कर्मचारीलाई सेयर दिएर आकाशामा भित्र्याउँदै झुनझुनवाला



एजेन्सी । कुनै पनि नयाँ कम्पनी स्थापना गर्दा त्यसमा कर्मचारी के भनेर लगिन्छ ? उनीहरुलाई के कस्तो सेवा तथा सुविधाको अफर गरिन्छ ? सामान्यता कामका आधारमा सेवा सुविधा तय गरिन्छ ।

यो सर्वमान्य सिद्दान्त र व्यवहार नै हो । खासमा नयाँ कम्पनी स्थापित हुन समय लाग्छ नै । त्यसमा त्यो कम्पनीले कस्ता योजना, कार्यक्रम अगाडि सार्छ सोही आधारमा सबै विषय निर्धारण हुन्छ ।

नयाँ कम्पनी स्थापित गरेर त्यसलाई स्थापित गराउन राम्रै पापड पेल्नुपर्छ । नयाँ नयाँ स्किम पनि ल्याउनुपर्छ । लरतरो तरिकाले कुनै पनि कम्पनीले आफ्नो क्षमता देखाउन सक्दैन ।

यसै सन्दर्भमा भारतमा स्थापित भएको एक कम्पनीले योग्य एवम् सक्षम कर्मचारी छनौट गर्नका लागि नयाँ अवधारणा अगाडि सारेको छ ।

भारतीय सेयर बजारमा स्थापित एवं प्रख्यात लगानीकर्ता राकेश झनुझनवालाले स्थापना गरेको आकाशा एयरमा जागिर खान आउने कर्मचारीलाई बम्बर सेयर दिने प्रस्ताव अगाडि सारेका छन् ।
कर्मचारीले दैनिक काम गर्दा पाउने तलब तथा अन्य सेवा सुविधाका अलावा कम्पनीको नै शेयर दिने रणनीति राकेशले लिएक छन् । यसबाट कम्पनीमा दक्ष कर्मचारी आउने र कार्यक्षमतामा विस्तार हुने बताइएको छ ।

कम्पनीले कर्मचारीलाई सेयर दिँदा उसले संस्था आफ्नो पनि हो, त्यसकारण इमानदार भएर मेहनत गर्नुपर्छ भन्ने मान्यता राख्छ भन्ने मान्यता अगाडि सारेको छ ।

तलब तथा सुविधा मात्रै दिँदा भोलि त्ये भन्दा अर्को राम्रो अवसर आएको खण्डमा कम्पनी छाडिहाल्छ, सेयर नै दिएपछि त लगानी पनि छ भन्ने ठानेर कम्पनी छाडेर पनि जाँदैन र कम्पनीको क्षमतासमेत विस्तारित भएर जान्छ भन्ने रणनीति राकेशले बनाएका हुन् ।

सेयर बजारमा नाम र दाम दुवै कमाएका राकेशले आफू जुन धरातलबाट स्थापित भएको हो, सोही आधारमा यस्तो रणनीति अगाडि सारेको भारतीय सञ्चारमाध्यमहरुको भनाइ छ ।

उनीहरुले कम्पनी स्थापना गर्ने र त्यसलाई सञ्चालन गर्ने नयाँ रणनीति अगाडि सारेको भन्दै प्रशंसा समेत शुरु भएको समाचार विवरणहरुमा जनाइएको छ ।

आकाश एयरको टेक अफ योजनाः अन्तर्गत क्षमतावान कर्मचारी ल्याउन र उनीहरुलाई टिकाउनका लागि शेयर दिएर कम्पनीको स्वामित्वमा जोडिनेछ । थाहा छ कम्पनीले किन बनायो यस्तो योजना ? भन्ने आशयका समाचार विवरणहरु एमक पछि अर्को गर्दै प्रकाशित भइरहेका छन् ।

विवरणअनुसार आकाशाले आगामी मेदेखि उडान गर्न शुरु गर्नेछ । सेप्टेम्बर २०२१ म जेट सेट गो नामक कम्पनीले पनि २०२४ देखि उडान भर्ने गरी तयारी गरेको विवरण सार्वजनिक भएको थियो ।

