डेढ रुपैयाँको सेयरले लगानीकर्तालाई यसरी बनायो करोडपति



एजेन्सी । सेयर बजारलाई सम्भावनाको बजार भनिन्छ । यसलाई सामान्य मनोविज्ञानले पनि प्रभावित पार्छ । यतिबेला युक्रेन संकटले संसारभरको नै शेयर बजारलाई प्रभावित पारेको छ ।

अमेरिकी, यूरोपेली तथा भारतीय सेयर बजार समेत युक्रेन संकटका कारण प्रभावित भएका छन् । नेपालको सेयर बजार पनि चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका कारण प्रभावित भएको छ ।

तर, आमरुपमा हेर्दा सेयर बजार सम्भावनाको बजार हो । अझभन्दा आय आर्जन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण बजार हो । संसारका धेरैजसो देशमा सेयर बजार छन् । बजारमा विभिन्न कम्पनीको सेयर सूचीकृत छन् । तिनको दैनिकजसो कारोबार हुन्छ नै ।

तर, सेयर बजारमा अनेकन प्रकारका प्रडक्टको बिक्री हुन्छ । त्यसै मध्येको एक हो धेरै कम मूल्यका पेनी स्टक ।

कम मूल्यका त्यस्ता पेनी सेयरले दिने लाभांशका सन्दर्भमा फराकिलो बजार र ठूला कम्पनीहरू भन्दा हजारौ माइल अगाडि रहेको पाइएको छ । यस्तै एउटा सेयर इक्विप सोसल इम्प्याक्ट टेक्नोलोजिज हो ।

जसले पछिल्लो १ वर्षमा बम्पर प्रतिफल दिएको छ । यो रिटर्न यति ठूलो छ कि एक वर्ष पहिले मात्र लाखौं लगानी गर्नेहरू अहिले करोडपति बनिसकेका छन् । एक वर्षअघि यो पेनी सेयरको मूल्य १ रुपैयाँभन्दा कम थियो ।

गत वर्ष फेब्रुरुअरी १९ मा यो सेयर भारतीय सेयर बजारको कारोबार गर्ने निकाय बीएसईमा जम्मा ०.४० भारुमात्रै थियो ।

जुन अहिले बढेर ७७ रुपैयाँ भारु पुगेको छ । यो सेयरमात्र ०.४० भारु थियो, जुन अहिले बढेर ७७ रुपैयाँ पुगपछि मानिसहरुले यसलाई असाध्यै खुसीका साथ हेरेका छन् ।

यो कम्पनीको सेयरले १ वर्षमा नै १९,२७५ प्रतिशतको ठूलो प्रतिफल दिएको छ ।

यसरी हेर्दा एक वर्षअघि कुनै लगानीकर्ताले यस स्टकमा १ लाख भारु लगानी गरेको भए आज उनको पोर्टफोलियोको मूल्य १ करोड ९३ लाख बराबर भएको छ ।

अर्कोतर्फ, फराकिलो बजारलाई हेर्दा यो १ वर्षमा सेन्सेक्स १३.३९ प्रतिशतमात्रै बढेको छ । तर, यो वर्षको शुरुदेखि नै बजारमा आएको गिरावटले यो पेनी सेयरलाई पनि बम्पर रिटर्नसहित लिएको छ ।

बजार निरन्तर ओरालो लागेपछि यस सेयरको उडान पनि तत्कालका लागि रोकिएको छ । यो वर्ष अहिलेसम्म यस स्टकको मूल्य २७ दशमलव १८ प्रतिशत र यो महिना १० दशमलव ६४ प्रतिशतले घटेको छ । यद्यपि, यो अझै पनि २०० दिनको औसत भन्दा माथि छ ।

मंगलबार बीएसईमा यस कम्पनीको ५ हजार ७ सय शेयर कारोबार भएको थियो । यसरी हेर्दा ४ लाख २९ हजार भारु बराबरको कारोबार भएको थियो ।

सो कम्पनीको कूल बजार पूँजीकरण लगभग ८०० करोड भारु बराबरको छ । तर, कम्पनीको वित्तीय कार्यसम्पादन सेयर बजारमा भएको बुल रनसँग सापेक्ष छैन ।

कम्पनी निरन्तर घाटामा चलिरहेको छ । पछिल्लो एक वर्षमा यो कम्पनीले पछिल्लो डिसेम्बर २०१८ को त्रैमासिकमा ०.५४ करोड भारु बराबरको सेयर बिक्री भएको थियो ।

त्यसकारण सानो कम्पनी भनेर नहेपौ, त्यसले कुनै न कुनै दिनमा राम्रै प्रतिफल दिन सक्छ । त्यसले उल्लेख्य मात्रामा नाफा दिनसक्छ । त्यसतर्फ ध्यान दिँदा कुनै पनि कम्पनी पनि बजारमा उल्लेख्य प्रगति गर्नसक्छ । (भारतीय सञ्चार माध्यमहरुको विवरणमा आधारित)


क्लिकमान्डु