नक्कली नाफा देखाएर सेयर लगानीकर्ता डुबाउने भारतीय व्यापारी रामलिंगको असफलताको कथा



एजेन्सी । संसारभरका हरेक मानिसले कम से कम एकपटक आफ्नो जन्मदिनलाई विशेष कार्यक्रम बनाएर मनाउँछन् नै । कोहीले अलिक बढी चमकधमक गर्लान् भने कोहीले सामान्यरुपमै मनाउलान् । अर्थात् सूर्यले एक चक्कर लगाएजस्तै मानिसले पनि त्यस्तै एउटा चक्कर काट्नसक्छ ।

किनकी, हरेकका लागि एकदिन विशेष बनेर आउँछ । साराका सारा मानिसले आफूलाई एक दशक बदलिएको साक्षी पनि बन्छन् । त्यसमध्ये केही मानिसले शताब्दी नै परिवर्तन भएको पनि देखेका छन् । उनीहरुले समयले ल्याएको परिवर्तन पनि देखेका छन् ।

शताब्दी नै परिवर्तन हुने समयलाई मानिसले सहस्राब्दी अर्थात् मिलेनियमको नाम दिएका छन् । सन् २००० मा मानिसले जुन खालको परिवर्तन देखे । त्यसका बारेमा आम मानिसले त्यसबेलाको घटनाक्रमलाई पनि बिर्सिएको हुन सक्छन् ।

किनकी, त्यसमध्ये ८० वा ९० वर्ष उमेरमा रहेका धेरै मानिसले त आफ्नो चोला नै फेरिसकेका होलान् । उनीहरुले पनि प्राकृतिले ल्याएको अनेकन विपदको प्रत्यक्षदर्शीसमेत भए । किनकी, प्राकृतिले निम्त्याउने विपदको हरेक साक्षी छन् । उनीहरुले पाएको दुःखका अनेकन पहेली पनि छन् ।

तर, हामी प्राकृतिक विपदको बारेमा कुरा गर्न गइरहेका छैनौं । हामी त्यतिबेलाको त्यो दिनको स्मरण गर्न गराइरहेका छौं ।

जतिबेला सन् २००० लाग्दै थियो । त्यतिबेला संसारभर नै एउटा आपदाको कथा बनेको थियो वाइ टु के बगको । जब कम्प्युटर सिस्टममा समयको गडबडी चलीरहँदा यस्तो लागिरहेको थियो कि संसारभरकै सबै सिस्टम ठप्प हुनेवाला छ । एउटा वा दुईवटा वा नगन्यरुपमा त्यस्ता सिष्टममा आएको खराबीको विवरणहरु पनि सार्वजनिक भएका थिए ।

जस्तैः जापानाको इशिकावमा रहेको एक न्युक्लियर प्लान्टमा रेडिएशन उपकरण फेल भयो । तर, व्याकअपबाट चलाउँदा त्यहाँ त्यतिठूलो दुर्घटना भने हुन पाएन ।

अमेरिका, अष्ट्रेलियाजस्ता देशमा वाइ टु के बगको समाधानका लागि लाखौं लाख डलर खर्च गरियो । डिसेम्बर १९९९ मा अष्ट्रेलियाले रुसमा रहेका आफना राजदूतलाई फिर्ता नै बोलायो ।

रुस वाइ टु के समस्या समाधानका लागि केही पनि गरिरहेको थिएन । समस्या समाधानमा कुनै पनि पहल नगरेको भन्दै अष्ट्रेलियाले आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो । उसलाई यस्तो लागेको थियो कि सन् २००० को शुरुवात भएपछि त्यहाँ सबैभन्दा ठूलो समस्या र व्यवधान खडा हुनेवाला छ ।

तर, सन् २००० आयो र सँधैजस्तै घाम पनि अस्तायो । तर, खासमा केही पनि भएन । कुनै पनि प्रकारको तवाही पनि भएन । कुनै प्राकृतिक विपद् पनि आएन । संसारभरको सिस्ष्टममा परिवर्तन पनि भएन ।

किनकी, त्यो समय थियो । समय आयो र गयो पनि । वाइ टु के बगले पनि कुनै जटिलता ल्याएन । संसार नै अन्त्य हुने भनेर गरिएको भविष्यवाणीसमेत हावादारीमा सिमित भयो ।

वाइ टु केको समस्या समाधानका लागि संसारका समृद्ध देशले गरेको ठूला ठूला खर्चले जटिलता ल्याएन । सामान्य समस्या आउने भन्दा बाहेक अरु केही पनि भएन । संसारभर जे जस्तो भएपनि वाइ टु के बगका कारण भारतलाई भने बरदान नै सावित भयो ।

किनकी, वाइ टु के को समस्या समाधान भएपछि भारतको आइटी क्षेत्रमा भने बुम देखा पर्यो । किनकी, सूचना तथा प्रविधिको क्षेत्रमा खास–खास काम हुन थाले ।

९० को दशकमा वाइ टु के बगको समस्या समाधानका लागि प्रोग्रामिङमा सैकडौं बदवाल देखा पर्यो । त्यसका लागि हजारौ प्रोग्रामर्सको आवश्यकता पर्यो । त्यो अवसर भारतले प्राप्त गर्यो ।

अर्थात् भारतीय मानिसले प्रोग्रामिङका लागि काम पाए । वाइ टु के बग चलीरहेको बेला अमेरिकाले एच वान भीसामा लगाएको सीमालाई समेत केही खुकुलो गर्यो । केवल ३ वर्ष भारतमा काम गरेपछि हरेक कम्प्युटर प्रोग्रामर अमेरिका जान लागे । ९० को दशक तथा त्यसपछि कयौं वर्षसम्म भारतबाट हरेक महिना करिब १० हजार मानिस अमेरिका पुग्न थाले ।

संसारभरका लागि वाइ टु के बग एउटा विपद् जस्तै बनीरहेको बेला भारतको आइटी क्षेत्रका लागि पनि एक प्रकारको उधूम नै ल्याइदियो । त्यसबाट सबैभन्दा बढी फाइदा भारतीयले नै लिए ।

त्यसबाट सबैभन्दा बढी फाइदा हैदरावादले लियो । त्यहाँका मुख्यमन्त्री चन्द्रबाबु नायडु हैदरावादालाई नयाँ सिलिकन भ्याली बनाउन चाहन्थे ।

माइक्रोसफ्टका बिल गेट्ससमेत त्यहाँ आएर माइक्रोसफ्टको एक सेन्टर खोले । वर्ष २००० मा जब बिल गेट्स हैदरावाद पुगेका थिए । उनको साथमा भारतीय आइटी कम्पनीका मालिक, मसलन इन्फोसिस, विप्रो, टीसीएसका अध्यक्षसमेत उपस्थित थिए ।

त्यसमा सत्यम कम्प्युटरका मालिक रामलिंग राजु पनि समावेश थिए । वाइ टु के बूमबाट सबैभन्दा फाइदा कमाउनेमा उनी पनि एक थिए ।

सो वर्ष कम्पनीले यतिधेरै तरक्की गर्यो कि राजुको कम्पनीले सर्वश्रेष्ठ कारोबार गरेर सम्मान समेत थापेको थियो । त्यसमा राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै खालका सम्मान थिए ।

फेरी घुम्दै फिर्दै सन् २००९ पनि आयो । जनवरीमा रामलिंग राजुले कम्पनीका अन्य लगानीकर्ताको नाममा एक पत्र लेख्दै भने कि कसरी कम्पनीको आँकडामा हेरफेर गरिएको थियो ।

कम्पनीको नाफा बढाई चढाई गरेर देखाइएको थियो । त्यसपछि भानुमतिले यस्तो एउटा तथ्य सार्वजनिक गरिदिए कि सबै हेरेको हेर्यै भए । त्यसमा कूल १४ हजार करोड बराबरको घोटाला सार्वजनकि हुन पुग्यो ।

खासमा कमालको विषय यो थियो कि अमेरिकामा शुरु भएको एक घटनाका कारण सत्यमले सफलताको कथालाई असफलतामा पुर्याएको थियो । त्यही नै शुरु भएको थियो दोस्रो घटना पनि । सोही दोस्रो घटनाका कारण उसलाई नराम्ररी डुबाइदियो । अमेरिकामा शुरु भएको घटना थियो, सन् २००८ को आर्थिक मन्दी ।

