सेयर बजारमा उछाल आउँदा एप्पलको बजार पूँजीकरण ३ ट्रिलियन डलर बराबर पुग्यो



एजेन्सी । सेयर बजारमा लगातार वृद्धि हुँदा एउटा कम्पनीका लागि के कति मात्रामा फरक पर्दो रहेछ भन्ने कुरा अमेरिकन एप्पल कम्पनीका लागि सिद्द भएको छ ।

अमेरिकी सेयर बजारमा उछाल देखिँदा एप्पलको कूल बजार पूँजीकरण ३ ट्रिलियन बराबर पुगेको छ । बालमार्ट, नेटफ्लिक्स जस्ता कम्पनीलाई उछिनेर एप्पल बजार पूँजीकरणमा अगाडि लागेको हो ।

एप्पलको कायम भएको बजार पूँजीकरण भारतको कूल अर्थतन्त्रभन्दामाथि पुगेको हो । सन् २०२२ को पहिलो कारोबार अर्थात् सोमबार भएको कारोबारपछि बजार पूँजीकरण ३ ट्रिलियन डलरभन्दा माथि पुगेको छ । भारतको कूल जीडीपी भने २.६५ ट्रिलियन डलर बराबर रहेको छ ।

वर्षको कारोबारको पहिलो दिन नै अमेरिकाको सिलिकन भ्यालीमा रहेको सो कम्पनीको सेयर १८२.८८ डलरका साथ इन्ट्रा डे रेकर्डमा उच्च स्थानमा पुगेको हो । जसबाट एप्पलको बजार मूल्य ३ ट्रिलियन डलर भन्दा माथि पुगेको हो ।

स्टकमा २.५ प्रतिशतले वृद्धि हुनासाथ १८२.०१ अमेरिकन डलरमा कारोबार बन्द भएको थियो । जसबाट एप्पलको कूल बजार पूँजीकरण २.९९ ट्रिलियन डलर बराबर हुन पुग्यो । संसारकै सबैभन्दा मूल्यवान मानिएको कम्पनी थप शिखरमा पुगेको हो ।

उपभोक्ताले असाध्यै रुचाएका आइफोन, म्याकबुक र एप्पल टिभी र एप्पल म्युजिक जस्ता सेवा र क्षेत्रमार्फत् एप्पलले आफूलाई सर्वोत्कृष्ठ बनाएको छ । संसारभरका हर कोही मानिसले पनि एकपटक एप्पलका उत्पादन प्रयोग गर्ने सौख राख्दछ ।

आफूलाई लगातार मूल्यवान् कम्पनीको सूचीको शीर्ष स्थानमा राख्दै आएको कम्पनीको पछिल्लो वृद्धिले सेयर बजारका लगानीकर्तालाई समेत खुसी तुल्याएको छ ।

एप्पलको बजार मूल्यको कीर्तिमान समेत असाध्यै महत्वपूर्ण रहेको छ । किनकी, उसको वृद्धि यत्रि तीव्र गतिमा भयो कि त्यसले पछाडि फर्केर समेत हेर्न भ्याएन ।

सन् २०१८ को अगस्टमा एप्पल १ ट्रिलियन डलर बराबरको कम्पनी बन्ने पनि पहिलो कम्पनी बनेको थियो । अमेकिरन इतिहासमै त्यो पहिलो घटना थियो । सो उपलब्धी हासिल गर्न उसलाइृ ४२ वर्षको समय लागेको थियो ।

सन् २०२० मा पुनः कम्पनीको उचाई बढ्दै गयो र २ ट्रिलियन डलर बराबरको कम्पनी बन्न सफल भयो । त्यसको करिब १६ महिनापछि पुनः एप्पल कम्पनी ३ ट्रिलियन डलर बराबरको कम्पनी बन्न सफल भएको छ ।

सो दौडमा माइक्रोसट समेत सामेल छ । सूचना तथा प्रविधि क्षेत्रको अग्रणाी कम्पनीको रुपमा रहेको माइक्रोसफ्ट पनि यसै वर्ष ३ ट्रिलियन बराबरको बजार पूँजीकरण भएको कम्पनी बन्न सक्ने अनुमानहरु नयाँ वर्ष लाग्दा नलाग्दै शुरु भएको छ । सन् २००७ को जनवरीमा जब एप्पलले आइफोन सार्वजनिक गरेको थियो, त्यतिबेला सो कम्पनीको कूल मूल्य ७३.४ विलियन अमेरिकन डलर मात्रै थियो ।

सो कीर्तिमान हासिल गरेपछि वालमार्ट, डिज्नी, नेटफ्लिक्स, नाइकी, एक्सन मोबिल, कोका कोला, कमकस्ट, मोर्गन स्टेनली, क्याकडोनाल्ड, एटीउण्ड टी, गोल्डम्यान , बोइङ, आइबीएम र फोर्डको तुलनामा एप्पलको बजार मूलयांकन बढी हुन पुगेको छ । एप्पललाई सो कीर्तिमान कायम गर्नु नै थियो, जुन सोमबार कायम हुन पुग्यो ।

अमेरिकाको जिडीपीको आकार २०.४९ ट्रिलियन डलर बराबर रहेको छ ।र चीनको १३.४, जापानको ४.९७, जर्मनीको ४, बेलायतको २.८३, फ्रान्सको २.७८, भारतको २.६५ ट्रिलियन बराबरको जिडीपी रहेको छ । यस आधारमा संसारको पाँचौं ठूलो अर्थतन्त्र बराबरको हैसियत एप्पलले बनाएको छ ।

गत सेप्टेम्बरसम्मको विवरण अनुसार संसारभर १९२ विलियन डलर बराबरको आइफोन बिक्री भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत बढी हो । एप्पल अमेरिकाको सबैभन्दा ठूलो कर तिर्ने कम्पनी समेत हो । पछिल्लो ५ वर्षमा मात्रै उसले ४५ विलियन डलर बराबरको कर तिरेको विवरण छ ।


क्लिकमान्डु