बाग्मती प्रदेशमा कार, जीप, भ्यान र माइक्रोबसले कति कर तिर्नुपर्छ ?



काठमाडौं । बाग्मती प्रदेशले ‘आर्थिक ऐन २०७८’ मार्फत् सवारीसाधनको वार्षिक कर ल्याएको छ । प्रदेश सरकारले आर्थिक ऐनमार्फत् कार, जीप, भ्यान र माइक्रोबसको कर बढाएको हो ।

प्रदेशले कार, जीप, भ्यान तथा माइक्रोबसको सवारीसाधन कर सीसीका आधारमा तय गरेको छ । गत आर्थिक वर्षको तुलनामा प्रदेश सरकारले कार, जीप, भ्यान तथा माइक्रोबसको कर ९ हजार रुपैयाँसम्मले बढाएको छ ।

चालु आवमा प्रदेश सरकारले १ हजार सीसीसम्म २२ हजार रुपैयाँ, एक हजार सीसीभन्दा माथि १५ सय सीसीसम्म २५ हजार रुपैयाँ, १५ सय सीसीभन्दा माथि २ हजार सीसीसम्म २७ हजार रुपैयाँ रुपैयाँ वार्षिक कर निर्धारण गरेको छ ।

साथै, प्रदेशले २ हजार सीसीभन्दा माथि २५ सय सीसीसम्म ३७ हजार रुपैयाँ, २५ सय सीसीभन्दा माथि ३ हजार सीसीसम्म ५० हजार रुपैयाँ र ३ हजार सीसीभन्दा माथि ६५ हजार रुपैयाँ सवारी कर तय गरेको छ ।

गत वर्षसम्म १००० सीसीसम्म २१ हजार रुपैयाँ, १००१ सीसीदेखि १५०० सीसीसम्म २३ हजार ५ सय रुपैयाँ, १५०१ सीसीदेखि २००० सीसीसम्म २५ हजार ५ सय रुपैयाँ रुपैयाँ वार्षिक कर निर्धारण गरिएको थियो ।

यस्तै गत वर्ष २००१ सीसीदेखि २५०० सीसीसम्म ३५ हजार ५ सय रुपैयाँ, २५०१ सीसीदेखि २९०० सीसीसम्म ४१ हजार रुपैयाँ र २९०१ सीसीभन्दा माथि ५८ हजार ५ सय रुपैयाँ सवारी कर लाग्दै आएको थियो ।


क्लिकमान्डु