सत्यम कम्प्युटरको शुरुवात

किसान परिवारमा जन्मिएका रामलिंग राजुको पढाई असाध्यै राम्रो थियो । उमेर बढ्दै गएपछि उनी पढनका लागि विदेश गए । उतै एमबीएको डिग्री पनि हासिल गरे । भारत फर्केर उनले आफनो व्यवसाय शुरु गरे । उनले होटल विजनेशको काम शुरु गरे ।

त्यस्तै, एक कपास कम्पनीको समेत शुरु गरे । त्यसका साथै रियलस्टेट कम्पनी समेत शुरु भयो । त्यसको नाम राखिएको थियो मेटास । यो नामको याद गरिराख्नुस् कि यसको असाध्यै ठूलो भूमिका छ ।

सन् १९८७ मा सालो डिभिएस राजुको सल्लाहमा रामलिंगले आइटी क्षेत्रमा कदम राखे । सिंकदरावाद क्षेत्रमा २० कर्मचारीको साथमा लिएर उनले एक कम्पनी खोले । त्यसको नाम राखे सत्यम कम्युटर्स ।

वर्ष १९९१ मा कम्पनीले आफ्नो सबैभन्दा ठूलो क्लाइन्ट पायो । त्यसपछि राजुले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सन् १९९१ मा कम्पनीले बाम्बे स्टक एक्सचेञ्जमा कम्पनीले आफ्नो पहिलो आइपीओ सार्वजनिक गर्यो ।

माग यस्तो थियो कि आइपीओको, १७ गुणा बढी ओभरसबस्क्राइभ समेत भयो । त्यसपछि कम्पनीले दिन दुई गुणा, रात चार गुणाका दरले नाम र दाम दुबै कमायो ।

सन् १९९५ मा आन्ध्र प्रदेशको मुख्यमन्त्री बने चन्द्रबाबु नायडु । आइटी क्षेत्रको विकासका लागि उनले असाध्यै धेरै प्रयास गरे । सत्यमले उनको सो कदमपछि असाध्यै ठूलो फाइदा उठायो ।

सन् २००० मा पुग्दासम्म इन्फोसिस, विप्रो, टीसीएससँगै सत्यम भारतको चौथो ठूलो आइटी कम्पनी बन्न पुग्यो । रामलिंग राजुलाई सिकंदराबादका बिल गेट्सको नाम दिएर बोलाउन थालियो । सन् २००६ मा रामलिंग राजु कम्पनीको अध्यक्ष बने ।

सन् २००७ मा उनी नै सबैभन्दा सफल युवा व्यवसायीको रुपमा स्थापित मात्रै भएनन्, सम्मान पनि थापे । कम्पनीको कूल टर्नओभर १ बिलियन डलर बराबर पुग्यो । सन् २००८ मा त्यो बढेर २ विलियन डलर बराबर पुग्यो । विश्वका ६० भन्दा बढी देशमा कम्पनीले आफनो व्यवसाय विस्तार गर्यो ।

घुमीफिरी गर्दै २३ तारिख पनि आयो । अर्थात् २००८ को डिसेम्बर २३ तारिख । त्यसदिन विश्व बैंकले सत्यमलाई ८ वर्षको प्रतिबन्ध लगायो । कारण दियो कि कम्पनीको कर्पोरेट गभरनेन्स स्ट्याण्डर्ड खराब छ ।

यो कुरा आफैंमा चकित पार्ने खालको थियो । किनकी, केही महिना पहिले मात्रै वल्र्ड काउन्सिल फर कर्पोरेट गभरनेन्सले सत्यमलाई गोल्डेन पींक अवार्ड फर कर्पोरेट गभरनेन्स प्रदान गरेको थियो ।

त्यसको मतलब थियो कि गभरनेन्सको मामिलामा सत्यमलाई एउटा खास उदाहरण मानिएको थियो । तर विश्व बैंकले सोही कम्पनीलाई नै प्रतिबन्ध लगाइदियो ।

जुन पत्रले ल्याइदियो सेयर बजारमा भूइँचालो

त्यसपछिको केही दिनभित्रै अर्थात् ७ जनवरी २००९ का दिन अचाक कम्पनीका अध्यक्ष राजुले आफनो पद छोडिदिए । साथमा लेखेको एक पत्रका कारण सेयर बजारमा भूइँचालो नै ल्याइदियो ।

