रेष्टुराँमा लाइन लाग्दा फुरेको आइडियाले जन्मिएको ‘जोमाटो’ भयो १४ खर्ब भारुको कम्पनी



एजेन्सी । हरेक सफल मानिसका पछाडि अनेकन दुःखका पहाड लुकेका हुन्छन् । उनीहरुको सफलताका पछाडि अनेकन हण्डर ठक्करका विराट कथा पनि लुकेका हुन्छन् । सानोतिनो मेहनतले मानिस सफल हुन सक्दैनन् । किनकी, शिखर चुम्ने कुरा आफैंमा सबैभन्दा ठूलो विषय हो । यस विषयलाई राम्रोसँग बुझेका मानिस आफनो जिन्दगीमा सफल हुन्छन् । उनीहरुले नाम र दाम समेत कमाउँछन् ।

कोही नामले मात्रै सफल हुन्छन् भने कोही नाम र दाम दुवैमा सफल हुन्छन् । सफताका कथा सुन्दा र पढ्दा त्यसले धेरैलाई खुसी नै दिन्छ । सफलत हुन झेल्नुपर्ने अनेकन हैरानीलाई पनि पचाउन सक्ने साहस पैदा हुन्छ । किनकी, मेहनतको बलमा खडा भएको साम्राज्य मात्रै लामो समयसम्म टिक्न सक्छ । त्यसले दीर्घजीवन प्राप्त गर्न सक्छ ।

यस्तै, अनेकन दुःख र पीडापछि सफल भएका एक व्यवसायी हुन् जोमाटोका प्रमुख कार्यकारी अधिकृत । उनले एक गाँस खानका लागि नै लामो लाइन बस्नु परेको थियो । खानका लागि पैसा हुँदैन थियो, सोही कारण उनले अनेकन दुःख पाएका छन् । एक सामान्य कम्पनीको आज कूल कारोबार अर्बौमा पुगेको छ । उनको कम्पनीको बजार मूल्यमात्रै भारु. १ लाख करोड बराबर पुगेको छ ।

भारतीय नागरिक र व्यवसायिक घरानाका लागि जोमाटो एक चीरपरिचित नाम हो । उक्त कम्पनी सूचना प्रविधिमा आएको परिवर्तनपछि खडा भएको कम्पनी हो । अनलाइन कारोबार गर्ने सो कम्पनीले भारतीय नागरिकलाई घरमै बसेर अर्डर गर्ने बित्तिकै खाना आइपुग्छ । नेपालको हकमा भन्दा फुडमाण्डू, पठाओ फुड, भोज भने जस्तै हो । जहाँ तपाई घरमै बसेर पनि खाना मगाउन सक्नुहुन्छ । आजको समयमा शहरी क्षेत्रमा बस्ने मानिस यस्तै खाना ल्याउने एपमा निर्भर रहेकाछन् । एक मामूली कम्पनी आज १ लाख करोड भारु बराबरको भ्याल्यू पुगेको छ ।

कम्पनीको काम बदलियो, तरिका बदलियो, र कम्पनीकै भाग्य पनि बदलियो । तपाईले थाहा पाउन सक्नुहुन्छ यसको पछाडि एउटा यस्तो सोचले काम गरेको छ । एक सानदार आइडियाका कारण कम्पनी मात्रै सफल भएन, हजारौ मानिसलाई प्रविधिको माध्यबाट रोजगारी समेत दिएको छ ।

शुरुवाती चरणमा १० जनाबाट शुरु भएको काम आज हजारौमा पुगेको छ । उक्त सान्दार सोचको पछाडि एक भारतीय युवाको विराट सोच थियो । त्यो सोचका धनी थिए –दिपिन्द्रर गोयल र पंकज चड्डा ।

खाना पुर्याउने कम्पनी जोमाटोको सेयर भारतीय सेयर बजार बिएसइमा चढ्ने क्रममा रहेको छ । सो कम्पनीको सेयर प्रतिकित्ता ११५ भारु बराबर रहेको छ । जोमाटोको सेयर बजारमा सूचीकृत भए लगत्तै तिव्र गतिमा उकालो लागेको हो ।

कम्पनीको सेयर लगातार उकालो लागेर १३८.५० भारुमा कारोवार भउको थियो । कम्पनीको कूल बजार पूँजीकरण १ लाख करोडभन्दा बढी हुन पुगेको छ । कूल बजार पूँजीकरणका आधारमा हेर्दा सो कम्पनीको स्थान ४५औं स्थानमा रहेको छ । तिव्र गतिमा सेयर मूल्य बढ्ने केही कम्पनीमध्ये यो पनि एक हो ।

