पेटीएमको डरलाग्दो कथा, सेयर बजारमा के सिकाउँछ ?



पेटीएमको सेयर अर्थात् पेटीएम सञ्चालन गर्ने कम्पनी वन नाइन्टी सेभन कम्युनिकेशनको सेयर पहिलो दिननै नराम्रोसँग ओरालो लाग्यो । यो कुनै अस्वभाविक थिएन पनि ।

कम्पनीको कामकाज, कम्पनीको नाफा तथा घाटा, कम्पनी जुन कारोकारमा छ, त्यसमा बढ्दो प्रतिष्पर्धालाई लिएर कम्पनीको अनिश्चत भविष्यको आशंकाका आधारमा विशेषज्ञहरुले पेटीएममा पैसा लगाउन सायद ठीक नहुन सक्ने चेतावनी समेत दिएका थिए ।


यसैपछि ठूला कम्पनीका विषयमा सहजैसँग कुनै खराब बोल्न चाहन्नन् । त्यसैले कम्पनीमा पैसा लगाउन उचित छैन भनेर कसैले स्पष्टरुपमा नभने पनि केही संकेतहरु पनि पक्कै पनि दिएका थिए ।

केही मानिसहरुले यसमा भएको लगानीलाई लङ ट्रमका लागि पनि भनिरहेका छन् । किनपनि भने कम्पनीको कारोबार निकै राम्रो छ र लामो समयसम्मका लागि लगानी गर्नु उचित हो भनेका छन् भने केहीले अहिले कम्पनीको कारोबार राम्रो नभए पनि दीर्घकालका लागि राम्रो हुने तर्क पनि गरिरहेका छन् ।

नाफा कमाउने समय पर्खने ?
भारतको सबैभन्दा ठूलो आइपीओ लिएर आएको पेटीएमले बजारबाट १८ हजार ३ सय करोड भारु रकम उठाएको छ । सेयर बजारमा सूचिकृत भएको पहिलो दिनमै कम्पनीको बजार पुँजीकरण ३९ हजार करोड भारुले घटेको थियो ।

जसले २१५० भारुमा सेयर खरिद गरेका थिए उनीहरुलाई पहिलो दिनमै ९ प्रतिशतदेखि साढे २७ प्रतिशतसम्म घाटा ब्यहोरिसकेका छन् । एक अन्तर्राष्ट्रिय ब्रोकरेजले त एटीएमको सेयर मूल्य १२०० भारुसम्म तल झर्ने बताइसकेका छन् । अब सोमबार बजार खुलेपछि मात्रै थाहा हुनेछ कि सेयर मूल्य बढ्ने छ वा अझै घट्नेछ ।

किन असफल भए विशेषज्ञ
तर विषय यहाँसम्म मात्रै छैन । विषय ती व्यक्तिहरुको पनि हो जसले तमाम जानकारीपछि पनि पेटीएमको आइपीओमा लगानीका लागि आवेदन दिएका थिए । उनीहरु के सोचिरहेका छन् त ? १० म्यूचुअल फण्ड छन् । जसले यो इस्युमा एंकर इन्भेस्टरका रुपमा आफ्नो पैसा लगाएका छन् । उनीहरु पूर्णहरु समझदारी भएका, सबैखाले जानकारी भएका व्यक्तिहरु हुन् । उनीहरुलाई के भएको थियो त ?

यसको जवाफ अंग्रेजी ४ अक्षरमा छ । एफओएमओ अर्थात् फियर अफ मिसिङ आउट । केही दिन पहिले जमेटोको आइपीओ आएको थियो । उक्त कम्पनीले पनि खासै आम्दानी गरेको छैन । बरु भारी घाटामा चलिरहेको छ । भविष्यमा कति कमाउँछ त्यो पनि यकिन छैन । तर सेयर सूचिकृत हुँदा ५३ प्रतिशत माथिबाट भयो । यसैगरी नाइकाको आइपीओ पनि आएको छ । यो कम्पनी घाटामा छैन । तर नाफा पनि कमाइसकेको छैन ।

तर त्यहाँ जे जति नाफा छ । त्यसका आधारमा सेयरको मूल्य अहिले निकै माथि छ । तर पनि जुन व्यक्तिहरुले लगानी गरेका छन् । उनीहरुको पैसा पहिलो दिन नै करिब दोब्बर भएको छ । यसैगरी अनेक आइपीओहरु जारी भएका छन् । जसले लगानीकर्तालाई निकै धेरै फाइदा दिएको छ ।

रिस र हतास
अब जुन व्यक्तिहरुले एकपछि अर्को गर्दै हरेक आइपीओमा लगानी गरिरहेका छन् र केही पनि प्राप्त गर्न सकेका छैनन् । उनीहरु आफ्ना आसपासका मानिसहरुप्रति रिस देखाउन थालेका छन् । उनीहरुमा हतासको मानसिकता देखिएको छ ।

यसैक्रममा मानिसहरु हरेक आइपीओमा लगानीका लागि आवेदन दिँदै आएका छन् भने प्रत्येक पटक निराशा मात्रै ब्यहोरेका छन् । सन् २०२१ मा ठूलो संख्यामा आइपीओ आएका छन् । करिब ५० वटा कम्पनीहरुको आइपीओ सूचिकृत पनि भएको छ । जसमा कुल औसत ३१ प्रतिशतको कमाइ भएको छ । यो सूचिकृत भएको दिनको आँकडा हो ।

तर यसको अर्थ हरेक आइपीओमा कमाइ नै हुनुपर्छ भन्ने होयन । यसमा पेटीएम डरलाग्दो कहानी भएको छ । किनभने यसको सेयर मूल्य सूचिकृत भएको पहिलो दिनमै २७.५ प्रतिशतले तल झरेर बन्द भएको छ । यसअघि पनि यसप्रकारको घाटा यसअघिका अन्य कम्पनीमा पनि देखिएको थियो ।

बीबीसी


क्लिकमान्डु