ओमिक्रोन: खोप कार्ड अनिवार्य गरेपछि खोप लाउनेको भिड बढ्यो, ट्राफिक ४०% ले घट्यो




काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भोलिबाट सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ ।

सरकारले रेष्टुराँ, फिल्म हल, क्लब, पार्कलगायतका सार्वजनिक स्थानमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको हो ।

साथै, होटेल, फिल्म हल, क्लब, पार्कलगायतका ठाउँमा खोप कार्ड अनिवार्य गरेको छ ।

माघ १५ गतेसम्मलाई विद्यालय बन्द गर्नुका साथै सार्वजनिक स्थालमा भीडभाड गर्न रोक लगाएको छ । त्यससँगै राजनीतिक भेला र मेला महोत्सवमा समेत बन्देज लगाइएको छ ।


पछिल्लो समय उपत्यकामा तीव्ररुपमा कोरोनाको संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले सो रणनीति अपनाएको छ ।

सरकारले खोप लगाउन बाँकी रहेका व्यक्तिहरूलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि भोलिबाट सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेको बताएको छ ।

खोप लगाएका व्यक्तिहरूमा कम जोखिमपूर्ण हुने मान्यतालाई आधार मान्दै सरकारले खोपलाई प्राथमिकतामा राखेको छ । हाल दैनिक रुपमा ११ हजारभन्दा बढी संक्रमण हुँदै गएको छ । जसले गर्दा सरकारले लकडाउनको सट्टा सतर्कता अपनाउन जोड दिएको हो ।

सरकाले अहिले खोपमा जोड दिँदै देशभर खोप लगाउनका लागि व्यवस्था गरेको छ । त्यस्तै, सरकारले उपत्यकाको हकमा विभिन्न १९ वटा खोप केन्द्र तोकेको छ । जसमा जो कोही नागरिकले आफूलाई पायक पर्ने स्थानमा गएर बुस्टर डोज लगाउन सक्नेछन् ।

सरकारले सार्वजनिक क्षेत्रमा हिँडडुल गर्नका लागि खोप अनिवार्य गरेपछि खोप लगाउनेको भिड बढेको छ । एकातिर खोप केन्द्रमा मानिसको भीड बढेको छ भने अर्कोतर्फ भने कोरोना संक्रमित बढेसँगै सडक खाली हुन थालेको छ ।

सडकमा अहिले कोरोनाको तेस्रो लहरले ४० प्रतिशत सवारी साधन सडकमा कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता संजिव शर्मा दासले बताए ।

उनकाअनुसार कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि पछिल्ला दिनहरूमा ट्राफिक जाममा कुनै समस्या भएको छ ।

त्यस्तै, उपत्यकाबाट बाहिर आवातजावत हुने सवारी साधनको चाप पनि घटेको उनको बताइ छ ।

‘दैनिक १२ देखि १३ हजारको हाराहारीमा आवतजावत हुन्थ्यो,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले दैनिक ८ हजारको हाराहारीमा आवतजावत भइरहेको छ ।’

उपत्यकाको सडकमा ४० प्रतिशत सवारी साधन सञ्चालन भएपनि सार्वजनिक यातायातमा भने यात्रुहरू कम हुँदै गएको छ । साथै, यातायातहरू कम मात्रामा गुड्न थालेको छ ।


क्लिकमान्डु