रुसको अर्थ संकटलाई कुन अर्थमा सहयोग गर्न सक्छ चीन, स्वीफ्ट प्रकरणले कहाँ पुर्याउला ?



एजेन्सी । रुस र युक्रेन लडाईका कारण चौपट हुँदै गएको विश्व अर्थतन्त्रमा कसरी सहजता आउला भन्ने जिज्ञासा यतिबेला आमरुपमा देखिन्छ । अमेरिका र पश्चिमाहरुले रुसलाई विश्वव्यापी भुक्तानी प्रणालीबाट कटाइदिएका छन् ।

रसियाली मुद्रा रुबलको मूल्यमा गिरावट आएको छ । आक्रमण शुरु भएको ७ दिन हुन लाग्दासम्म भने रुसले यूरोप निर्यात भइरहेको ग्यास पाइप लाइन भने रोकेको छैन । यदि रुसले यूरोप निर्यात भइरहेको ग्यास पाइपलाइन मात्रै रोकेको खण्डमा यूरोपमा ठूलो संकट उत्पन्न हुनेछ ।

किनकी, नेटो सम्वद्ध देश र यूरोपेली संघले रुसविरुद्ध अब थप कदम चालेको खण्डमा ग्यास पाइप लाइन नरोकिएला भन्न सकिदैन । ठूलो मात्रामा दैनिक ग्यास पाइपलाइनमार्फत् यूरोप पुग्ने गरेको छ ।

यूरोपको घर–घरमा जोडिएको ग्यास पाइप लाइन मात्रै काटिएको खण्डमा यूरोपेली संघसँग आवद्ध देशहरु चरम संकटमा पर्ने र त्यसले बाध्य भएर सम्झौतामा आउने अवस्था सिर्जना हुनसक्छ । संकट बढ्दै जाँदा यूरोपेली बजारमा इन्धनको मूल्यमा ठूलो मात्रामा वृद्धि हुनेछ ।

यद्यपि मंगलबार मात्रै अमेरिकाले ६० लाख ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ । इन्धनको मूल्य बढेर प्रतिब्यारेल १०२ अमेरिकी डलर पुगेको छ । विश्वव्यापीरुपमा इन्धनको मूल्य बढ्नुको कारण मध्येको प्रमुख रुस र युक्रेनको लडाई भए पनि साउदी अरबलगायतका तेल उत्पादक देशले गरेको दैनिक उत्खननको कटौतीले पनि काम गरेको छ ।

जसरी भएपनि अमेरिकाले यूरोप र एशायाली बजारलाई भन्दै थप ६० लाख ब्यारेल इन्धन रिलिज गरेपछि त्यसको कस्तो प्रभाव पर्ला भन्ने बारेमा अहिले नै केही बताउन सकिदैन ।

अब यहाँ प्रसंग अन्तर्राष्ट्रिय बैंकिङ कारोबारको स्वीफ्ट प्रकरणको पनि छ । युक्रेन आक्रमणपछि लागेको द्रुत प्रतिबन्धका कारण रूसी अर्थतन्त्रलाई संसारबाट कटाइएको भनेर पनि चित्रण गरिएको छ । अब त्यसको निरुपणका लागि रुसले के अब चीनको युआन भुक्तानी प्रणालीबाट जीवन रेखा प्राप्त गर्ला त भन्ने जिज्ञासा पनि उत्तिकै छ ।

मस्कोमाथि लागेका प्रतिबन्धहरूले चिनियाँ र रूसी भुक्तानी प्रणालीहरू बीचको जडान र लेनदेनको गति बढाउने सम्भावना छ त भन्ने आम चासो पनि जोडिएर आएको छ ।

तर चीनको केन्द्रीय बैंक र यसको रुसी समकक्षबीचको सहकार्यले चिनियाँ अर्थतन्त्रलाई धक्का दिन सक्छ वा सहज हुन्छ भन्ने बारेमा मस्को र बेइजिङको स्पष्ट धारणा सार्वजनिक भइसकेको छैन ।

चीनले स्वीफ्ट वित्तीय सन्देश प्रणालीबाट प्रतिबन्धित रूसी बैंकहरूलाई प्रतिबन्धहरू हटाउन सहयोग गर्ला ? वा के होला ? उत्तर सहज भने छैन ।

आफ्नै सीमापार भुक्तानी नेटवर्क प्रयोग गर्न चीनले अनुमति दिने सम्भावना छ कि छैन ? बेइजिङले त्यसलाई सकारात्मक रुपमा लिन्छ वा पश्चिमाले भने जस्तो त्यो विषय उक्साउने तर्क हो वा सही नै हो भन्ने बारेमा पनि केही भनिएको छैन ।

