तपाईंको मोबाइल फोन चोरी भयो ? तत्काल गरिहाल्नुहोस्, यी ५ काम



काठमाडौं । प्रविधिका भएको विकासले मोबाइल फोनलाई नै सबै काम गर्न सक्ने बनाइदिएको छ । विभिन्न सेवा लिन, त्यसको भुक्तानी गर्न तथा अध्ययन, अध्यापन लगायत सबै कामका लागि मोबाइल अनिवार्य र अपरिहार्य आवश्यकता बनेको छ । मानिसलाई खान नभए बरु केही क्षण रहन सक्ने तर मोबाइल बिनाएक क्षण पनि रहन नसक्ने बनाइदिएको छ ।

तर, त्यही तपाईको सबैभन्दा प्रिय वस्तु हरायो भने पक्कै पनि तपाईंलाई राम्रो लाग्दैन । यो कोही कसैलाई पनि जुनसकुै बेला पनि हुनसक्छ । कुनै सार्वजनिक स्थानमा तपाईं केही कामका लागि पुग्नु भएको छ, कुनै मन परेको पिल्म हेर्दै हुनुहुन्छ वा टिकटक बनाइरहु भएको छ भने पनि तपाईंको फोन चोरी हुनसक्छ । केही समयपछि अचानक तपाईंको हात तपाईंको प्यान्टको अगाडिको खल्तीमा जान्छ नै ।

किनकी, तपाईंको सर्बप्रिय मोबाइल फोन तपाईंको गोजीमा छ वा छैन थाहा पाउन मन लागिरहन्छ । तपाईको फोन हरायो भयो तपाईको होश हवास उड्छ नै । संसारभर नै मोबाइल चोरीको घटना घटेको छैन, बरु बढेको छ । डरलाग्दो रुपमा मोबाइल चोरहरूले तपाईंको फोनलाई आँखा झिम्क्याउन नपाउँदै लुटेर लैजान सक्छन् । तपाईंको फोन चोरी भयो भने निजी कागजात र व्यक्तिगत डाटासमेत खतरामा पर्न जान्छ ।

त्यस्तै, नयाँ फोन खरिदका लागि धेरै पेसासमेत खर्च गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईं कसरी सुरक्षित रहने वा फोन कसरी सुरक्षित राख्ने भन्ने बारेमा चासो राख्नु आवश्यक छ । यदि तपाईको मोबाइल चोरी भएको छ भने हामी तपाईलाई केही यस्ता टिप्स दिइरहेका छौं । जसबाट तपाई थप क्षतिबाट बच्न सक्नुहुन्छ ।

१ तुरुन्तै आफ्नो मोबाइल ब्लक गर्नुहोस्

मोबाइल फोन हराइहाल्यो भने थाहा पाउनेबित्तिकै मोबाइल लक गर्नुहोस् । डिजिटल सेक्युरिटी विशेषज्ञ एमिलियो सिमोनी भन्छन् यदि तपाईको मोबाइल फोन चोरी भएको छ भने पहिलो कुरा तुरुन्तै उपकरण लक गर्नु पर्छ । फोन नेटवर्क अपरेटरलाई सम्पर्क गर्न र चिप रद्द गर्न अनुरोध गरहाल्नुहोस् । जसबाट तपाईको फोन कसैलाई पनि काम नलागोस् ।

२ आफ्नो एपको पासवर्ड परिवर्तन गर्नुहोस्

विशेषज्ञ सिमोनीको सुझाव छ कि मोबाइलमा रहेका सबै एपको पासवर्ड परिवर्तन गरिहाल्नुहोस् । अन्यथा, फोन चोरले तपाईंको व्यक्तिगत र अन्य महत्वपूर्ण जानकारीमा पहुँच राख्न सक्छ । बैंकिङ एपहरू सामान्यतया आफैंलाई प्रमाणित गर्दैनन् । तर इमेल, सामाजिक सञ्जालले प्रयोगकर्तालाई एसएमएस प्रमाणीकरण मार्फत पासवर्ड परिवर्तन गर्न अनुमति दिन्छ ।

केही एपले उपकरणको वेबसाइटहरूमा पासवर्ड परिवर्तन गर्न अनुमति दिन्छ । यसबाट तपाईले तुरुन्तै सबै कुरा परिवर्तन गर्न सक्नुहुन्छ । फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालका पासवर्ड सुरक्षा र लगइन सेक्सनमा गएर परिवर्तन गर्न सकिन्छ । तपाईंले व्यक्तिगत जानकारी सेक्सनमा गएर नयाँ पासवर्ड परिवर्तन गर्न सक्नुहुन्छ ।

३ तपाईंको बैंक र वित्तीय संस्थालाई सूचित गर्नुहोस्

यदि तपाईंको फोन चोरी भयो भने तुरुन्तै आफ्नो बैंक र अन्य वित्तीय संस्थाहरूलाई जानकारी गराउनुहोस् । यसबाट, बैंकहरूले तपाईंको फोनमा एप ब्लक गर्नेछन् । यदि अपराधीहरूले तपाईंको खाताबाट तेस्रो पक्षको खातामा पैसा ट्रान्सफर गर्दैछन भने त्यो पनि रोकिनेछ । यस प्रकारको सेवा प्रदान गर्न प्रत्येक बैंकको आफ्नै च्यानल हुन्छन् । सामान्यतया यो विषय बैंकको वेबसाइटमा पनि राखिएको हुन्छ । बैंकका अन्य फोन सम्पर्क पनि तपाईसँग सम्झनामा रहन सक्छ ।

४ आफ्नो साथी र परिवारलाई बताउनुहोस्

फोन चोरी भएमा परिवार र साथीलाई जानकारी गराउनु आवश्यक हुन्छ । किनभने अपराधीहरूले मेसेजिङ एप वा सामाजिक सञ्जालमा तपाईंका आफन्त र साथीहरूको सम्पर्कहरू फेला पार्न सक्छन र तिनीहरूलाई घोटालाको शिकार बनाउन सक्छन् । यसबाट जोगिनका लागि पनि साथीभाइलाई जानकारी गराउनु आवश्यक हुन्छ ।

५ प्रहरी उजुरी गर्नुहोस्

मोबाइल चोरी भएकोमा प्रहरीमा उजुरी गरिहाल्नुहोस् । तर, सहजै फोन फेला परेको उदाहरण भने छैन । यसबाट, तपाईसँग फोन चोरीको प्रमाण भने हुनेछ । तपाईलाई यो प्रमाण बैंक, बीमा कम्पनी र केहि अन्य ठाउँहरूमा पनि चाहिन्छ । धेरै पटक मोबाइल चोरी भएपछि त्यसमा रहेको आफ्नो परिचयसँग सम्बन्धित कागजात पनि चोरी हुने गरेको छ ।

पहिचानबिनाका कागजातका कारणले तपाईंले समस्याको सामना गर्न सक्नुहुन्न । प्रहरीले तपाईलाई सोधपुछ गर्न सक्छ । त्यसैले प्रहरीमा उजुरी दिन जरुरी छ । उजुरी दर्ता गरेपछि अपराधको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको हुन्छ । धेरैजसो फोन कहाँबाट चोरी हुन्छ भन्ने पनि प्रहरीले अनुमान लगाउन सक्छ । यसबाट उसले ती स्थानमा मानिसलाई सतर्क रहन सूचित गर्न सक्छ ।

(अन्तर्राष्ट्रिय प्रविधिका जानकार एमिलियो सिमोनीको सुझावका आधारमा तयार पारिएको सामग्री)


क्लिकमान्डु