जोमाटो एक फूड एग्रिगेटर एप हो । जसमा तपाईंको आसपास रहेका कयौं होटल तथा ढावाको मेन्यू रहेको छ । उक्त मेन्यू कार्डबाट तपाईले आफूलाई मनपर्ने खाना अर्डर गरेर मगाउन सक्नुहुन्छ । यसबाट तपाईको समय बच्नेछ । तपाईलाई खाना खोज्न बाहिर निस्कनुपर्ने झण्झट पनि हट्छ । समयको वचत त छँदै छ, त्यसभन्दा बढी तपाईले खोजेजस्तै, रोजेजस्तै खाना तपाईको घर वा फ्याल्टमा आइपुग्छ । आज उक्त एपको करोडौं सक्रिय प्रयोगकर्ता रहेका छन्् ।

जोमाटो शुरु गर्नुभन्दा पहिले यसको सोच दिपिन्द्रर गोयल र पंकज चड्ढाको हो । ुसन्् २००८ मा उक्त सोच पलाएको थियो । सो समयमा उनीहरुले एक रेष्टुरेन्ट तथा फूड लिस्टिङ बेवसाइटको रुपमा कम्पनी शुरु गरेका थिए । जसलाई फुडीबे नाम दिइएको थियो । आइआइटी दिल्लमिा रहने दुई संस्थापकको जब भेट भयो, उनीहरुले एक परामर्शदाता कम्पनीको नाममा एक फर्म दर्ता गरेका थिए ।

जोमाटोका संस्थापक दिपिन्द्रर गोयलको शुरुवाती पढाई खासै राम्रो हुन सकेन । सोही कारण उनी परीक्षामा अनुत्तिर्णसमेत भए । अनुत्र्तिण भएपछि उनले गम्भीरताका साथ पढाई गरे । सोही कारण उनले आइआइटीको परीक्षा उत्र्तिण गरे । उनले इन्जिनियरिङको परीक्षा उत्र्तिण गरेपछि काम खोज्न थाले । तर, काम पाउने कुरा सहज थिएन ।

सोही कलेजबाट पढाई सकेपछि उनले सन् २००६ मा म्यानेजमेन्ट कन्सल्टिङ कम्पनी बेन एण्ड कम्पनीमा काम शुरु गरे । नोकरीको दौरान सहकर्मीसँग खाजा खाने समयमा क्याफेटेरियाको मेन्यू कार्डका लागि नै लामो लाइन लाग्नु परेको समेत उनले देखे ।

सो समय उनको मनमा एउटा यस्तो विचार हो । उनले मेन्यू कार्ड स्क्यान गरेर बेवसाइटमा राखिदिए । उनले बेवसाइटमा राख्ने बित्तिकै सो मेन्यू असाध्यै लोकप्रिय पनि भयो ।

त्यसपछि उनले पंकज चड्ढासँग सो बारेमा कुरा गरे ।

कुनै समय जोमाटोले केवल आफनो बेवसाइटमा विज्ञापनको माध्यमबाट आफनो कमाई गरिरहेको थियो । नोभेम्बर २०१३ मा सिकोइया क्यापिटल कम्पनीले ३७ मिलियन डलर बराबरको फण्डिङको नेतृत्व गरेको थियो । सो समयमा दुई लगानीकर्ता, सिकोइया तथा हालका लगानीकर्ता इन्फो एजले जोमाटोको १५० मिलियन बराबरको मूल्यांकन गरे । त्यसपछि उनीहरु क्रमशः अगाडि बढीरहे र सफलताको शिखर समेत चुमे ।

कोही कसैलाई पनि यो विषय कल्पना भन्दा बाहिरको थियो । किनकी, उनीहरु यसरी अगाडि जालान् भन्नेमा कोही कसैले पनि शुरुमा पत्याएका थिएनन् । यो सफताको कथा एउटा दलित परिवारको व्यक्तिको थियो । किनकी, दलितलाई मानिस नै नमान्ने प्रचलन अझै पनि समाजमा व्याप्त छ ।

तर, जुन सफता आज प्राप्त भएको छ, त्यो अरुहरुका लागि समेत प्ररेणाको कथा हो ।


पुष्प दुलाल