संयुक्त राज्य अमेरिका र युरोपेली संघको दण्डात्मक कारबाहीपछि विश्लेषकहरूको तर्क छ, मस्को र बेइजिङको विशेष सम्बन्ध भएका कारण खुलारुपमा वा लुकेरै भएपनि स्वीफ्ट प्रणाली नियमित रहन भने सक्छ ।

अमेरिका र यसका पश्चिमी सहयोगीहरूले युक्रेनमाथिको आक्रमण त्याग्न मस्कोलाई दबाब दिने उद्देश्यले प्रतिबन्धहरूको प्याकेजको रूपमा स्वीफ्टलाई चयन गरिएको बताइन्छ । उनीहरुले रुसी बैंकहरूलाई बहिष्कार गर्ने निर्णय समेत गरेका छन् ।

रुसलाई वित्तीय सन्देश प्रणालीबाट प्रतिबन्ध लगाउनुको अर्थ रुसी बैंकहरूले यसलाई विदेशी वित्तीय संस्थाहरूसँग भुक्तानी व्यवस्थित रुपमा गर्न प्रयोग गर्न सक्दैनन् भन्ने पनि हो ।

त्यसको नतिजाको रूपमा, विश्लेषकहरूले भनेका छन् कि चीनको सीमापार अन्तरबैंक भुक्तानी प्रणाली चीन र रुसबीचको व्यापार सम्झौताका लागि अझै महत्वपूर्ण हुन सक्ने दाबी पनि सार्वजनिक भएको छ ।

भुक्तानी पूर्वाधारको विकासमा संलग्न प्रमुख चिनियाँ कम्पनीहरूको सेयर यस हप्ताको शुरुमा रुसी बैंकहरू स्वीफ्ट प्रणालीबाट बुष्ट हुने समाचारमा जनाइएको थियो ।

चीनले आधिकारिकरूपमा रुससँगको व्यापारिक सम्बन्धमा यथास्थिति कायम राख्ने प्रयास गर्नेछ । चिनियाँ कानून संघका अनुसन्धान प्रमुख तथा पेकिङ विश्वविद्यालयका एक विद्वानले यसबारेमा अप्रत्यक्ष रुपमा आफ्नो धारणा राखेका छन् ।

‘जहाँसम्म हामीलाई थाहा छ कि स्वीफ्टका लागि तत्काल त्यो सम्बन्ध अस्थायी विकल्पको रुपमा आउने नै छ,’ उनले भने ।

बैंकिङ स्वीफ्ट बैंकिङ कारोबारका अन्तर्राष्ट्रिय प्रणालीमा निर्भर छ । तर यसमा स्वतन्त्ररूपमा सञ्चालन गर्ने क्षमता एवम् वित्तीय संस्थाबीचको आफ्नै प्रत्यक्ष सञ्चारलाइन पनि त्यसैमा जोडिएको छ ।

यद्यपि, रूसी बैंकहरूलाई वित्तीय सन्देश स्थानान्तरणका लागि आफ्नै प्रणाली वा अन्य जस्ता वैकल्पिक प्रणालीमा स्वीच गर्न यसले महत्वपूर्ण समय र तथा अन्य खर्च पनि हुनेछ । जसमा दुबैको प्रयोग गर्ने वित्तीय संस्थाहरू धेरै कम मात्रै छन् ।

यसबीचमा रूस र युक्रेनका अधिकारीले बेलारुसमा पहिलो चरणको वार्ता सम्पन्न गरेका छन् । सम्भवतः बुधबार दोस्रो चरणको वार्ता हुने बताइएको छ ।

यो ह्वाट्सएपमा भएको सूचना आदान प्रदान प्रणाली जस्तै छ । चीनको भनाइ आफू यसबाट अलग रहेको भन्ने नै छ । चीन यतिबेला वीच्याट प्रयोग गर्नुहोस भन्ने ठाँउमा चीन पुगेको छ ।

पश्चिमी देशहरूको दबाबले चिनियाँ र रूसी भुक्तानी प्रणालीहरू बीचको सम्बन्धलाई गति दिन सक्छ, तर रूसलाई समर्थन गर्न चीनको समग्र इच्छा अझै स्पष्ट देखिएको छैन । तर पछिल्ला दिनमा रुस र चिनियाँ राष्ट्रपतिको नजिकको सम्बन्धले विषयमा थप सहजता आउन सक्ने भने देखिन्छ ।