सेबीलाई राजुले पठाएको पत्रमा लेखिएको थियो कि वर्षौदेखि कम्पनीको हालत खराब थियो । बजारमा हैसियत देखाउनका लागि मात्रै कम्पनीले नाफा देखाउनु परेको थियो । त्यसका लागि कम्पनीको खातामा केही हेरफेर भने गरिएको थियो ।

उनले लेखेका थिए कि ‘मैले आफैं नै यस्तो समस्या देखिरहेको थिए । त्यसबाट कम्पनीलाई बचाउन असाध्यै ठूलो मेहनत पनि गरे । तर अवस्था मेरो हातबाट बाहिर निस्कियो ।’

यो बाघमाथिको सवारीजस्तै थियो । किनकी, बाघमा चढेर यात्रा त गर्न सकिन्छ नै । तर, त्यसबाट ओर्लन सकिँदैन । ओर्लने बित्तिकै बाघले खानेवाला नै थियो ।

त्यसपछि अनुसन्धानबाट जुन विवरण र सत्य बाहिर आयो, त्यो आफैंमा आँखा तिरमिर पार्ने खालको थियो । खेलको शुरुवात १६ डिसेम्बरबाट भएको थियो ।

त्यसदिन अब्राहम नामको एक मेल आइडीबाट कम्पनीको सञ्चालक समिति सदस्यलाई एक मेल आएको थियो । मेलमा इशारा गरिएको थियो कि कम्पनीको ब्यालेन्ससिटमा काफी मात्रामा हेरफेर भएको छ ।

सो समयमा सत्यमले अर्को एक कम्पनीलाई प्राप्ति गर्ने विषयमा कुराकानी भइरहेको थियो । इमेल सञ्चालक समिति सदस्यका सामु पुगेपछि अधिग्रहणको विषय आफैंमा चिसो भएको थियो ।

विषय बजारमा समेत पुग्यो । सोही कारण सेयर बजारमा कम्पनीको सेयर मूल्य समेत ओरालो लाग्न थाल्यो । सवाल यो थियो कि रियलस्टेट कम्पनीको सफ्टवेयर कम्पनीले किन अधिग्रहण गर्न गइरहेको छ ।

भएको यो थियो कि सत्यमले जति सम्पतिको मार्जिन देखाएको थियो, खासमा त्यो थिएन । सम्पत्तिको मार्जिन केवल ३ प्रतिशत मात्रै थियो । तर, भनिएको थियो कि हाम्रो हिस्सा २६ प्रतिशत बराबर रहेको छ ।

यो सब फर्जी बिल बनाएर तयार पारिएको थियो । कम्पनीले बिल तयार पार्न दुई फरक तरिका अपनाएको थियो । एक प्रकारको बिलमा एच लेखिएको हुन्थ्यो ।

अर्थात्, त्यो लुकाउने खालको बिल थियो । त्यो बिल लुकाउनका लागि प्रयोग हुन्थ्यो । दोस्रोमा एस लेखिएको थियो । अर्थात् देखाउनका लागि प्रयोग गरिने बिल थियो थियो ।

एच लेखिएको बिलको संख्यामात्रै ७ हजार वटा थियो । त्यसको मूल्यमात्रै ५ हजार १०० करोड भारु बराबरको थियो ।

हरेक दिन जसो नयाँ-नयाँ बिल तयार पारिँदैन्थ्यो । तेस्रो, छैठौं, नवौं वा बाह्रौं महिनाको एक खास तारिखका दिनमा फर्जी बिल बनाइन्थ्यो ।

सीबीआईले जब कम्पनीमा छापा मारेर स्वाप कार्डको विस्तृत विवरण पत्ता लगायो ।

त्यसबाट पत्ता लाग्यो कि सो कार्यका लागि मात्रै एकदर्जन बढी मानिस संलग्न थिए । उनीहरुले कार्यालय समय सकिने बित्तिकै वा काम सकिएपछि त्यस खालको हेराफेरी गर्ने गर्थे । जब कम्पनीको तैमासिक, अर्धवार्षिक विवरण सार्वजनिक गर्ने समय आउँथ्यो, तब केही दिन पहिले फर्जी अर्थात् एच मार्क दिइएको बिललाई व्यालेन्स सिटमा संलग्न गरिन्थ्यो । ताकी कम्पनीको नाफा बढी देखियोस् । यो काम धेरै पहिलेदेखि नै चलीरहेको थियो । यहाँ एउटा अर्को प्रश्न खडा भएको छ । खासमा रामलिंग किन यस्तो गरिरहेका थिए ।

उनको नियमित रुपमा तलब त पाइरहेका नै थिए । तर, उनी किन यसो गरिरहेका थिए त ? खासमा खेल भने सेयर बजारको थियो । कम्पनीको रेभेन्यू बढ्दै जाँदा मानिसहरुले कम्पनीको सेयरमा बढी लगानी गर्थे । सत्यमको सेयरमा नियमितरुपमा खुबै उछाल आइरहेको थियो । शुरुवाती चरणमा कम्पनीको हिस्सा रामलिंगको १६ प्रतिशत मात्रै थियो ।

सेयरको मूल्य क्रमशः बढ्दै जाँदा उनले क्रमशः आफ्नो हिस्साको सेयर बिक्री गर्न थाले । नागरिकले ठान्थे कि यो खासमा फाइदाको सौदाबाजी भइरहेको छ । तर, भित्र खास कुरा अर्कै थियो । राजुलाई यो कुराको जानकारी थियो नै ।

राजुका परिवार नै कम्पनीको खास लगानीकर्ता थिए । उनीहरु समेत आफ्नो कम्पनीको सेयर बिक्री गरेर खबै नाफा कमाएका थिए । अन्तिम दिनसम्म पनि रामलिंगको हिस्सेदारी ३ प्रतिशत बराबरमा थियो । बाँकी सबै सेयर उनले बिक्री गरिसकेका थिए ।

सो पैसा उनले आफ्नो रियलस्टेट कम्पनीमा लगानी गरेका थिए । सन् २००० पछि रियलस्टेट क्षेत्रमा उधूम भएको थियो । अर्थात् सो क्षेत्र बुम बुम भएको थियो ।

आन्ध्र प्रदेशमा यस्तो निमय थियो कि एक कम्पनीलाई ८५ एकड भन्दा बढी जमिन बिक्री गर्न पाइँदैन । त्यसकारण उनले आफनो परिवारको नाममा ३०० भन्दा बढी कम्पनी खोलेका थिए ।

ती कम्पनीको नाममा मात्रै ६ हजार एकड जमिन खरिद गरे । त्यसमा समेत घालमेल भएको थियो । सोही समयमा समाचार आयो कि मेट्रो परियोजना शुरु हुँदैछ । सोही समयमा उनले साराका सारा जमिन खरिद गरे ।

त्यतिमात्रै नभई उनले कम्पनीका कर्मचारीको तलबमा समेत बदमासी गरेका थिए । सत्यममा कूल ४० हजार मानिसले काम गर्थे । तर, विवरणमा भने ५३ हजार कर्मचारी देखाइएको थियो । सोही तरिकाले हरेक महिना १३ हजार मानिसको तलब रामलिंग आफैं लिन्थे । त्यसबाट कूल २० करोड भारु बराबरको रकम जम्मा हुन्थ्यो ।

सन् २००८ सम्म यो खेल असाध्यै राम्ररी चल्यो । फेरी मन्दीको चक्र शुरु भयो । अमेरिकामा मन्दीको सबैभन्दा ठूलो असर रियल स्टेट क्षेत्रमा देखा पर्यो । त्यस्तै भारतमा पनि भयो ।

रियल स्टेटको कारोबार पूर्णरुपमा बन्दजस्तै भयो । सत्यमको हाल पनि उस्तै भयो । हामीले शुरुमा एक कम्पनीको बारेमा बताएका थियौं । त्यो थियो मेटास । रियलस्टेट कम्पनी थियो त्यो । जसमा रामलिंग राजुले नै स्थापना गरेका थिए । पछि सो कम्पनीलाई उनले आफ्ना छोरालाई जिम्मा लगाएको देखाएका थिए ।

सन् २००८ मा फर्जी खाताको सहारामा सत्यमले ७००० करोड भारु बराबरको बदमासी गरेका थिए । रामलिंगले नै योजना बनाएका थिए कि मेटासको सत्यममा बिलय गराउने ।

