कोइलाको विकल्पमा नवीकरणीय ऊर्जाको स्रोतको खोज्दै चीन



एजेन्सी । केही समय पहिले कोइलाको अभावका कारण चीनमा चर्किएको ऊर्जा संकटको मारमा त्यहाँको उद्योगमा सबैभन्दा नराम्ररी प्रभाव परेको थियो । झण्डै ४४ प्रतिशत उद्योग ऊर्जाको अभावमा बन्द भएको थियो ।

चीनमा मात्रै होइन, भारतमा समेत त्यस्तै अवस्था आइलागेको थियो । भारतमा कोइलाको आयात र आपूर्ति श्रृखला सामान्य अवस्था फर्किइसकेको छ ।

चीनले भने कोइलाको समस्याका कारण परेको नकारात्मक असरलाई न्यूनीकरणका लागि नवीकरणीय ऊर्जाका विविध स्रोतहरुको प्रयोगलाई समेत बढावा दिने लक्ष्यका साथ काम थालेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

चीनको एकीकृत ऊर्जा बजारले नवीकरणीय ऊर्जालाई बढावा दिन लागेको छ । तर, यसको कार्यान्वयन एउटा अप्ठ्यारो काम हुन सक्ने भन्दै विश्लेषकहरू खासमा प्रश्न गरेका छन् । यो प्रश्नको उत्तर खोज्न पनि केही समय थप लाग्नसक्छ ।

राष्ट्रियरुपमा नवीकरणीय विद्युत बजार निर्माण गर्ने चीनको महत्वाकांक्षा प्रभावहीन पावर ट्रेडिङ कार्यक्रम तथा सम्भावितरूपमा ठूलो व्यापारिक संयन्त्रले त्यसमा अवरोध सिर्जना गर्नसक्छ भन्ने आशंका व्यक्त भएको छ ।

त्यसका लागि सरकारी नियामकहरूले गत हप्तामात्रै देशभर कम मात्रामा कार्बन रूपान्तरणको खास संयन्त्र सुधार गर्न नीतिगतरुपमा केही व्यवस्था गरिएको जानकारी दिएका छन् । हाल चीनभर कूल ८ हजार ३१३ टेरावाट घण्टा बराबरको ऊर्जा खपत गर्ने गरेको छ । यो सन् २०२१ को विवरणहो । सन् २०२२ मा थप ७.१ प्रतिशतले ऊर्जाको माग बढ्ने प्रक्षेपण गरिएको छ ।

जलवायु परिवर्तनको न्यूनीकरणका लागि तय गरिएका लक्ष्यहरूलाई समर्थन गर्न एक एकीकृत विद्युत बजार निर्माण गर्ने चीनको महत्वाकांक्षाले यस क्षेत्रलाई नयाँ युगमा लैजान सक्छ भन्ने विश्वास व्यक्त भएको छ ।

यसले नवीकरणीय ऊर्जामा ठूलो प्रभाव पर्नसक्छ । विश्लेषकहरु भन्छ्, नवीकरणीय ऊर्जाका स्रोतहरुको विकास, विस्तार एवं विविधकरणको सवालमा अब चीनले नेतृत्व गर्नुपर्छ भन्ने मान्यता नीतिगत रुपमा टुंगो लागेको छ । लगानीको सम्बन्धमा पनि कुनै समस्या छैन ।

विश्लेषकहरूका अनुसार विगतमा प्रभावहिन र निष्प्रभावी भनिएका कार्यक्रममा समेत सुधार गरेर अगाडि बढ्नुपर्ने चुनौती यसैसँग जोडिएर आएको छ ।

अप्रभावी मानिएका ऊर्जा व्यापारसँग जोडिएका नीति, कार्यक्रमलाई समेत समयानुकूल परिवर्तन गर्नु जरुरी देखिएको छ । सम्भावित रूपमा ठूलो व्यापारिक सोच र मात्राले प्रणाली कार्यान्वयन गर्न गाह्रो हुन सक्छ भन्ने सुझाव पनि नआएको होइन ।

चीनका शीर्ष सरकारी एजेन्सीहरू, राष्ट्रिय विकास तथा सुधार आयोग र राष्ट्रिय ऊर्जा प्रशासनले गत बिहीबार संयुक्तरूपमा राष्ट्रको न्यून–कार्बन रूपान्तरणको संयन्त्रलाई सुधार गर्न एक नीति दस्तावेज जारी गरेको छ । त्यसले राष्ट्रियरूपमा एकीकृत ऊर्जा व्यापारका लागि अर्को एउटा संयन्त्र स्थापना गर्ने भन्ने लक्ष्य प्राप्तिका लागि काम गरिरहेको छ ।