चीनका दुई ठूला सरकारी–स्वामित्व भएका बैंकहरू, इन्डस्ट्रियल एन्ड कमर्शियल बैंक अफ चाइना र बैंक अफ चाइनाले रुसी कमोडिटीहरूका लागि विशेष गरी अमेरिकी डलरमा हुने कारोबारमा बन्देज लगाएका छन् । ब्लुमबर्गले सो विषयमा अज्ञात स्रोतहरूलाई उदृत गर्दै समाचार सार्वजनिक गरेको छ ।

चीन धेरै खराब रूसी ऋणमा फसेकोबारे सावधान छ । रुसी कमोडिटी ट्रेडको वित्तपोषण रोक्नका कारण यही हो भन्नेहरु पनि छ्न् ।

एकपटक रसियाले चीनलाई भुक्तानी गर्न सुनिश्चित गर्ने तरिका पत्ता लगाए । उदाहरणका लागि, ग्यारेन्टीको रूपमा चीनलाई सुन पठाएर वा अरु केही गरेर काम भने अगाडि जानसक्छ ।

‘चिनियाँ बैंकहरूले रुसी ग्राहकहरूसँग व्यवहार गर्दा जोखिमहरू मूल्यांकन गर्नुपर्नेछ । विशेष गरी प्रतिबन्धहरू खुलासा भइरहेको बेला झनै ध्यान दिनु जरुरी छ,’ चीनको रेन्मिङ विश्वविद्यालयका वित्त क्षेत्रका प्राध्यापक झाओ सिजुनले भनेका छन् ।

तर सीमित अन्तर्राष्ट्रिय एक्सपोजर भएका केही साना चिनियाँ बैंकहरूले तिनीहरूलाई प्रतिबन्ध तोड्ने जोखिम उठाउन सक्छन् ।

सन् २०१२ मा स्वीफ्ट प्रणालीबाट इरानलाई बहिष्कृत गरेपछि, इरानी बैंकहरूले तेस्रो देशमा वित्तीय संस्था प्रयोग गरेर भुक्तानीको वातावरण बनाउन वा प्राप्त गर्न सक्षम हुनुपर्छ । यद्यपि यो महत्ववूर्ण लागतमा आएको देखिएको थियो ।

पिपुल्स बैंक अफ चाइना र यसको रुसी समकक्षबीचको थप सहकार्य चिनियाँ अर्थतन्त्रका लागि ठूलो खतरा हुनसक्छ ।

यस बीचमा, विश्लेषकहरू विश्वास गर्छन् कि चीनले रूसी हाइड्रोकार्बन, अन्न र अन्य वस्तुहरूको खरिद जारी राख्नेछ । चीनबाट भएको हाइटेक आयातले परम्परागत रूपमा पश्चिमबाट आएका केहीलाई प्रतिस्थापन गर्नेछ । तर रुसको वित्तीय क्षेत्र चीनमा बढी निर्भर हुनेछ ।

यद्यपि, पिपुल्स बैंक अफ चाइना र यसका रुसी समकक्षबीचको थप सहयोग चिनियाँ अर्थतन्त्रका लागि ठूलो खतरा हुनसक्नेमा विद्धानहरुको दाबी छ ।

चीनको सीआपीएसको बिस्तार पनि एक वास्तविक समाधान हुनसक्छ भने निश्चितरूपमा छिटो प्रक्रिया हुनेछैन । वास्तविकता के हो भने रुसको तुलनामा चीनले गुमाउनु पर्ने धेरै हुनसक्छ ।

रुसी रुबलमा सोमबारको अचानक र ठूलो गिरावटलाई अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण राष्ट्रिय मुद्रामा के हुन सक्छ भन्ने राम्रो पाठको रूपमा लिन सकिन्छ । चिनियाँ नीति निर्माताहरू यसबारे पूर्णरूपमा सचेत देखिएका छन् ।

चीनको समर्थनले रुसी अर्थतन्त्रलाई जीवित राख्न मद्दत गर्नेछ, बेइजिङसँग लड्न घरेलु आर्थिक चिन्ताहरू पनि छन् ।

बिर्सनु हुँदैन, यतिबेला चीनमा ठूलो ऋण संकट छ ।

तिनीहरूले आफ्नो कुनै पनि प्रान्त वा एभरग्रान्डलाई बेल आउट गर्न सक्दैनन् । जुन आवास बजारको लगभग ३ प्रतिशत मात्रै छ । त्यसैले उनीहरूले रूसलाई बेल आउट गर्न पैसा कहाँबाट ल्याउने भन्ने पनि हुनसक्छ ।


क्लिकमान्डु