नन् ट्यारिफ बीमा व्यवसायबाट कति प्रिमियम संकलन हुन्छ ?



काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, अग्नि बीमा, मोटर बीमा, इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमा व्यवसाय गर्दै आएका छन् । जसमा केही बीमामा बीमा समितिले बीमा दर (न्यूनतम बीमाशुल्क दर) कायम गरेको छ भने केही बीमाको बीमा दर तोकेको छैन ।

बीमा समितिले बीमा ऐन- २०४९ को दफा ४१ बमोजिम गठित बीमादर सल्लाहाकार समिति गठन गरेको हुन्छ । उक्त समितिले बीमा ऐन, २०४९ को दफा ९घ२० ले दिएको अधिकार प्रयोग गरी बीमा नियमावाली- २०४९ को नियम १८ को उप नियम९२० को प्रयोजनको लागि बीमा दर तोक्ने गर्छ ।

बीमा दर निमार्ण सम्बन्धमा बीमा समिति अन्र्गत गठित बीमादर सल्लाहाकार समितिको सिफारिसमा बीमा समितिले निर्जीवन बीमातर्फ र बीमाङ्कीको सिफारिसमा जीवन बीमातर्फका बीमाशुल्क निर्धारण गर्ने गर्दछ ।

निर्जीवन बीमाशुल्क सम्बन्धमा विश्वव्यापी प्रचलन र विगतमा बीमा कम्पनीमा परेको दाबीसम्बन्धी अनुभवका आधारमा भविष्यका लागि व्यवस्थापकीय खर्च तथा नाफाको सम्भावनालाई विश्लेषण गरेर क्षेत्रगत रुपमा बीमा व्यवसायको प्रकृतिअनुसार बीमा दर कायम गरिन्छ ।

बीमा व्यवसायको प्रकृतिअनुसार जस्तै अग्नी बीमाको लागि छुट्टै, मोटर बीमाको लागि छुट्टै बीमादर निर्देशिका बीमा समितिले जारी गरेको छ । यसरी बीमा समितिले निर्देशिकाबाट तोकिएको दरलाई ट्यारिफ मानिन्छ ।र, बीमा समितिबाट निर्देशिका जारी नगरि बीमा कम्पनी स्वयंले निर्धारण गर्ने बीमाशुल्कलाई नन् ट्यारिफ भनिन्छ ।

बीमा समितिले दर रेट तोकेका बीमा

बीमा समितिले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, अग्नी बीमा, मोटर बीमा, दुर्घटना बीमामा बीमा दर कायम गरेको छ । यस्तै, कृषि तथा बाली बीमा र लघु बीमामा समेत बीमा दर निर्धारण गरेको छ ।

बजारमा अस्वस्थ्य प्रतिस्पर्धा भएको भन्दै समितिले असोज ६ गते बीमादर नतोकिएका बीमा हवाई बीमा, इन्जिनियर ठेगेदार सम्पूर्ण जोखिम बीमामा समेत बीमा दर कायम गरेको थियो । यसअघि यी बीमामा समितिले बीमा दर तोकेको थिएन ।

तर, समितिले तोकेको उक्त बीमादर ५ देखि ८ प्रतिशतले बढाएको भन्दै इपान र निमार्ण व्यवसायीले विरोध जनाउँदै आएका छन् ।समितिले अतर्राष्ट्रिय मान्यता र बीमा दर सल्लाहाकार समितिको सिफारिसमा नै यी बीमामा पनि बीमा दर तोकेको थियो ।

इन्ञ्जिनियरिङ बीमा लगायतका बीमामा नियामक निकायबाट जोखिमको आरधारमा न्यूनतम बीमा दर ९ट्यारिफ० जारी नहुँदा जोखिमको आधारमा वास्तविक प्रिमियम दर निर्धारण नभई ज्यादै न्यून दर कायम हुँदै आएको थियो ।

न्यून बीमा दरमा बीमा कम्पनीले बीमा स्वीकार गर्दा उक्त बीमाको जोखिम पुनर्बीमा कम्पनीले नलिने समस्या समेत आई परेको भन्दै बीमा कम्पनीले समितिलाई आग्रह गर्दै ती बीमामा पनि बीमा दर कायम गर्न भनेका थिए ।

असोज ६ पछि औषधि उपचार र हवाई बाहेक सबैमा तोकियो बीमा दर

बीमा समितिले असोज ६ गते ‘मिनिमम प्रिमियम रेट फर नन् ट्यारिफ इन्स्योरेन्स विजनेश’ निर्देशिका जारी गर्दै नयाँ दर रेट निर्धारण गरे पछि अब भने औषधि उपचार र एभियसन बीमा बाहेक अरु सबै बीमा ट्यारिफभित्र परेका छन् ।

त्यो भन्दा अघि भने हवाई ,इन्ञ्जिनियरिङ्, सामूहिक, व्यक्तिगत दुर्घटना बीमा, चोरी बीमामा बीमा दर तोकिएको थिएन ।

नन् ट्यारिफबाट कति संकलन हुन्छ ?

निर्जीवन बीमा कम्पनीले गत आवमा ३१ अर्ब ५६ करोड ३७ लाख २७ हजार रुपैयाँको व्यवसाय गरेका थिए ।सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २७ लाख ३ हजार ५०२ बीमालेख जारी गरि सो रकम संकलन गरेका थिए ।

गत आवसम्ममा बीमा समितिले हवाई बीमा, इन्ञ्जिनियर तथा सम्पूर्ण जोखिम बीमा र विविध बीमामा बीमा दर तोकेको थिएन ।

सो अवधिमा २० निर्जीवन बीमा कम्पनीले एक सय ६८ वटा हवाई बीमालेख जारी गरेका थिए । सो बराबरको बीमालेख जारी गरी कम्पनीहरुले दुई अर्ब ८५ लाख १० हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

इन्ञ्जिनियर तथा सम्पूर्ण जोखिम बीमा अन्र्तगत ३८ हजार २१३ वटा बीमालेख जारी गरी कम्पनीहरुले ३ अर्ब ५ करोड ६६ लाख ७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

यस्तै, बीमा कम्पनीहरुले सो अवधिमा एक लाख ७६ हजार ५०५ वटा विविध बीमालेख जारी गरी ३ अर्ब २८ करोड ४७ लाख ७४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

समितिको निर्देशिकाले जलविद्युत क्षेत्रमा प्रिमियम बढी लाग्ने

समितिले न्यूनतम प्रिमियर दर तोकेपछि जलुविद्युत बीमा क्षेत्रको बीमा गर्दा प्रिमिय धेरै तिर्नु पर्ने देखिएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का अध्यक्षकृष्ण प्रसाद आर्चायले जलविद्युत क्षेत्रमा मात्रै अबको पाँच देखि सात भित्रमा बीमा कम्पनीहरुलाई झण्डै १९ अर्ब बढी प्रिमियम तिर्नु पर्ने देखिएको हो ।

उनका अनुसार बीमा समितिले जारी जलविद्युत क्षेत्रमा मात्रै ५ वर्षको अवधिमा अहिले भइरहेको भन्दा झण्डै १९ अर्ब रुपैयाँ थप प्रिमियम लाग्ने देखिएको हो ।


बिजया बास्कोटा