कोइला अभाव: भारतमा लामो समयका लागि लोडसेडिङ हुने अनुमान



भारतले अहिले कोइलाको चरम अभावको सामना गरिरहेको छ । थर्मल पावर प्लान्टहरुमा कोइलाको स्टक केही दिनलाई मात्र छ । जसले केही दिनमात्र इन्धनको आपूर्ति हुनसक्छ ।

केन्द्रीय उर्जा मन्त्री आरके सिंहले भने अहिलेको सहज भएपनि आउने दिनमा केही असजिलो हुन सक्ने बताएका छन् । ७० प्रतिशत इन्धन कोइलाबाट चल्ने भारतको लागि देखिएको संकटले अर्थतन्त्रमा तथा दैनिक जीवनमा नै प्रभाव पार्ने अनुमान गरिएको छ ।

कारण के हो ?

कोइलाको संकट अहिले नै एकाएक आएको भने होइन । कोभिड १९ को दोस्रो लहर कमजोर हुँदै गएपछिखभारतको अर्थतन्त्र छिटो छिटो गतिमा हिड्न थाल्यो । यसको लागि बिजुलीको माग पनि उस्तै गतिमा बढ्यो । अघिल्ला वर्षको २ महिनाको तुलनामा विजुलीको खपत १७ प्रतिशतले बढेको छ । कोइलाको विश्व बजारमा ४० प्रतिशतले मूल्य बढ्यो । भारत को आयात दुई बर्ष को न्यूनतम स्तरमा यो समय घटेको छ । भारत विश्वको चौथो ठूलो कोइला भण्डारण देश हो भने दोस्रो सबैभन्दा ठूलो आयातकर्ता देश हो । भारतमा रहेका पावर प्लान्टहरु जुन कोइलाबाट चल्छन् । उनीहरुलाई अहिले निकै ठूलो दवाव छ ।

प्रभाव के हुन्छ ?

विशेषज्ञहरु भन्छन कि घरेलु अभाव पूरा गर्न कोइला आयात गर्नुछर्प । भारतका अर्थशास्त्री र नोमुराका उपाध्यक्ष डा अरोदीप नंदीले बीबीसीसँगभ भने,’ हामीले विगतमा पनि यस्तो कमी देख्यौं, तर यस पटक भने अघिल्लो पटकभन्दा कुरा गम्भिर छ, यो पटक कोइला महंगो छ ।’

उनले भने, “यदि मँ एक कम्पनीको रूपमा महँगो कोइला आयात गर्दैछु, मँ मेरो मूल्य बढाउनेछु, हैन? जसको भार उपभोक्तालाई मूल्यबृद्धिको रुपमा पर्ने छ
यदि संकट जारी रह्यो, उपभोक्ताहरु लाई बिजुली को लागत मा वृद्धिको सामना गर्नु पर्नेछ । अहिलेपनि भारतमा खुद्रा मुद्रास्फीति पहिले नै उच्च छ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिले सबै कुरा महंगो भएको छ ।

हालैका वर्षहरुमा भारतमा कोइला उत्पादन घटेको छ ।

कोइला संकटको कारण टाटा पावर दिल्लीले जनतालाई विजुलीको उपभोग कम गर्न भने को छ । स्थिती यस्तै रहेमा एशियाको तेस्रो ठूलो अर्थतन्त्र संकटमा जाने अनुमान भारतीय अर्थशास्त्रीको छ ।

कोल इन्डिया लिमिटेडका पूर्व प्रमुख सुश्री जोहरा चटर्जीले विजुलीले शक्ति दिने हुँदा त्यो नभएमा सबै कुरा ठप्प हुने बताइन् । केही वातावरणविद्हरुले भने नवीकरणीय ऊर्जाको क्षेत्रमा भारतले अहिलेको संकटको समयमा लाग्नुपर्ने बताएका छन् ।

राज्यहरुमा प्रभाव

कोइला अभावको प्रभाव अब बिस्तारै देखिन थालेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजधानीको बिजुली संयन्त्रहरुमा कोइलाको अभावको बारेमा पत्र लेखेका छन् । केजरीवालले राजधानीमा विद्युत् संकटको समस्याको समाधान खोज्न प्रधानमन्त्रीलाई व्यक्तिगत रुपमा हस्तक्षेप गर्न अपील गरेका छन्।

पञ्जाबका मुख्यमन्त्री चरणजित सिंह चन्नीले केन्द्र सरकारलाई कोटा अनुसार तुरुन्तै राज्यको कोइला आपूर्ति बढाउन माग गरे ।


क्लिकमान्डु