एनआइसी एशियामा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा पाइन्छ यी २४ फाइदा



काठमाडौं । एनआइसी एशिया बैंकको सर्बश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले विभिन्न २४ वटा फाइदा पाउने छन् ।

बैंकले गत कात्तिक १ गतेदेखि ल्याएको यो खातामा सर्वाधिक उच्च ब्याजदर, तीन/तीन वटा बीमा तथा कर्जा सम्बन्धी फाइदा र अन्य डेढ दर्जन फाइदा पाइने बैंकले जनाएको छ ।

देशको दुरदराजमा रहेको लाखौं ग्राहकलाई सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गराउँदै आएको बैंकले ग्राहकलाई दुई दर्जन फाइदा दिने बचत योजना सञ्चालन गरिरहेको छ ।

सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापकरुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गरिएको बैंकले जनाएको छ ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन् ।

बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई ५ वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।

सबै थप सुविधा/फाईदाहरू यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्कबिना स्वतः पाउन सक्नेछन् ।

बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाइदा सम्बन्धी विस्तृत जानकारीका लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा एसबी टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकमा पठाउनुपर्ने हुन्छ ।

बैंकले देशभर ३५८ शाखा, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । यो बैंक विभिन्न दर्जन सूचकमा देशकै पहिलो नम्बरको बैंक हो ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यो बैंकले सेवा दिन दिँदै आएको छ ।

एनआइसी एशियाले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी राजश्वसरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको बैंकका प्रमुख सूचना अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।


क्लिकमान्डु