चीनमा फाइभजी नेटवर्कको २० लाख बेस स्टेशन जडान गरिँदै, छिट्टै ६ जी



एजेन्सी । नेपालमा चिनियाँ कम्पनीले नै जडान गरेको फोरजी नेटवर्कको काम प्रभावकारी नभएको चर्चा भइरहेको बेला चीनमा भने २० लाख वटा फाइभजी नेटवर्क जडान गरिने भएको छ ।

फाइभजी बेस स्टशेनले प्रभावकारी रुपमा सूचना तथा प्रसारणको क्षेत्रमा स्वामित्व ग्रहण गर्नेछ । विश्वको सबैभन्दा पछिल्लो नयाँ पुस्ताको मोबाइल नेटवर्क विस्तार हुँदा त्यसले सकारात्मक प्रभाव पर्नेछ । त्यसको आवश्यक तयारी पनि द्रुतत्तर गतिमा अगाडि बढेको छ ।

देशभर हाल ४२५ मिलियन बराबरका बेस स्टेशनहरू सञ्चालनमा छन् । त्यसले राष्ट्रव्यापी रुपमा ५०० मिलियन भन्दा बढी प्रयोगकर्ताहरूलाई एकसाथमा जोडेको छ ।

जबकि चीनको फाइभ जी मोबाइल नेटवर्क पहिले नै संसारको सबैभन्दा ठूलो छ । एमआईआईटीका प्रमुख सियाओ क्वासिङले बेस स्टेशनहरूको अवस्थित संख्या अझै पनि प्रयाप्त भने छैन ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार थप उन्नत खालको वायरलेस प्रणालीको विकासको लागि तयारी गर्दै देशको अर्को पुस्ताको मोबाइल सञ्जाल विस्तार गर्न यस वर्षमात्रै थप २० लाख फाइभजी बेस स्टेसनहरू जडान गर्न लागिएको छ ।

विश्वमा यस प्रकारको सबैभन्दा ठूलो नेटवर्क अन्य कुनै पनि देशमा नरहेको एमआईआईटीका प्रमुख सियाओ क्वासिङले पत्रकार सम्मेलनमा बताएका थिए ।

‘हामी अगाडि बढ्दैछौं । हामी बेस स्टेशन निर्माणमा हाम्रो प्रयासहरू अझै अगाडि बढाउनेछौं । हामीसँग अहिले जे छ त्यो पर्याप्त छैन’ एक लाइभ स्ट्रिम गरिएको कार्यक्रममा उनले भने, ‘सरकारले उन्नत प्रकारका अनुप्रयोगहरू अगाडि बढाएको छ । त्यसप्रति हाम्रो पूर्णरुपमा जिम्मेवारी छ । कामको आम रुपमा समर्थन पनि प्राप्त भएको छ ।

उनले फाइभ जी प्रविधिमा अनुसन्धान र विकासको लागि योजना र जग बसाल्दै जाने विश्वास व्यक्त गरे । फाइभजीमा चीनले आफ्नो नेतृत्व कायम राख्न प्रयास गर्ने संकेत समेत उनले गरेका छन् ।

अधिकांश मानिसहरूले फाइभ जीमा गरिएको प्राविधिक स्तरवृद्धिको रूपमा हेर्दा पनि अर्को महत्वपूर्ण सफलता मानेका छन् । पछिल्लो पुस्ताको वायरलेस प्रणाली चौथो औद्योगिक क्रान्तिको प्रमुख निर्माण ब्लक हुने अपेक्षा गरिएको छ ।

जसले परम्परागत उद्योगहरूको स्वचालनलाई गति दिनेछ । फाइभजीले २० गीगाबीट प्रतिसेकेन्डको पीक डाटा दर प्रदान गर्नेछ । यस्तै अधिकतम १०० मेगाबिट प्रतिसेकेन्डको भन्दा छिटो औसत प्रयोगकर्ता अनुभव प्राप्त गर्नेछ । फाइभ जीको काम भइरहको बेला चीनले ६ जी मोबाइल नेटवर्क टेक्नोलोजीमा पनि काम शुरु गरिसकेको छ ।

