यातायात रोकिएको छैन, तर ढिलाइ भइरहेको छ । लिनले भने, भण्डारण लागत र गम्भीर ढुवानी ब्याकलगमा ठूलो वृद्धि हुन सक्छ । समस्या समाधानका लागि चालिएका सबै कदमहरु प्रभावकारी हुन सकेका छैनन् ।


क्लिकमान्डु