यी स्थानमा बन्दैछन् २२ वटा सुरुङमार्ग



काठमाडौं । सडक यातायातलाई सहज बनाउनका लागि सरकारले देशभर विभिन्न स्थानमा २२ वटा सुरुङमार्ग निर्माण गर्ने भएको छ ।

गतवर्षको बजेटमा अर्थमन्त्र्री पौडेलले टोखा–छहरे–गुर्जुभज्याङ, वेत्रावती–स्याफ्रुबेशी, खुर्कोट–चियावारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य प्रारम्भ गरिने बताएका थिए ।

यी स्थानहरुको प्रारम्भिक सम्भाव्यता अध्ययन कहिको भइसकेको र केहिको हुँदै रहेकोसमेत सडक विभागले जनाएको छ ।

साथै पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा–बाग्लुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ–वाङसिङ, पूर्व–पश्चिम राजमार्गको दुम्कीवास–वर्दघाट, कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र विपिनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गर्ने गत वर्षको बजेटमा उल्लेख छ ।

खुटिया दिपायल गोदावरी सुरुङमार्ग जसमा बीपी नगर–खुटिया–दिपायल खण्ड तथा गोदावोरी कुण्ड काभ्रे मानेचौर जोड्ने सुरुङमार्गको ईन्सेप्सन् रिपोर्टसमेत प्राप्त भएको सडक विभागले जानकारी दिएको छ ।

आवमा यस्ता सुरुङमार्ग आयोजनाहरुलाई प्रथामिकताका साथ सम्भाव्यता अध्ययन तथा डीपीआर तयार पार्नेदेखि ठेक्का आह्वानसमेत भएका छन् ।

आव पनि केही नयाँ सुरुङमार्गको आयोजनाहरु थपिएको सडक विभाग अन्र्तगतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैशीले बताए ।

उनकाअनुसार अहिले ठुस्नेखोला थारिपाटनदेखि स्याङ्जा गुडिकोला सुरुङमार्ग अध्ययन भनेर राखिएको छ । त्यस्तै, मरिठाँटी सुरुङमार्ग बाग्लुङ भनेर अर्को परेको छ ।

रारा राजमार्ग भनेर जाजरकोट–जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि काम भइरहेको पनि उनले बताए । इलाममा राजदुकोल सुरुङमार्ग अध्ययन भनेर आवमा परेको छ ।

हाल सडक विभाग अन्र्तगत निर्माणको पखाईमा ३ वटा सुरुङमार्ग रहेका छन् ।


सिद्धबाबा सुरुङमार्ग ठेक्का आह्वान प्रक्रियामा
हाल सिद्धबाबा सुरुङमार्गको इन्जिनियरिङ प्रोक्र्युरमेन्ट कन्स्ट्रक्सन (इन्इिपीसी) मोडेलमा ठेक्का आह्वान भएको जैशीले बताए ।
‘हाल ठेक्काको मूल्याङ्कन भइरहेको छ,’ उनले भने, ‘यस सुरुङमार्ग निर्माणका लागि विभिन्न कम्पनीहरुले ठेक्का हालेका छन् । त्यसैको मूल्याङ्कन भइरहेको छ ।’

सडक विभागअनुसार बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रको सुरुङ मार्ग निर्माणको काम आर्थिक वर्षभित्रै शुरु गर्ने गरी काम भइरहेकोे जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ को वार्षिक बजेटको ७३ नम्बर बुँदामा ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार पार्न बजेट विनियोजन गरेको’ उल्लेख छ ।

सिद्धबाबा क्षेत्र करिब ५ किलोमिटर लम्बाइको छ । सुरुङमार्ग आयोजनामध्ये १ हजार १२६ मिटरको टनेल, ७ सय ८० मिटरको डबल लेन ‘रक सेड’ हुनेछ । माथिल्लो भागमा रक नेट र स्लोप प्रोटेक्सनलगायत कामसमेत हुने सडक विभागले बताएको छ ।

२०७६ मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँमा प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

धरान–लेउती सुरुङमार्ग सम्भाव्यता अध्ययन हँुदै
त्यसैगरी, विभागले धरान लेउती सुरुङमार्गको भने रिक्वेस्ट फर प्रपोजल (आरएफपी)को वित्तीय प्रस्तावको मूल्याङकन अहिले भएको पनि जैशीले बताए ।

धरान–लेवती सुरुङमार्गको अहिले सम्भाव्यता अध्ययन भइरहेको पनि जैशीले बताए ।

‘यसको पनि स्रोत सुनिश्चित्ता आउँन बाकी रहेको छ,’ उनले भने, ‘ स्रोत सुनिश्चित्ता चाँढै आयो भनि यो वर्षको अन्तिमसम्म ठेक्का प्रक्रियामा जान सकिन्छ ।’

लामाबगर–लाप्चे सुरुङमार्गको स्रोत सुनिश्चित्ता हुँदै
त्यस्तै लामाबगर–लाप्चे सुरुङमार्गका लागि भने बहुवर्षिय ठेक्का व्यवस्थापनको स्वीकृतिको लागि अर्थ मन्त्रालयमा फाइल पेश भएको सडक विभागका निर्देशक जैशीले बताए ।