झुनझुनवालाले आकाशा एयरका लागि ७२ वटा बोइङ ७३७ म्याक्स जेटको अर्डर दिएका छन् । यो अर्डर दुवईमा भएको एयर शोमा दिइएको थियो । ती विमानको कूल लागत ९ अर्ब डलर बराबर छ । विमानको डेलिभरी यसै वर्षदेखि शुरु हुनेछ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत वनय दुवेका अनुसार ७३७ म्याक्स विमानका कारण किफायती एयरलाइन्स चलाउने हाम्रो लक्ष्यमा सहयोग गर्नेछ । आकाशा एक मैत्रीपूर्ण विमान कम्पनी हुनेछ ।

उनका अनुसार सन् २०२३ सम्म सो कम्पनीका साथमा कूल १८ विमान हुनेछ । त्यसको एक वर्षपछि थप १८ वटा विमान हुनेछ । आगामी ५ वर्षभित्र कूल ७२ विमान हुनेछन् ।

उनका अनुसार कम्पनीले बजेट एयरलाइन्स चलाउनेछ । राम्रो सेवा दिने कम्पनीको लक्ष्य छ । आगामी जुनदेखि व्यवसायिक उडान थाल्ने आकाशाको तयारी छ ।

कम्पनीले शुरुवाती चरणमा मुम्बई, दिल्ली, बेंगलुरुमा सेवा दिनेछ । कम्पनीले अन्तर्राष्ट्रिय उडानमा पनि हात हाल्ने तयारी गरेको छ । छिमेकी देशहरुमा उडान भर्ने योजना उनले सुनाए । यस्तै दक्षिण एशिया र मध्यपूर्वका देशमा समेत सेवा बिस्तार गर्ने योजना उनले सुनाए ।

सेयर बजारसँग आवद्ध व्यवसायी राकेश झुनझुनवाला आफ्नो आकासा एयर उडाउने तयारीमा छन् । कम्पनीले आफ्ना कर्मचारीहरूलाई आकर्षित गर्न सेयर दिने योजना आफैमा महत्वपूर्ण रहेको जानकारहरुको भनाइ छ ।

कम्पनीले छनोट गरिएका वरिष्ठ अधिकारी एवं उच्च कर्मचारीको ठूलो समूहलाई सेयर दिने बताएको छ । आकासा एयरले बोइङ ७३७ म्याक्स विमानको आगमनसँगै मेको अन्त्यमा वा जुनको शुरुमा उडाना शुरु गर्ने जनाएको छ ।

कम्पनीले अहिले उड्डयन क्षेत्रमा योग्य प्रतिभाको अभाव रहेको बताएको छ । महामारीका कारण धेरै एयरलाइन्स कम्पनीले हजारौं कर्मचारीलाई निकालेका छ्न् ।

धेरै पाइलटहरूले छाडेका छन् वा अवकाश लिएका छ्न् । धेरैले आफ्नो करियरमा लाइनहरू परिवर्तन गरेका छन् । यस्तो अवस्थामा कम्पनीले राम्रो कर्मचारीलाई आकर्षित गर्न शेयर दिने अनौठो तरिका अपनाइरहेको छ । झुनझुनवालाले सुरुमा एयरलाइनमा ३५ मिलियन डलर लगानी गरेका छन् ।

आकाशाका प्रमुख कार्यकारी अधिकृत विनय दुवेले हामी मूल्यमा कडा तर अनुभव, एवम् कार्यदक्षतामा विविधता भएको संस्था चाहेको बताएका छन् । कोभिड महामारीका कारण उड्डयन उद्योगमा धेरै ठूलो नोक्सान भएको छ । समस्यामा परेको भारतीय उड्डयन कर्मचारीहरूको दुर्दशा देख्दा दुःख लागेको उल्लेख गर्दै उनले हामी उनीहरूका लागि एउटा विशवासिलो र सुरक्षित घर बनाउन चाहेको बताएका छन् । उनी भन्छन् ‘जहाँ हाम्रा कर्मचारी खुसी हुन सकून् ।’