नीति तथा कार्यक्रमहरु तयार पारेका एजेन्सीले गत जनवरीमा पेश गरेको विवरणमा चीनले राष्ट्रिय एकीकृत ऊर्जा क्षेत्रको विकासका बारेमा थप अध्ययन र विश्लेषण गरी नयाँ आधारमा नवीकरणीय ऊर्जाका तमाम् स्रोतहरुको खोजी, बजारको विस्तार एवं खपतको अर्कै एउटा इकोसिष्टमको खोजी गरेको छ ।

सो प्रणालीमा सन् २०१५ सम्ममा एक प्राथमिक राष्ट्रिय बजारले प्रान्तीय बजारहरूसँग सहकार्य गर्नेछ । त्यसका लागि मध्यम र दीर्घकालीन व्यापारको अवधारणामा काम गर्नेछ ।

स्पट पावर ट्रेडिङ र सहायक सेवा व्यापारलाई अगाडि बढाउनका लागि ठोस आकार लिन समय लाग्नेछैन । त्यसले छिट्टै नयाँ आकार लिने अपेक्षा गरिएको छ ।

यसले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाका ठूला ठूला उत्पादकहरू समावेश गर्ने गरी राष्ट्रिय ऊर्जा व्यापार प्रणालीको लागि थप आह्वान गरेको छ ।

चीनले कार्बन तटस्थताको दौडमा अब निर्माण हुने हरेक घरको छतमासमेत सयौंको संख्यामा सौर्य प्यानलहरू स्थापना गर्ने भएको छ ।

राष्ट्रियरूपमा एकीकृत ऊर्जा बजार निर्माण गर्ने निर्देशनले नीति निर्माताहरू थप नवीकरणीय ऊर्जामा आधारित भविष्यलाई पछ्याउन प्रतिबद्ध छन् भन्ने संकेत गरेको बेइजिङस्थित परामर्शदाता ट्रिभियम चाइनाका वरिष्ठ विश्लेषक एन्डी चेनको भनाइ छ ।

हाल, चीनको ऊर्जा बजार मुख्यतया बिजुली आपूर्ति र मागलाई सन्तुलन गर्ने विषयमा केन्द्रीत छ । कोइलाको अत्याधिक प्रयोगबाट समस्या खडा भइरहेको छ । विश्वव्यापीरुपमा उठ्ने प्रश्नको सामना गर्नु परेको छ ।

अत्यधिक प्रदूषित मानिएका थर्मल पावरले खासमा समस्या खडा गरेको छ । अन्तर–प्रादेशिक विद्युत आदानप्रदानका लागि सरकारी सम्झौताहरू पनि एउटा नयाँ आधारमा अगाडि बढ्नेछ ।

त्यसलाई एउटै नीति र विधिमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ । त्यो खास रुपमा एउटा मूल्यमा आधारित हुन्छन् । जसले वास्तविक आपूर्ति वा मागलाई प्रत्यक्ष रूपमा प्रतिबिम्बित गर्नुपर्छ भन्ने सोच त्यसैमा जोडिएरु आउँछ ।

किनकी, थर्मल पावर र कोइलाको अत्याधिक प्रयोगबाट उठ्ने प्रश्नाबाट टाढा जानका लागि पनि नवीकरणीय स्रोतको उपयोग नै आजको खास प्रश्न हो भन्नेमा चिनियाँ अधिकारी सहमत छन् ।

ऊर्जा बजारहरूले सन् २०३० सम्ममा उच्चतम कार्बन उत्सर्जनलाई कम गर्दै सन् २०६० सम्ममा नेट-शून्य हासिल गर्ने चीनको लक्ष्यमा ठूलो चुनौती खडा गरेको छ । जसमा कोइलाबाट चल्ने ऊर्जालाई परिवर्तन गर्न थप नवीकरणीय ऊर्जा आवश्यक छ भन्ने कुरालाई केन्द्रमा राखिएको छ ।

एक एकीकृत ऊर्जा बजारले अन्तर प्रान्तीय ऊर्जा व्यापार सुधार गर्न र चीनको पश्चिमी क्षेत्रमा उत्पादित स्वच्छ ऊर्जा प्रवद्र्धन गरेर ऊर्जाको संकट भोगिरहेको पूर्वीचीनमा नवीकरणीय ऊर्जाको विशाल सम्भावनालाई उजागर गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि काम शुरु भइसकेको समेत परामर्शदाता चेनको भनाइ छ ।