अहिले विभागले लामाबगर–लाप्चे सुरुङमार्गको ठेक्कामा जाने तयारी गरिरहेको विभाग निर्देशक जैशीले बताए । यसको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाईल पठाइएको उनले बताए ।

‘यसको स्रोत सुनिश्चित्ता भएर फाईल विभागमा आएको छैन,’ उनले भने, ‘आवमा यस आयोजनाका लागि भनेर ५ करोड बजेट परेको छ ।’
अहिले जनकपुरबाट लामाबगरसम्म सवारी साधन नै सञ्चालनमा छ । लामाबगरबाट लाप्चे करिब ९ किमी मात्र भए पनि यो हिस्सामा सडक सम्भव नभएकाले १ किमी सुरुङमार्ग निर्माण गर्न लागिएको सडक विभागले बताएको छ ।

यो सुरुङमार्ग ३ वर्षमा निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । जसमध्ये १ वर्ष विस्तृत अध्ययनका लागि लाग्ने र २ वर्ष निर्माण अवधि भनि तोकिएको छ ।

९ किमी अप्ठ्यारो भूगोलका कारण ट्रयाक पनि खोल्न सकिएको छैन । नाका भने खोलिएको छ । भन्सार कार्यालय पनि सञ्चालनमा छ । अहिले उक्त नाकाबाट मानिसहरुले सामान बोकेर ल्याएर भन्सारमा चेक जाँच गराउने गरेका छन् ।

सुरुङमार्ग निर्माण गर्न सकिए उत्तरी नाकासम्म सहजै पुग्न सकिने अपेक्षा गरिएको छ । लामाबगर–लाप्चे सुरुङमार्गले उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटा दुरीे बनाउने लक्ष्यसमेत राखेको छ ।

सडक विभागअन्तर्गत गत बाहेकका सुरुङमार्ग


काठमाडौं–कोटेश्वर सुरुङमार्ग
काठमाडौं–कोटेश्वर सुरुङमार्ग बन्ने कुरामा सरकारले काठमाडौं कोटेश्वर खण्डको सवारी चापलाई व्यवस्थित गर्न तीनकुने–जडिबुटी खण्डमा सुरुङमार्ग निर्माण गर्ने भएको हो ।

यसका लागि गत आर्थिक वर्षमै १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको थियो । तिनकुने–जडिबुटी खण्डको ट्राफिक व्यवस्थापनका लागि हाल जाइकाले अध्ययन गरिरहेको छ ।

उक्त अध्ययन प्रतिवेदनको आधारमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाइने विभागले जानकारी दिएको छ ।

फास्ट–ट्र्याकमा रहेको सुरुङमार्ग
भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत नेपाली सेनाले जिम्मा पाएको काठमाडौं–तराई द्रुतमार्ग सडक खण्डमा निर्माण गर्नुपर्ने दुई वटा सुरुङमार्गको ठेक्का सम्झौता भएको छ ।

ठेक्का सम्झौता गर्ने कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी रहेका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

काठमाडौं–तराइमधेस द्रुतमार्ग सडक आयोजनाको उच्चप्रथामिकतामा रहेको सुरुङमार्ग निर्माण खण्ड अन्तर्गत पहिलो प्याकेजमा छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किलोमिटर सुरुङ मार्ग निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७८ बैशाख ३१ मा नै सम्झौता भएको थियो ।

यसका लागि अनुमानित खर्च २१ अर्ब ६१ करोड छुट्टाइएको पनि पौडेलले बताएका छन् ।

त्यस्तै दोस्रो प्याकेजमा धेद्रेदेखि लेनडाँडासम्मको खण्ड ३.०३ किलोमिटर रहेको छ । यसका लागि चाइनाकै अर्को पोली चग्डा इन्जिनियरिङ कम्पनीले २०७८ बैशाख ३१ गते ठेक्कामा सम्झौता गरेको थियो ।

यसको अनुमानित लागत खर्च २८ अर्ब ५३ करोड रहेको आयोजना सम्हाल्दै आएको नेपाली सेनाले बताएको छ ।

लागतका हिसाबले महङ्गो भएपनि सुरुङमार्गले हुने समयको बचतले दीर्घकालसम्म आमसर्वसाधारणको आवगमन र मालवस्तुको ट्रान्सर्पोेेसन छिटो र सस्तो पर्न आउँछ ।

त्यसैले विकसित र विकासोन्मुख देशहरुले सुरुङमार्गमा जोड दिँदै आएका छन् । नेपालको भूबनोट अनुसार सुुरुङमार्ग उपयुक्त हुने पूर्वाधारविदहरु बताउँछन् ।

पछिल्ला वर्षहरुमा सरकारले सडक सञ्जाल विस्तार गर्दा सुरुङमार्गलाई विशेष प्राथमिकता दिँदै आएको छ । सरकारले सडकको विकल्पमा सुरुङमार्गको अवधारणा ल्याएको हो ।


क्लिकमान्डु