बीमा व्यवसायमा तरलता प्रभावः नयाँ बिजनेश घट्यो, रिन्यूमा छैन असर



काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको लगायीयोग्य पुँजी (तरलता) अभावको प्रभाव बीमा व्यवसायमा पनि परेको छ । तरलता अभावका कारण देशको समग्र अर्थतन्त्रमा समस्या पर्दै गर्दा बीमा व्यवसायमा पनि यसको असर देखिन थालेको हो ।

तरलता अभावको प्रभावले कम्पनीहरुको व्यापारमा समस्या देखिन थालेको हो । बजारमा भइरहेको तरलता अभावका कारण बीमा कम्पनीहरुको नयाँ व्यवसाय विस्तारमा असर पारेको हो ।

बीमा कम्पनीहरुको आम्दानी नयाँ व्यवसाय र नविकरणबाट हुन्छ । अहिले भइरहेको तरलता अभावको कारण बीमा कम्पनीहरुको नयाँ व्यवसायमा प्रभाव पारेको कम्पनीहरुले बताएका छन् । तर, नविकरण व्यवसायमा भने यसको असर नदेखिने कम्पनीहरुले भनाइ छ ।

अर्थतन्त्रका सबै क्षेत्रमा तरलता अभाव सिर्जना हुँदा सोको असर बीमा व्यवसायमा पर्छ । तरलता अभावको प्रभाव बीमा कम्पनीको नविकरण व्यवसायमा नपरे पनि नयाँ व्यवसायमा भने सोझो असर पर्ने कम्पनीहरुको भनाइ छ ।

बजारमा तरलता अभावका कारण अहिले सवारी साधन खरिद–बिक्री घटेको अटो व्यवसायीहरु बताउँछन् । बजारमा तरलता अभावका कारण सवारी साधन खरिद–बिक्रीमा ह्रास आएपछि निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा पनि असर पर्छ ।

‘तरलता अभावले समग्र आर्थिक क्षेत्रमा असर पर्छ, तरलता अभावले प्रोजेक्टमा असर पर्छ, घर बनाउने मान्छेले घर बनाउन सक्दैनन्, गाडी किन्नेले गाडी किन्न सक्दैनन्,’ गौतमले क्लिकमाण्डूसँग भने, ‘तीनै कुराहरुको बीमा हुने भएपछि असर त पर्ने नै भयो ।’

निर्जीवन बीमा कम्पनीको व्यवसायमा मोटर बीमाको हिस्सा अधिक छ । तरलता अभावका कारण सवारी साधन खरिद बिक्री कम हुँदा जसको प्रभाव निर्जीवन बीमा कम्पनीको व्यवसायमा देखिन थालेको हो ।

निर्जीवन बीमा व्यवसायमा तरलता अभावको कारणले झट्ट हेर्दा धेरै असर नपर्ने एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले बताए । तर, नयाँ बीमा व्यवसायमा भने धेरै नै असर पार्ने उनको भनाइ छ ।

बैंकले समयमा लोन दिन नसकेपछि जुन कुराको बीमा हुने थियो त्यो कुराको बीमा नहुने हुन्छ । जसको असर बीमा व्यवसायमा सोझै पर्ने उनको बुझाइ छ ।

तरलता अभावको असर बीमा क्षेत्रमा सिधै नदेखिए पनि नयाँ व्यवसायमा भने पर्ने बताउँछन् उनी ।

‘तरलता अभावले समग्र आर्थिक क्षेत्रमा असर पर्छ, तरलता अभावले प्रोजेक्टमा असर पर्छ, घर बनाउने मान्छेले घर बनाउन सक्दैनन्, गाडी किन्नेले गाडी किन्न सक्दैनन्,’ गौतमले क्लिकमाण्डूसँग भने, ‘तीनै कुराहरुको बीमा हुने भएपछि असर त पर्ने नै भयो ।’

तर, भइरहेको विजनेशका लागि भने तरलता अभावले त्यतिठुलो असर नपार्ने उनको भनाइ छ ।

यद्यपी, नयाँ विजनेशका लागि भने यसको असर पर्ने गौतमले जानकारी दिए ।

‘तरलता अभावको असर व्यवसायीमा पर्ने हो, व्यवसायीलाई नयाँ व्यवसाय गर्न कस्ट बढ्छ, नयाँ व्यवसाय गर्नका लागि ऋण पाउँदैनन्, जसका कारण उनीहरुको नयाँ व्यवसायमा असर पर्छ,’ गौतमले भने, ‘जसले गर्दा हाम्रो नयाँ व्यवसायमा पनि असर पर्छ । तर, भइरहेको विजनेशमा प्रत्यक्ष देखिने गरी त्यस्तो असर गर्दैन ।’

तरलता अभावका कारण नयाँ ऋण प्रवाह रोकिएको छ । ऋण नै नगएपछि नयाँ बी पोलिसी जारी हुने क्रम घट्छ । तर, रिन्युलाई भने यसले रोक्दैन ।

‘रिन्युको पनि प्रिमियम तिर्ने क्षमता केही केही व्यापारीलाई गाह्रो होला, भनेकै दिनमा प्रिमियम तिर्न अफ्ठ्यारो गराउन सक्छ । त्यस्तो अवस्थामा चाँही नविरकण व्यवसायमा पनि असर पर्छ,’ उनले भने ।

बजारमा तरलता अभाव नदेखिएको भए पहिलो त्रैमासमा अझै राम्रो व्यवसाय हुन सक्ने गौतमको भनाइ छ ।

जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठ पनि तरलता अभावले देशको समग्र अर्थतन्त्रलाई असर पर्दा बीमा क्षेत्रमा पनि त्यसको प्रभाव पर्ने बताउँछन् ।

‘अहिले तरलता अभावका कारण सबै क्षेत्रमा प्रभाव पारेको छ, देशको समग्र अर्थतन्त्रमा तरलता अभावको असर पर्दा बीमा क्षेत्रमा पनि यसको असर परिहाल्छ,’ क्लिकमाण्डूसँग श्रेष्ठले भने ।

बैकिङ प्रणालीमा बढ्दै गएको तरलता अभावको असर नयाँ व्ययवसायमा पर्ने उनको बुझाइ छ । तरलता अभावको असर बीमा कम्पनीको दोस्रो त्रैमासको वित्तीय विवरणमा देखा पर्ने उनले बताए ।


बिजया बास्कोटा