त्यसबाट घाटामा गएको रियलस्टेट कम्पनीलाई त्यसबाट छुटकारा दिलाउने । अथवा मेटासको मूल्य ७००० करोड भारु बनाएर दोस्रो पटक ब्यालेन्स सिटमा राख्ने । रामलिंगले यो काम कोही कसैलाई पनि जानकारी नै नदिइकन हेराफेरी गर्ने भन्नेमा थियो ।

रियलस्टेट क्षेत्र नराम्ररी डुबिरहेको बेला सत्यमले यो काम किन गर्दैछ भन्नेमा ठण्डा दिमागले सोच्ने जो कोहीले पनि पत्ता लगाउन सक्थ्यो । साथ साथै भएको थियो इमेल लिक । सोहीबाट साराका सारा पोल खुल्न गयो । फेब्रुअरीमा सरकारले सीआइबीलाई जाँच गर्न दिएपछि साराका सारा कहानी सार्वजनिक भयो ।

जुन दिन रामलिंगको सेबीलाई पत्र लेखेर जानकारी दिए । सेयर बजारमा भूइचालो नै आयो । सन् २००८ मा सत्यमको सेयर ५४४ भारुमा सूचीकृत थियो । जुन पछि घट्दै जाँदा १० जनवरीमा १०.५० भारुसम्म झरेको थियो । लगानीकर्ताको १० हजार करोड भारु बराबरको नोक्सानी भएको थियो ।

यो खेल लगातार ८ वर्षदेखि चलीरहेको थियो । आन्तरिक लेखापरीक्षकलाई यो विषयमा राम्ररी जानकारी थियो । तर, बाह्य लेखापरीक्षकबाट बच्नका लागि अनेकन हत्कण्डा गरिएको थियो । अकाउन्टिङका लागि इआरपीको सिष्टम प्रयोग गरिएको थियो ।

स्ट्याण्र्डड सिस्टम प्रयोग गरेपनि रामलिंगले आफ्नै इआरपी सफ्टवेयर बनाएका थिए । त्यसमा कयौं व्याकडोर फिचर राखिएको थियो । ताकी, जरुरी परेको बेला हिसाब किताबमा हेराफेरी गर्न सकियोस् ।

अन्तर्राष्ट्रिय अडिटिङ कम्पनी प्राइसवाटरकूपर्सले समेत यो घोटालाको जानकारी पाउन सकेन । किन पत्ता नलगाएको त भन्ने प्रश्नको जवाफ पनि त्यस्तै थियो । दिल्लीको मुख्यमन्त्रीको जवाफ जस्तै ‘सबै मिले पछि हुने नै यस्तै हो ।’

घोटालापछि सत्यम टेक महिन्द्राले खरिद गर्यो । सन् २०१५ मा रामलिंग राजुलाई ७ वर्षको सजाय दियो । खास विषय यो थियो कि केवल एक महिनामा नै उनलाई बेल समेत मिलेको थियो । दोस्रो पटक राजु जेन्टलमेन बन्न पुगे । त्यसपछि राजु साहेब हैदरावादको आफ्नै बंगलामा ऐश आराममा रहेका छन् ।

सेयर बजारमा जस्को पैसा डुब्यो, उनीहरुले सायद हालसम्म भूलिसकेका होलान् । यसै वर्ष अर्थात् २०२१ मा नेटफ्लिक्समा एउटा सिरिज आएको थियो । त्यसको नाम थियो कि व्याड ब्वाई विलिनियर्सः इण्डिया ।

सो सिरिजमा सहाराका मालिक सुब्रत रोय, नीरव मोदी विजय माल्याको कथा देखाइएको थियो । सोही सिरिजमा एक अर्को कहानी पनि थियो, रामलिंग राजुको ।

चलाख राजुले अदालतमा मुद्दा दायर गरेर उक्त सिरिजको उक्त श्रृखला प्रसारणमा रोक लगाइदिए । सायद तपाईंले चाँडै नै सो सिरिज भने देख्न पाउनुहुनेछ नेटफ्लिक्समा । राजुका पीडितले पीडितले न्याय त पाएका छैनन् । तर, मनोरञ्जन भने गर्नेछन् । (लल्लनटपको आलेखको भावानुवाद)


क्लिकमान्डु