यो घोषणा चीनको उर्जा क्षेत्रमा थप उदारीकरणको लागि महत्वपूर्ण कोसेढुङ्गा भएको तथ्यांक सेवा प्रदायक रिफिनिटिवका प्रमुख कार्बन विश्लेषक किन यानको भनाइ छ । जसले गत महिना प्रस्तुत गरिएका दिशानिर्देशहरूमा आधारित रहेर परामर्श दिएको थियो ।

चीनको वर्तमान पावर ट्यारिफहरूमा केही बेन्चमार्कहरू तय गरिएको छ । त्यसमा माथि वा तल उतार-चढाव गर्न अनुमति दिइएको छ ।

यद्यपि, बजारमा आधारित मूल्य निर्धारण उपकरणहरू, जस्तै समय–समयको महशुल दर जसले ग्राहकको मागलाई सन्तुलनमा राख्न अफ–पीक समयमा बढी ऊर्जा प्रयोग गर्न प्रोत्साहन दिनेछ, ।

हरित ऊर्जा व्यापारले उपभोक्ताहरूलाई उनीहरूको खपत ढाँचालाई हरियालीतर्फ परिवर्तन गर्न मद्दत गर्न सक्छ भन्ने विश्वास पनि बढेको छ । यसले वास्तवमै चीनको उर्जा क्षेत्रमा नयाँ युगको संकेत गरेको छ । जुन बजारमा आधारित संयन्त्रमा क्रमशः सर्दै गएको छ । यसले बिजुलीको संकट समाधान गर्न मद्दत गर्छ । गत अक्टोबरमा घोषणा गरिएको औद्योगिक र व्यावसायिक प्रयोगकर्ताहरूले ऊर्जा बजारमा प्रवेश गर्नुपर्ने नै छ ।

यो कदमले व्यापारको मात्रालाई उल्लेखनीय रूपमा बढाउन सक्छ । यद्यपि, थप ऊर्जाका व्यवसायी एवम् खेलाडीले ऊर्जा नियामकका लागि चुनौती पनि खडा गर्न सक्छन् भन्नेमा सचेत हुनु जरुरी देखिएको दावी गरिन्छ ।

हाल चीनको कुल विद्युत उत्पादनको ४५ प्रतिशत विद्युत् बजारमा समावेश छ । तर, यसमा दीर्घकालीन व्यापारको प्रभुत्व रहेको छ भने छोटो अवधिको स्पट पावर बजार, जुन अपेक्षाकृत लचिलो छ, जुन अझै पाइलटीङमा छ ।

सन् २०१७ मा चीनले ग्वाङ्डोङ, झेजियाङ र शानडोङ लगायत आठ प्रान्तहरूमा स्पट ट्रेडिङ पाइलट कार्यक्रमहरूको पहिलो चरण कार्यान्वयनमा ल्याएको थियो ।

यद्यपी, स्थानीय सञ्चारमाध्यमका अनुसार, स्पट ट्रेडिङमा उपभोक्ताहरूबाट सङ्कलन गरिएको शुल्क र पावर जेनेरेटरहरूलाई भुक्तानी गरिएको पैसामा असन्तुलनका कारण एउटा चिन्ताको वातावरण भने बनेको थियो ।

प्रान्तीय स्पट ट्रेडिङ कार्यक्रमहरूको दोस्रो ब्याच जुनमा शुरु हुने बताइएको छ । तर, किनका अनुसार यसलाई विकास गर्न कम्तीमा पाँच वर्ष लाग्ने छ ।

यसैबीच, नवीकरणीय पावर जेनेरेटरको व्यापारले प्राविधिक चुनौतीहरू पनि खडा गरेको छ । किनभने यसको लागि उत्पादकहरूलाई अधिकतम मूल्यको भिन्नताको पूर्ण फाइदा लिन थप ऊर्जा भण्डारण क्षमता चाहिन्छ ।

राष्ट्रियरूपमा एकीकृत ऊर्जा बजार स्थापना गर्ने प्रयासले बिस्तारै सार्थकता पाइरहेको छ । चीनको विद्युत बजार र नवीकरणीय ऊर्जा विकासको परिदृश्यलाई मौलिकरूपमा परिवर्तन गर्नु जरुरी छ ।


क्लिकमान्डु