तरलता अभाव रहे औषधि र इन्धन पनि किन्न नपाउने अवस्था आउन सक्छ: गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सबै निकायको गल्तीका कारण अहिले तरलता अभाव भएको बताएका छन् । सोमबार बैक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा उनले यसको प्रमुख कारण पुँजीगत खर्च निकै कम हुनु रहेको बताए ।

उनले नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी नभएको, वैदेशिक ऋण नआएको तथा राष्ट्र बैकले कन्जरभेटिभ अप्रोज ल्याएकाले पनि समस्या भएको बताए । उनले राष्ट्र बैकले अहिलेको अवस्थाको पूर्वानुमान गर्न समेत नसकेको बताए । उनले रेमिट्यान्स बैंकिङ प्रणालीमा नआउँदा समेत तरलतामा चाप परेको बताए ।

उद्योगीले उत्पादनमुलक उद्योगमा लगानी नबढाएको र त्यसकारण कस्ट अफ डुइङको कारण पनि रहेको बताए । उनले लागत बढ्दा लगानी नबढेको बताए । उनले अर्थतन्त्र ओभरहिट भएको समयमा कर्जालाई प्राथमिकतामा राख्न नसकेको बताए ।

गोल्छाले तरलता अभावव कम नभए अर्थतन्त्र स्लो डाउन हुने र ४ प्रतिशतको आर्थिक वृद्धि पनि हुनु ठूलो कुरा हुने बताए । बैंकले दीर्घकालीन रुपमै लगानी गर्न नसक्ने, राजश्वमा असर परेको राज्य सञ्चालनमा पनि असर पर्ने बताए ।

उनले तरलता अभावका कारणले राज्य सञ्चालनमा पनि असर पर्ने बताए । तरलता राज्यको समस्या भएको भन्दै योसमाधान नभए राज्य नै असफल हुने धारणा राखे । यो समाधान नगरे केही महिनामा औषधि समेत किन्न नसक्ने अवस्था आउन सक्ने बताए ।

‘अवस्था यस्तै रहे औषधि र इन्धन समेत किन्न नसक्ने अवस्था आउन सक्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिमा ७ प्रतिशत आर्थिक वृद्धि हुने योजना नआएको र पहिलो संशोधनमा पनि नआएको बताए ।

विदेशी लगानी आउन नसकेको र जनताको घरमै पैसा राख्न थालेको बताए ।


क्लिकमान्डु