श्रीलंकाद्वारा ५१ अर्ब डलर विदेशी ऋण नतिर्ने घोषणा



एजेन्सी । खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको श्रीलंकाले ५१ अर्ब डलर बराबरको विदेशी ऋण नतिर्ने भन्दै हात उठाएको छ । खाद्यान्न तथा इन्धनको माग पूरा गर्नका लागि श्रीलंकाले उक्त कठोर निर्णय लिएको हो ।

खासमा श्रीलंकामा फरेन एक्सचेञ्ज रिजर्भ खाली भइसकेको छ भने डलर निकै कम मात्र बचत छ । यदि श्रीलंकाले कर्जा चुक्ता गर्ने निर्णय गरेको भए उसका लागि खाद्यान्न र इन्धन खरिदका लागि पैसा हुँदैनथ्यो । र, अवस्था अझ नाजुक हुने थियो ।

श्रीलंकाको अर्थमन्त्रालयले मंगलबार जारी गरेको बयानमा पेमेन्ट डेट रिस्ट्रक्चर सबै सस्पेन्ड गरिएको छ ।

साथै इन्टरनेशनल मनिटरी फन्ड आइएफमफसँग प्याकेजका लागि सहयोग माग गरेको छ । जसका लागि उसले आईएमएफसँग वार्ता पनि अघि बढाएको छ । साथै त्यहाँको केन्द्रीयका गभर्नर नन्दलाल वीरसिन्धले कर्जा नतिर्ने विषयमा कुराकानी अघि बढाइरहेका छन् ।

श्रीलंकामा विदेशी मुद्रा सञ्चिति पछिल्लो महिना १६ प्रतिशतले घटेर १.९४ डलरमा झरेको थियो । जबकी सन् २०२२ मा ७ अर्ब डलर तिर्नुपर्ने ऋण मात्रै छ । अब श्रीलंकासँग आईएमएफसँग प्याकेज माग्ने विकल्प मात्रै छ । त्यहाँको सरकारले अप्रिल १८ मा सन् २०२३ डलर बन्डका लागि ३६ मिलियन डलर तथा सन् २०२८ बन्डका लागि ४२.२ मिलियन डलर ब्याज भुक्तानी गर्नुपर्नेछ । १ अर्ब डलर बराबरको सावरेन बन्ड २५ जुलाईमा म्याच्योर हुँदैछ ।

यतिबेला श्रीलंकामा महंगी दर २० प्रतिशतले बढिसकेको छ भने दैनिक १३ घण्टा लोडसेडिङ भइरहेको छ । यो श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएपछिको सबैभन्दा खराब अवस्था हो ।

अहिले श्रीलंकामा दुध पाउडरको मूल्य ३ हजार रुपैयाँ, एलपीजी ग्याँस ६५ सय रुपैयाँ र चिनी करिब ५ सय रुपैयाँ केजी पुगिसकेको छ । एक कप चियाका लागि १ सय श्रीलंकन मुद्रा खर्चनुपर्ने अवस्था आएको छ ।

श्रीलंकाको सबैभन्दा ठूलो आयको माध्यम पर्यटन हो । त्यहाँका करिब ५ लाख मानिसहरु पर्यटनमा निर्भर छन् । जबकी २० लाभन्दा बढी अप्रत्यक्षरुपमा पर्यटन क्षेत्रमा जोडिएका छन् । श्रीलंकाको जीडीपीमा पर्यटनको हिस्सा १० प्रतिशत छ । श्रीलंकाले पर्यटनबाट वार्षिक ५ अर्ब डलर विदेशी मुद्रा संकलन गर्छ । र, यो विदेशी मुद्रा आर्जनको तेस्रो ठूलो स्रोत हो । र, कोरोना महामारीपछि श्रीलंकामा पर्यटन क्षेत्र ठप्प जस्तै छ ।


क्लिकमान्डु