हाल फाइभजी धेरै देशहरुमा अगाडि बढीरहेको छ । त्यो भन्दा अगावै ६ जीको काम शुरु गरिएको छ ।

विश्वको सबैभन्दा ठूलो इन्टरनेट जनसंख्या र सबैभन्दा ठूलो स्मार्टफोन बजार भएको चीनले उद्योगमा सबैभन्दा ठूलो प्रगति गरेको छ । उसले असाध्यै धेरै र ठूलो मोबाइल पूर्वाधार निर्माण गरिसकेको छ ।

फाइभजी पूर्वाधार निर्माणको गतिलाई अगाडि बढाउनमा आइआइटीको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । त्यसले चीन कसरी अर्को पुस्ताको मोबाइल नेटवर्क विकासमा अमेरिकासँगको दौडमा निक्कै अगाडि छ भन्ने पनि प्रष्ट देखिन्छ ।

अमेरिकी व्यापार प्रतिबन्धहरूले प्रमुख दूरसञ्चार उपकरण निर्माताहरू हुवावे टेक्नोलोजिज र जेटिई कर्पलाई समस्यामा पारेको छ । अमेरिकी मोबाइल क्यारियरहरूलाई बिक्री गर्न रोकिएको छ । वाशिंगटनको आर्थिक सहयोगीहरूमा परेको दबाबले चिनियाँ आपूर्तिकर्ताहरूलाई युरोप र एशिया–प्रशान्तमा समस्या परेको छ । उनीहरुले ती कम्पनीका सामन समेत लिन अस्वीकार गरेका छन् ।

अझै पनि, प्रमुख सूचकहरूले प्रविधिको विकासमा चीनले प्रभुत्व जमाउने अनुमानहरूलाई समर्थन गरेको छ । हार्वर्ड विश्वविद्यालयको सार्वजनिक नीति संस्था हार्वर्ड केनेडी स्कूलको बेल्फर सेन्टर फर साइन्स एण्ड इन्टरनेशनल अफेयर्सले गत डिसेम्बरमा प्रकाशित गरेको रिपोर्ट अनुसार चीन हस्तक्षेपकारी रुपमा नै अगाडि बढेको छ ।

गत जनवरीमा, चिनियाँ राष्ट्रपति सी जिनपिङले फाइभजी कनेक्टिभिटी र राष्ट्रव्यापी डाटा व्यवस्थापनको आधारमा डिजिटल अर्थतन्त्रको आफ्नो दृष्टिकोण सार्वजनिक गरेका थिए । चीनको मन्त्रिपरिषदले सोही महिनामा नयाँ डिजिटल अर्थतन्त्र विकासको खाका प्रकाशित गरेको थियो । जसले ६ जी मोबाइल प्रविधिमा देशको लागि प्रमुख भूमिका रहने उल्लेख गरेको थियो ।

चीनको सबैभन्दा ठूलो वार्षिक राजनीतिक जमघटमा पनि विस्तारित फाइभजी नेटवर्क विकासको लागि पनि आह्वान गरेका थिए ।

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका प्रतिनिधि झोङ झाङडुईले रेलवे यातायातका लागि समर्पित एक एकीकृत फाइभजी मोबाइल फ्रिक्वेन्सी स्थापना गर्न सरकारलाई आग्रह गरेका थिए । उनले रेलहरूको लागि उन्नत र भरपर्दो सञ्चार पूर्वाधार स्थापना गर्ने प्रस्तावको एक हिस्साका रुपमा सो प्रणाली रहनुपर्ने उल्लेख गरेका थिए ।

वार्षिक राष्ट्रिय जन कांग्रेसको उद्घाटनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले फाइभजी लगायत मुख्य प्रविधिहरूमा नवीनता र शीघ्र सफलताहरूको लागी राष्ट्रको अभियान भएको बताएका थिए ।

उनले नेटवर्क अपरेटरहरू चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले २०१९ मा मुख्य भूमिमा आफ्नो व्यावसायिक भूमिकालाई थप विस्तार गर्न निर्देशनसमेत दिएका थिए ।


क्लिकमान्डु