कात्तिकयता बैंकिङ प्रणालीबाट ४६ अर्ब बाहिरियो, अब ब्याजदर के होला ?



काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकबाट निक्षेप धमाधम बाहिरिन थालेको छ । यो क्रम कात्तिकमा पनि बढिरहेको छ ।
कात्तिक शुरु भएयता बैंकिङ प्रणालीबाट ४६ अर्ब रुपैयाँ बाहिरी सकेको छ ।

बैंकर्स संघका अनुसार २६ दिनको अवधिमा बैंकबाट ४३ अर्ब रुपैयाँ बाहिरीएको छ ।

संघका अनुसार असोज ३१ गतेसम्म बैंकहरुले ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा कात्तिक २६ गतेसम्म आइपुग्दा ४६ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ ।

कात्तिक ५ गतेसम्म आइपुग्दा निक्षेप २० अर्ब, १२ गतेसम्म आइपुग्दा २ अर्ब रुपैयाँ, १७ गतेसम्म आइगुग्दा ९ अर्ब रुपैयाँ र २६ गतेसम्म आइपुग्दा १५ अर्ब रुपैयाँ निक्षेप घटेर ४२ खर्ब २३ रुपैयाँ रुपैयाँमा सीमित भएको छ ।

यस्तै बैंकमा कर्जाको माग पनि यो साता अघिल्ला साताको तुलतामा घटेको छ । बैंकहरुमा कर्जा दिन सक्ने क्षमता नभएपछि कर्जाको माग पनि कम भएको हो । २६ दिनको अवधिमा ३० अर्ब रुपैयाँले बढेको छ । असोज ३१ गते ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको कर्जाको माग २६ दिनको अवधिमा ३० अर्ब रुपैयाँले बढेर ४० खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग जनु रुपमा बढेको छ, त्यो भन्दा बढी अनुपातमा निक्षेप संकलन घट्दै गएको छ ।

पछिल्लो एक साताको अवधिमा बैंकमा कर्जाको माग ३ अर्ब रुपैयाँले बढेको छ । बैंकमा निक्षेप संकलन घट्ने र कर्जाको माग उच्च हुँदा बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको बैंकर्सहरुको भनाई छ ।

बैंकमा कर्जाको माग बढ्नु, निक्षेप बाहिरीले तरलता (लगानीयोग्य रकम)मा झनै हिट हुने भएकाले मंसिरबाट ब्याजदर बढ्ने आँकलन शुरु भएको छ । अबको केही दिनमा नै बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गर्नेछन् ।


क्लिकमान्डु