आठ लाख जनालाई प्रत्यक्ष रोजगारी दिने टाटा समूह हाँक्दै चन्द्रशेखरन



एजेन्सी । कुनै एउटा कम्पनीमा के कति कर्मचारीले काम गर्लान् ? सामान्य रुपमा अनुमान गर्न सकिन्छ । कम्पनीको क्षमता र त्यसको आकारका आधारमा कर्मचारीको संख्या निर्धारण हुन्छ ।

भारतको राष्ट्रिय ध्वजाबहाकको समेत स्वामित्व लिएको टाटा समूहले ८ लाख मानिसलाई प्रत्यक्षरुपमा रोजगारी दिएको छ । लगानी शुरु गरेको ५ वर्षमा नै जबरजस्त रुपमा नाफा कमाएको सो कम्पनीको कारोबार सन् १८६८ मा शुरु भएको थियो ।

टाटा समूहको बोर्डले एन चन्द्रशेखरनलाई पुनः ५ वर्षका लागि अध्यक्षमा चयन गरेको छ । उनी सन् २०१७ मा पहिलो पटक अध्यक्ष बनेका थिए । अब उनी सन् २०२२ भर सो पदमा रहने व्यवस्था थियो । अब पुनः उनको म्याद थप गरिएको छ ।

चन्द्रशेखरणसँगै जोडिएर आएको विषय हो, कर्मचारीको संख्या । कुनै एउटा कम्पनीले यति ठूलो संख्यामा कर्मचारीलाई रोजगारी दिनु आफैमा महत्वपूर्ण रहेको भारतीय सञ्चार माध्यमहरुको दावी छ । चन्द्रशेखरनको कार्यकालमा कम्पनीले असाध्यै राम्रो प्रगति गरेको बताइन्छ ।

रेभेन्यूदेखि फाइदा कमाउने र बजार पूँजीकरण एवम् लगानीकर्तालाई प्रतिफल दिने सवालमा समेत कम्पनीले प्रभावकारी भूमिका निर्वाह गरेको छ । कम्पनीले हरेक मोर्चामा असाध्यै राम्रो प्रदर्शन गरेको छ ।

ठूल्ठूला कारोबारको डिलदेखि समस्या रहेका वा घाटामा रहेका कम्पनीलाई समेत टाटा समूहले फाइदामा पुर्याएको छ । पछिल्लो ३४ वर्षदेखि चन्द्रशेखरण सोही समूहमा छन् । शुरुवाती चरणमा उनी टे«नीको रुपमा कम्पनीमा प्रवेश गरेका थिए ।

उनी कम्पनीको सर्वोच्च पदमा पुगेका छन् । पछिल्ला दिनमा उनलाई शक्तिको दुरुपयोग गरेको र भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीका लागि मात्रै काम गरेको आरोप पनि लागेको छ । मोदीसँगको संगतका कारण नै उनले भारतीय ध्वजावहाक एयर इण्डिया प्राप्त गरेको बताइन्छ ।

हुन् त शुरुमा एयर इण्डिया टाटा समूहले नै स्थापना गरेको थियो । सरकारलाई एयर इण्डिया दिँदा होस् वा सरकारबाट एयर इण्डिया लिँदा नै किन नहोस् केन्द्रमा टाटा समूह नै देखिएको छ ।

कम्पनीको रेभेन्यूमा समेत उल्लेख्य वृद्धि भएको छ । सन् २०१७ को तुलनामा टाटा स्टीलले सन् २०२१ मा ७०.८६ प्रतिशत बढी रेभेन्यू कमाएको छ ।

सो कम्पनीले ४ हजार ७५० करोड भारु बराबरको रेभेन्यू आर्जन गरेको छ । यस्तै टिप्लेटमा २ हजार २८१ करोड भारु, टाटा कन्ज्यूमरले ११ हजार ६०२ करोड भारु र टाइटनले २१ हजार ६४४ करोड भारु बराबरको रेभेन्यू आर्जन गरेको छ ।

टाटा समूहको अध्यक्षको पद आफैमा महत्वपूर्ण छ । यो यसकारण कि जो त्यो पदमा पुग्छ, त्यागे नै टाटा समूहको सबै कम्पनीको समेत प्रमुख हुन्छ ।

विवरणहरुमा जनाइएअनुसार नटराजन चन्द्रशेखरनको जन्म तामिलनाडुको मोहानूर गाँउको एक किसान परिवारमा भएको थियो । उनी उनको परिवारको ६ बच्चा मध्येका एक हुन् ।

चन्द्रशेखरनका पीता खासमा एक वकिल थिए । तर, उनको हजुरबाको मृत्युपछि उनको पीता खेती किसानीमा जानु पर्यो । केरा, धानजस्ता खाद्य पदार्थको उत्पादनमा संलग्न भए ।

विद्यार्थीकारुपमा चन्द्रशेखरन उनको दाजुका साथमा हरेक दिन ३ किलोमिटर हिडेर तमिल मिडियमको सरकारी विद्यालयमा पढ्न जान्थे ।

टाटा समूहका कम्पनीले नै सबैभन्दा बढी लाभांश दिने कम्पनीकारुपमा स्थापित ।

सन् २०१७ को तुलनामा टाटा टेलीले सन् २०२१ मा २ हजार ४४९ प्रतिशत बढी लाभांश दिएको छ । यस्तै, टाटा एलेक्सीले ९२० प्रतिशत, नेल्कोले ७७७ र टाइटनले ५६० प्रतिशत बढी लाभांश दिएको छ ।

१५४ वर्ष पूरानो टाटा समूहले चन्द्रशेखरनलाई महत्वपूर्ण दिँदै आएको छ । धेरैले चन्द्रशेखरनलाई चन्द्राको नामले पनि चिन्छन । उनको यही २० फेब्रअरीसम्म कार्यकाल थियो । अब उनको कार्यकाल सन् २०२७ सम्म थपिएको छ ।

नेतृत्वको संकटसँग जुधिरहेको टाटा समूहलाई पछिल्लो ५ वर्षमा उनले असाध्यै राम्रो प्रदर्शन गर्ने समूहमात्रै बनाएनन्, मेहनतले कसरी सफल भइन्छ भन्ने समेत स्थापित गरिदिए । उनी १९८८ मा आइआइएम कोलकाताबाट एमबिए गरेपछि टाटा समूहसँग जोडिएका थिए ।

उनले टीसीएस कम्पनीलाई ३२ हजार ४३० करोड भारु बराबरको फाइदा दिलाएका छन् । यस्तै, घाटामा रहेको टाटा स्टिललाई समेत उनले फाइदामा लगेका छन् । टाटा स्टिल बीएसएल समेत घाटामा थियो । सो कम्पनीलाई पनि घाटाबाट फाइदामा पुर्याएका छन् ।

पहिलो पटक टीसीएसमा टे«नीको रुपमा प्रवेश गरेका उनलाई परिवार भन्दा बाहिरबाट पहिलो पटक कार्यकारी जिम्मेवारी दिइएको थियो । ५३ वर्षीय चन्द्रा १९८७ मा टीसीएसमा गएका थिए । उनी सन् २००९ मा सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत भए । सो कम्पनी भारतको सबैभन्दा ठूलो कम्पनी हो ।

भारतको सेयर बजारमा मात्रै समूहको २९ कम्पनी सूचीकृत भएका छन् । त्यसमा स्टील, ऊर्जा, दूरसञ्चार, कन्ज्यूमर, मोटर ,केमिकल, मेटालिक्स, कफी, टेली, टाइटन, नेल्को, टिनप्लास्ट, होटललगायतका कम्पनी छन् ।

कम्पनीको स्थापना जमशेतजी टाटाले शुरु गरेका हुन् । कूल १०० देशमा समूहको कारोबार छ । सन् २०२१ मा सो समूहले ७.७ लाख करोड भारु बराबरको रेभेन्यू कमाएको थियो ।

समूहले हालैमात्र जिम्मेवारी लिएको एयर इण्डियालाई नाफामा लैजानका लागि काम शुरु गरेको छ ।

त्यसका लागि टर्किस एयरलाइन्सका पूर्वअध्यक्ष इल्कर आयसीलाई प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । उनको कामकाज १ अप्रिलदेखि शुरु हुनेछ ।

टाटा समूहको बजार पूँजीकरण ७.९५ लाख करोड भारुबाट बढेर २३.७० लाख करोड बराबर पुगेको छ ।


क्लिकमान्डु