दशैंको विदामा लोकसेवाले नवौं र ११ औं तहमा खुलायो जागिर



काठमाडौं । लोकसेवा आयोगले दशैंको विदाको समयमा पनि जागिर खुलाएको छ । लोकसेवा आयोगले नवौं र ११औं तहका लागि जागिर खुलाएको हो ।

आयोगले राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवाका ११औं र नवौं तहको पदको आ.प्र, खुला तथजा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

आयोगले विभिन्न तहका लागि २२७ जनाका लागि खुला र समावेशी प्रतियोगित अन्तर्गत जागिार खुलाएको हो ।

आयोगका अनुसार ११औं तहका लागि आवेदन दिन १५ सय र प्रत्येक समूहका लागि थप ६ सय रुपैयाँका दरले दस्तुर लाग्नेछ भने नवौं तहका लागि १२ सय र समूहका लागि थप ५ सय रुपैयाँका दरले दस्तुर लाग्नेछ ।

२१ वर्ष पूरा भएको र ४५ वर्ष पूरा नभएको व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुकले कात्तिक १६ गतेसम्म र दोब्बर दस्तुर तिरेर त्यसपछि २३ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट आवेदन दिनुपर्नेछ ।


क्लिकमान्डु