रेमिट्यान्सको प्रतिफलमुखि प्रयोगको लागि व्यवहारिक नीति आवश्यक



काठमाडौं । विप्रेषणको उत्पादनमुलक प्रयोग र फर्किएकाहरूको पुर्नएकीकरणका का लागि लागि तत्कालै कार्यन्वयन गर्न सकिने निती अवलम्बन गर्न सरोकारवालाहरुले सुझाएका छन् ।

अन्र्तराष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा सहयोगी समाज नेपालले सोमवार सर्लाहीमा आयोजना गरेको ‘विप्रेषणको उत्पादनमुलक प्रयोगका अवसर र चुनौती’ विषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले विदेशको कमाईलाई प्रतिफलमुखी बनाउन ब्यवहारिक निति सरकारसँग माग गरेका छन् ।
हेल्भेटास नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै सहभागीहरुले विप्रेषणलाई उपयोगी बनाउने निती तिनै तहका सरकारसँग नभएकाले तत्काल काम गर्न सकिने योजना सहितको निती तर्जुमा गर्न माग गरेका छन् ।

बागमति नगरपालिकाकी उप प्रमुख लिला मोक्तानले स्थानिय स्तरमा उत्पादन भएका वस्तुहरुको बजारिकरणमा युवाहरुलाई सहयोग गर्न सके विदेशबाट फर्किएकाहरुलाई युवाहरुको आर्थिक पुर्नएकिकरण सहज हुने बताइन् ।

गाँउ गाँउमा तालिमका कार्यक्रमहरु प्रयाप्त संचालन भईरहे पनि तालिमपछि युवाहरुलाई गरिने प्रोत्साहन र सहयोगमा भने सरकार चुकेको उपप्रमुख मोक्तानको स्वीकारोक्ती थियो । उनीले बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सीप र पूँजीलाई सदुपयोग गर्न पालिका पालिकाबीच समन्वय आवश्यक रहेको औल्याइन ।

वरिष्ठ पत्रकार चन्द्रशेखर झाले उत्पादित बस्तुको बजारिकरणका लागि ब्रान्डीङ्ग महत्वपुर्ण पक्ष भएको भन्दै त्यसमा उद्यमीहरुसँग सहकार्य गर्न स्थानिय सरकार अग्रसर हुनुपर्ने सुझाब दिए ।

इलम हेल्भेटासका व्यवसाय विकास अधिकृत कृष्णलाल कर्णले विदेशको कमाई लगानी गर्ने सुरक्षित अवसरहरुको खोजी स्थानिय पालिकाले गर्नुपर्नेमा जोड दिए । विशेषगरी प्रदेश २ का जिल्लाहरुमा कृषीसँग सम्बन्धित व्यवसायहरुमा प्रयाप्त अवसरहरु देखिएकाले विदेशबाट फर्किएका युवाहरुलाई व्यवसायीक बनाउन राज्यले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सहभागी विदेशबाट फकिएका युवाहरुले आफुहरुले विदेशमा सिकेको सीप नेपालमा कामै नलागेको बताएका थिए । विदेशमा एउटा काम गरी क्षमता विकास गरी आएको भन्दै हरिऔन १ का सुबास श्रेष्ठले नेपालमा आई त्यससँग सम्बन्धित काम गर्ने वातावरण नै नपाएको बताए ।

कुनैपनि व्यवसाय गर्छुभनी हिम्मत गरेर लगानी गर्दा पनि कतैबाट आड भरोसा नपाउदाँ गरेका व्यवसायहरु डुबेको उनको भनाइ छ । श्रेष्ठले नेपालमा सबै क्षेत्रमा ठुलाबडाको एकाधिकार जस्तै प्रवृति देखिएकाले नवउद्यमी जन्मन अपठ्यारो रहेको वताए । काम गर्न खोज्ने युवाहरुलाई समेत सरकारको झण्झटिलो प्रकृयाले समस्या पारेको उनको भनाइ थियो ।

मलेशियाबाट फर्केर जुत्ता उद्योग संचालन गरिरहेका हरिऔन ४ का उमेश महत्तोले विदेशबाट आएका युवाहरुले गर्न खोजेका उद्योगलाई राज्यले कुनै सहुलिएत नदिएको दुखेसो पोखे । सरकारले नवउद्यमीलाई प्रविधिलगाएतमा सहयोग गर्नुपर्नेमा उल्टै चर्को भन्सार लगाएर हतोत्साहित गरिरहेको महत्तोले आरोप लगाए ।

कार्यक्रममा नेपाल विकास अध्ययन संस्थान (निड्स) का कार्यकारी निर्देशक चिरञ्जीवी बरालले विप्रेशणको हिस्सा व्यापार व्यवसायमा मात्र १ प्रतिशत लगानी भएको वताउदै यसको उत्पादनशिल प्रयोगका लागि स्थानिय र प्रदेश तहको भुमिका महत्वपुर्ण रहेको बताए । विदेशबाट फर्किएका युवा र रोजगारदाताको तथ्यांक संकलन नहुँदा श्रमिकको सीपको सहि सदुपयोग नभएकाले पालिकाहरुले तत्कालै तथ्यांक संकलनमा ध्यान दिनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु