व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो सञ्जाल परिचालित हुनुपर्ने बेला आयो: अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजालनै परिचालित हुनुुपर्ने बेला आएको बताएका छन् ।

उनले सदस्य वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ क्रियाशिल हुुन आग्रह गरेका छन् । सदस्य वस्तुुगत संघका नव निर्वाचित पदाधिकारीहरूको सम्मानमा आयोजित कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष गोल्छाले नेट २०३० ले लिएका लक्ष्यहरू पुरा गर्न महासंघले आफना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास प्रकट गरे ।
उनले बस्तुुगत संघहरूका नेतृत्वले राखेका क्षेत्रगत समस्या सम्बोधनमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले समस्या समाधानमा महासंघले पहल गर्ने विश्वास दिलाए । ‘तपाईहरूका समस्या समाधानमा महासंघले अर्थपूर्ण पहल गर्ने र आवश्यक परेका बेला तपाईहरूलाई समेत साथै लैजाने छौं’ उनले भने ।

कार्यक्रममा नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भएपनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको, कोरोगेटेड उद्योगको कच्चा पदार्थ पुराना कागज निर्यात रोक्नुु पर्ने, बहुुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलव ज्याला सामान हुंदा समस्या भएको गुनासो गर्नु गरे ।

यता नेपाल कुुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तर्राष्ट्रिय विमानस्थल र बस पार्कहरूमा छुुट्टै कुरियर टर्मिनलको माग गरे । अध्यक्ष खड्काले कुरियर भ्यानलाई ट्राफिकबाट समस्या भएकाले समस्या समाधानमा पहल हुुुनुुपर्ने र कुरियरमा भ्याट हटाउनुु पर्ने सुुझाव दिए ।

फुुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएकाले नियमित रूपमा तालीम दिने केन्द्रहरू संचालनमा ल्याउनुु पर्ने सुुझाव राखे । भन्सार दर अत्याधिक महंगो भएकाले नेपाली जुत्ताहरू निर्यातमा समस्या परेको गुनासो गरे । सरकारले १५ प्रतिशत महंगो भएपनि स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्ने भने पनि त्यो व्यवहारिक रूपमा कार्यान्वयन नभएको बताए ।

नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्र्रुव वहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुुपर्ने नीतिले समस्या ल्याएको, भंसार सन्दर्भ मूल्य सूची र कालोवजारी ऐनका कारण अटोमोवाइल्स व्यवसायीले दुःख पाइरहेका, एसकेयू सहित भ्याट बुुझाउन गाह्रो भएको बताए । उनले अब मिसम्याचको समेत समस्या ल्याउन सक्ने हुंदा यसलाई हटाउनुु पर्ने, भेइकल स्टकमा रहंदा वार्षिक शुल्क÷करका सम्बन्धमा अव्यवहारिक नीति हटाउनुु पर्ने सुुझाव दिए ।


क्लिकमान्डु