दुवेले आकाशाले आफ्ना कर्मचारीहरूलाई सेयर दिने योजना बनाएको छ । यो भारतका धेरै एयरलाइन्सको भन्दा धेरै राम्रो शुरुवात हो । कम्पनीको आशा छ कि यसले धेरै टेक स्टार्टअपहरूको सम्झना दिलाउनेछ जहाँ कर्मचारीहरूसँग सेयरका कारण स्वामित्व स्थापित भएको छ । यद्यपि, एयर क्रु वा नियमित पाइलटहरूलाई सेयर दिने वा नदिने भन्ने बारेमा भने तत्कालै केही विकल्प खडा भइनसकेको उनको भनाइ छ ।

कम्पनीले नियमितरुपमा कार्यालयको कामका लागि ५० जना कर्मचारी राखेको दुबेले बताए । यसले अब पाइलट, उडान परिचर र एयरपोर्ट स्टपहरू भर्ती गर्दैछ ।

आकाशाको वेबसाइटको करियर पेजले सुन्तला र बैजनी रंगमा इट्स योर स्काई ट्यागलाइनको साथ ब्रान्डलाई हाइलाइट गरेको छ । धेरै आवेदन आएपछि नयाँ आवेदन रोकिएको पनि उल्लेख गरिएको छ ।

दुबेले सेयर दिने विकल्प चाप्लुसी भए पनि धेरै मानिस बेरोजगार र दुखी रहोस् भन्ने चाहँदैनन् । यदि हामीले हाम्रा कर्मचारीहरूसँग राम्रो व्यवहार गरेनौं, उनीहरूको हेरचाह गर्दैनौं भने उनीहरूलाई ग्राहकहरूको हेरचाह गर्न गाह्रो हुन्छ । ग्राहक सेवाले मात्रै कोभिडको पीडा कम गर्न सकिँदैन । महामारीका कारण भारतको उड्डयन उद्योगलाई ८ बिलियन डलर बराबरको नोक्सान हुने अनुमान गरिएको छ ।

आकासा एयरले बोइङ ७३७ म्याक्स विमानको खरिदसँगै मेको अन्त्यमा वा जुनको शुरुमा उडान गर्न तयार रहेको बताएको छ ।

कम्पनीले कम इन्धन खपत हुने बोइङ ७३७ म्याक्स विमानको अर्डर गरेको छ । योसँगै कम्पनीले सन् २०२३ मार्चको अन्त्यसम्ममा १८ वटा विमान आफ्नो पोल्टामा थप्ने तयारी गरिरहेको छ ।

विदेशी रुटहरूमा सेवाका लागि आवश्यक पर्ने २० वटा विमान समावेश हुनेछन । कम्पनीले दिएको जानकारी अनुसार मध्यपूर्व, दक्षिणपूर्वी एशिया, नेपाल, बंगलादेश र श्रीलंका उडान गर्ने विकल्प तय गरिएको छ ।

यसअघि किङ्गफिसरले बैंक, कर्मचारी र विमानस्थललाई बक्यौता तिर्न असफल भएपछि बन्द हुन पुग्यो । यस्तै जेट एयरवेजका नयाँ लगानीकर्ता पनि अदालतको निगरानी गरिएको समस्यामा परेको एयरलाइन्सको सुधारको प्रक्रियामा छन् ।

उता क्रेडिट सुइस एजीले स्पाइसजेटले ऋण तिर्न नसक्ने बताएको छ । दुई कम्पनीबीच करिब १८० करोडको बक्यौतालाई लिएर एक दशकदेखि विवाद चल्दै आएको छ । यस्तो अवस्थामा स्पाइसजेट पनि बन्द गर्ने वा बिक्री गर्ने संकट उत्पन्न भएको छ ।

समग्रमा, यो व्यवसायमा रहेकाहरूका लागि यो कठिन समयका रुपमा देखिएको छ । तर, राकेश झुनझुनवाला भने यो क्षेत्रमा भविष्य रहेको भन्दै लगानी गर्न हतारिएका छन् । अरुहरु डुबेको बेला उनको योजना के कति सफल होला त्यो भने आगामी दिनमा नै स्पष्ट हुनेछ ।


क्लिकमान्डु